Skip to content

दुई मुक्तक (तीज विशेष)


१)
तीज आयो एउटा महंगो साडी, किनिस्योस् न ए मेरो हजुर
जसरी नि यसपाली कानको वाली, किनिस्योस् न ए मेरो हजुर
हिंडेर जानै सकिन्न अलि टाढा छ, माइतीघर त्यसैले त
सरर जानलाई यसपाली त गाडी, किनिस्योस् न ए मेरो हजुर

२)
पिर किन गर्छ्यौ महंगो साडी, किनीदिउँला तिमीलाई यसपाली
घर बेचेरै भए पनि कानमा वाली, किनीदिउँला तिमीलाई यसपाली
साच्चै हिंड्नै सक्दिनौ भने त सानु, यो मुटु बेचेरै भए पनि
सरर जानलाई यो तीजमा गाडी, किनीदिउँला तिमीलाई यसपाली

करन, बिवश
धनगढी, कैलाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *