Skip to content

जेमराजलाई ओखतीका डोजले


जेमराजलाई ओखतीका डोजले डस्तै गर्नुपर्छ
जिन्दगी हो माथि चढ्दै तल खस्तै गर्नु पर्छ ।।

बाँचुञ्जेल सम्बन्धका सूत्र टुट्लान् भन्ने डरले
कैले काहीं कार्यालयै भित्र पस्तै गर्नुपर्छ ।।

मृत्युघण्टा थाप्लैमाथि बजेको छ बजेको छ
पलपल मरे पनि बाँचे जस्तै गर्नु पर्छ ।।

संसारका रापताप सम्झिएर के सक्नु र
यसैकारण मित्रताको गाँठो कस्तै गर्नुपर्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *