युनानी सभ्यताको भग्नावशेषजस्तो
कुनै पुरानो सहरको
धुलाम्मे सा“घुरो गल्लीमा
कोलाहलपर्ूण्ा जुलुस घिस्रि“दैछ
मेरा आफ्नै छायाहरूको ।
बत्ती, घाम वा परावर्तनले सिर्जेका
अस्तित्वविहीनझै“ लाग्ने
गाढा र फिका, लामा र छोटा
खण्डित वा सग्ला
यी आफ्नै छायाहरूको भीडमा
म एक्लै निस्सासि“दो
तानिदो, चिथोर“िदो छु ।
एउटा बलवान छाया
नजिकै कुनै चिसो छि“डीको
सस्तो यौनागारकी अधबै“सेस“ग
यान्त्रिक सम्भोगका लागि
भा“चिनै लागेको हाचो ढोकाको
चौकोसभित्र तान्छ ।
अलि दुब्लो-पातलो विम्ब
परको बौद्ध गुम्बातर्फऔ“ल्याउ“दै
त्यतैतिर मलाई घिच्च्याउ“छ
र,
कानैमा भुनभुनाएको स्वरमा
ब्रह्मचर्यको कथा हाल्छ ।
यी मेरै छायाहरूबीच र्
चर्कंदो छ द्वन्द्व
एउटा धनार्जनको पक्षमा छ
अर्को निःस्वार्थ, निष्काम कर्मको
अर्को राष्ट्रभक्तिको गीत गुनगुनाउ“दैछ
र, झन् अर्को
विदेशिने उर्दी सुनाउ“दैछ ।
र्
दर्जनौ“ यी छायाहरूका
छुट्टाछुट्टै, अनगिन्ती
विरोधाभासपर्ूण्ा प्राथमिकताहरूबीच
अत्तालि“दो म
भिक्टोरयिन द्विविधामा
मेरो नाम सम्भिmने कोसिसमा छु ।
कतै त्यो पनि
डुब्दो घामस“गैर्
भर्खरै पल्लो मोडमा बिलाएको
अर्को एउटा छायाले
लिएर पो हि“डेछ कि !
