Skip to content

फेरि एउटा युद्धको प्रतीक्षामा छु

  • by

ती मान्छेहरू
हृदयको चोटस“ग दुःखी भएनन्
ओठको मुस्कानस“ग हा“सेनन्
सधै“ जीवनको वास्तविक धरातलमा उभिएर
वास्तविक जीवन बा“च्ने
कठोर प्रयास गरिरहे
कठोर लडाइ“ लडिरहे
तर, त्यसलाई उसले सत्य बुझेको छैन
मरिकाट्य बुझ्ने कोसिस गरेको छैन ।

उसको डायरीका पन्नाहरूमा कसैप्रति लक्षित यो कविताजस्तो अंश पढ्दापढ्दै उसले मलाई चोरझै“ पक्रियो, म समातिए“ । मैले गोप्य डायरी पल्टाएको सजायबापत उसलाई तीन दिनसम्म नास्ता खुवाउनुपर्ने भयो । त्यो पनि पूरा गरे“ ।

त्यसपछिको हाम्रो सम्बन्ध सदा बगिरह्यो नदीझ“ै अविरल गतिमा । कैयौ“ पहाड, खोल्सा, खहरे हु“दै जीवनयात्रा अघि जा“दै थियो । चाहेर वा नचाहेर हामी एकअर्काप्रति खुल्न थाल्यौ“ । छलफल, अन्तरक्रिया, बहस, तापनि मनभित्र कताकता पीडा, छटपटी, आक्रोश, अभाव वा असन्तुष्टि के थियो – वा यी सबैको सम्मिश्रणझ“ै लाग्ने जीवनको एउटा तीतो यथार्थ वा भनौ“ एउटा सत्य सबैलाई हामीले सामूहिक रूपमा झेल्न थालेका छौ“ अचेल ।

समयको प्रवाहले हामीबीचका सबै बारहरू भत्काइदियो, सीमाहरूको धर्र्सो मेटाइदियो, गोप्यताहरू भङ्ग गर्‍यो । अब हामी एकअर्काका लागि एउटै शरीरका दुइटा मनजस्तै भएका छौ“ । त्यसैले मलाई उसको डायरी पढ्दा अब सजायको डर लाग्न छाडेको छ । अर्को कारण उसको बारेमा मैले र मेराबारेमा उसले सबै जान्नुपर्ने भएको छ ।

विकट पहाडी जिल्लाको सुदूर गाउ“बाट राजधानी छिरेको थियो ऊ र त्यसबेला उसलाई दुनिया“ दुस्मन लाग्यो । उच्चशिक्षा त्यो पनि स्नातकोत्तर अध्ययन गर्ने उसको उद्देश्य, जसले उसलाई काठमाडौ“मा ल्याएर मिल्काएर अलपत्र पारी कतै अलप भयो ।
उसलाई कसैले प्रभाव पार्न सकेनन् । ठूलठूला नाम, व्यक्ति वा शक्तिका पछाडि लाग्नर्ुपर्छ भन्ने उसले कल्पनासम्म गरेन । देशमा चलिरहेको माओवादी जनयुद्धका कारण उसको मनमा ठूलो उत्साह र विश्वास पैदा भएको हुनसक्छ, त्यसैले उसका डायरीका पन्नाहरूमा सधै“ युद्धमा सहिद हुने नामहरूप्रति अगाध आस्था, श्रद्धा र माया समेटिएका छन् ।

जनआन्दोलनपछिको नेपाली राजनीतिमा अनौठा घटनाहरूको एउटा साक्षी बनिरहेको छ ऊ अचेल । तत्कालीन अवस्थामा ऊ जनआन्दोलनमा जुन उत्साहका साथ होमियो, त्यसैको प्रतिफल उसलाई आन्दोलनताका सबै पत्रपत्रिका, रेडियो, टेलिभिजनले आन्दोलनको आशुकविको संज्ञा दियो । उसले राष्ट्रिय चर्चा पायो । तर, ती सबै आज सबै पत्रिकाका पन्नाहरूमा मात्र सीमित भए । राजनीतिक परविर्तनपछि उसलाई लाग्छ- आन्दोलनका सहयात्री जनताले मात्र सम्भिmरहेका छन् ।

व्याख्या वा लामो छलफलपछिको निचोडझै“ उसको उपयोगितामा केही व्यक्तिहरू लागेको प्रसङ्ग उसले अति सूक्ष्म रूपमा आफ्नो डायरीका पन्नाहरूमा लेखेको छ । मलाई ऊस“गर् इष्र्या लाग्छ । उसले आफ्ना अनुभूतिलाई कसरी डायरीमा लिपिबद्ध गर्न समय पाउ“छ – ऊ कतिबेला लेख्छ – मलाई थाहा छैन, बरु उसको डायरी पढ्दा लाग्छ- ऊ दिनभर िलेखी बस्छ । तर, त्यस्तो होइन । त्यसैले मैले उसलाई समयको राम्रो व्यवस्थापक मानेको छु ।

त्यसपछि ऊ एउटा मानव अधिकारवादी कारखानामा ‘मजदुरी’ गर्न थाल्यो । कारखानामा काम खासै थिएन तर कारखानाका मालिक वा भनौ“ ठेकेदारहरू आफ्नो कारखानाको इज्जत वा क्रियाशीलतालाई ठूलो देखाउन ऊजस्तै मजदुरहरू नियुक्त गर्ने र मनग्य काम गराएर, उसको पसिनाको भल बगाएर आफ्नो कार्यसिद्धि गरसिकेपछि बिनाज्याला निकाली दिन्थे । तर, उसको हकमा यस्तो भएन किनभने कारखानामा काम नभएपछि उसले कारखाना नै छाडिदियो ।

डायरीको १२९सौ“ पन्नामा मैले उसका शब्दहरू वा वाक्यहरू अनि लामालामा दर्ुइवटा अनुच्छेदहरू पढेपछि मलाई वास्तविक क्रान्ति हुन बा“की रहेछ भन्ने लाग्यो । वास्तवमा म एउटा सामान्य मान्छेलाई पनि त्यस क्रान्तिकारी कविको डायरीले धेरै दिनसम्म पोलिरहन्थ्यो । यो अति डरलाग्दो सत्य थियो । जसलाई उसले यसरी व्यक्त गरेको थियो ः
“आजदेखि मैले दुनिया“लाई ढा“टेर आफ्नो बडप्पनलाई स्लाइन दिइरहेका मान्छेहरूको साथ र सङ्गत छोड्ने निर्ण्र्ाागरे“ । यो मेरालागि केही हदसम्म आत्मसन्तुष्टि पनि हुनसक्छ अथवा पीडादायी पनि हुनसक्छ । मैले मानव अधिकारका लागि लडिएको आन्दोलनलाई जुन क्रान्तिका रूपमा बुझको थिए“, सत्यार्थ त्यस्तो पाइन“ । त्यसकारण मैले यसै संस्थाबाट एउटा अग्रगामी मानव अधिकार आन्दोलन चलाउने धेरै पहल गरे“ । सञ्चालकहरूलाई प्रस्ताव गरे“ तर कतैबाट सुनुवाइ हुन सकेन । बरु त्यसको उल्टो मैले अफिसबाट लिएको केही पारश्रिमिक पनि उल्टै त्यसै कार्यमा खर्च गर्न थाले“ । अनावश्यक गरएिका पर्ूव-पश्चिम नेपालका यात्राहरू मेरालागि रमाइला र फाइदाजनक थिए । तर पनि संस्था र सङ्गठनका नियमविपरीत, हितविपरीत वा भना“ै फजुल खर्च सावित भए । तर, कहिल्यै संस्थाले अगाडिको बाटो तय गर्ने लक्षण मैले देखिन“ वा अझ सत्य त्यहा“ मैले कुनै सङ्गठन वा संस्था नै देखे“, खालि एउटा भाडामा लिएको घर दर्ुइ-चारवटा कम्प्युटर, केही फर्निचर र व्यक्तिको लहडमा खुल्ने वा बन्द हुने अनि छलफल, बहस, अन्तरक्रिया योजना कार्यान्वयन केही नभएको एउटा नितान्त निर्जन श्मसानघाटझै“ लाग्ने त्यो ठाउ“मा म र मजस्तै अन्य तीन-चार जनाको जीवन ऊर्जा सिद्धि“दै र खिइ“दै गइरहेको, दिनानुदिन पलपल विघटनतिर अग्रसर भइरहेको जीवन उफ…† यो पीडा म कसैलाई सुनाउन सक्दिनथे“ । त्यसैले मैले उनलाई सुनाए“, जो संस्थाका मन, मुटु, मस्तिष्क, आ“खा, कान, हात, खुट्टा सबै एक्लै थिए ।”

म डायरीका पन्नाहरू पल्टाउ“दै जान्छु । उसले लेखेको हुन्छ, “उपलब्धि केही भएन – उल्टै उनले भने, हामीले यसबीचमा कैयौ“ यात्रा गर्‍यौ“, कैयौ“ पत्रिका पढ्यौ“, चुनाव देख्यौ“, भोट हाल्यौ“ । अब परििस्थति फेरयिो, बस हामी पनि नया“ ढङ्गले काम गरौ“ । त्यसको अर्थ बुझ्ने प्रयास गरे“ तर सकिन । र, अन्त्यमा आफ्नो एकपक्षीय निर्ण्र्ाावा निचोडमा पुगे“ । भनाइको अर्थ हिजोका हाम्रा शक्तिकेन्द्रहरू आज रहेनन् । त्यसैले अब हामी एउटा यस्तो क्रान्तिकारी योजना तर्जुमा गरा“ै, जसले हाम्रो अवसरवादी इतिहासलाई क्रान्तिकारी लेपन लगाइदेओस् । त्यसपछि हामी पनि क्रान्तिकारी सरकार, क्रान्तिकारी जनता, क्रान्तिकारी योजना, सबै क्रान्तिकारी भएपछि हामी धरातलीय यथार्थमा टेकेर मानव अधिकारको वास्तविक आन्दोलन सुरु गर्छर्ाा । मलाई यो भनाइ विधवाको सन्तान जन्माउने रहरझै“ लाग्यो ।

त्यसपछिको त्यस कारखानामा मालिक, मजदुर सबैले आफूलाई स्तर अनुसारको क्रान्तिकारी शक्तिस“ग भेटघाट, छलफल गर्ने, क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी सम्बन्ध विस्तारका लागि क्रान्तिकारी स्तरमै पहल गर्न ह्वीप जारी भयो । म यस स्थितिमा त्यहा“ अयोग्य सावित भए“ र कथित क्रान्तिकारी आन्दोलनबाट आफै“ बाहिरएि“ ।

अचेल उसको सम्बन्ध र सर्म्पर्क १ सय ८० ड्रि्रीको कोणमा परविर्तित भएको छ । यो क्रान्तिकारी प्रयासपछि उसको कमरेड प्रचण्डस“ग क्रान्तिकारी भेटघाट र वार्तालापहरू हुनथालेको कुरा गाइगुइ“ सुनिन थालेको छ । कहा“सम्म सत्य हो, मलाई होइन भन्ने कुरामा पनि पत्यार छैन ।

अहिले म सोचिरहेछु, हजारौ“हजार योद्धाहरूको बलिदान र सयौ“ बेपत्ताहरूको त्यो क्रान्तिपर्ूण्ा योगदान ती लुटिएका, थिचिएका, पिल्सिएकाहरूको मुक्तिका लागि थियो – वा, यस्तै नया“नया“ राजनीतिक शक्तिका पछिपछि दौडिएर आफूलाई क्रान्तिकारी सावित गराउन तल्लीन छेपारे प्रवृत्तिहरूको स्वार्थसिद्धिका लागि – कसका लागि थियो – म भावुक भएर सोचिरहे“ । मैले उसको डायरीका बा“की पन्नाहरू चाहेर पनि पढ्न हिम्मत गर्न सकिन“ । चाहिन“ पनि । प्रत्येक परविर्तनहरू जनताको चाहनाको उल्टो किन प्रयोग गर्न खोजिन्छ र त्यसबाट नेतृत्व किन कतै पाठ सिक्दैन -के यस्तै हो नया“ नेपाल – सा“चो अर्थमा कहिल्यै परविर्तन गर्न नसकिने, परविर्तन गर्न नचाहने वा भनौ“ परविर्तनलाई सधै“ अलमल्याएर आफ्नो दुनो सोझ्याउने प्रवृत्तिविरुद्धको क्रान्ति कहिले गर्ने, कसले गर्ने – म यतिखेर सोचिरहेछु, सबैभन्दा ठूलो क्रान्ति त प्रवृत्तिहरूका विरुद्ध पो लड्नुपर्ने रहेछ । तर, कसले लड्ने यो युद्ध – तर, मभित्रको ब्रह्मले भनिरहेछ, दुष्प्रवृत्तिलाई नजितेसम्म, यसका पृष्ठपोषकहरूलाई समूल अन्त्य नगरेसम्म, वास्तविक क्रान्ति सकि“दैन । र, यो युद्ध नजितेसम्म नया“ नेपालको आगमन सम्भव छैन । त्यसैले म फेर िएउटा युुद्धको प्रतीक्षामा छु ।

नेपाल साप्ताहिक
अंक ३०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *