Skip to content

उदासिन (डिप्रेसन) हुनेले जान्न्नैपर्ने कुराहरू


उदासिन (डिप्रेसन) हुनेले यी कुराहरू जानेमा विना औषधि निको हुन्छ ।

मैले थुप्रै उदासिन डिप्रसनग्रस्त व्यत्तिहरुलाई यी कुराहरु बुझाएर निको तुल्याएको छु । यी कुरा मैले त्यसै भनेको होइन । हाम्रो समाज त्यत्ति त शिक्षित छैन तर श्क्षिित भनाउँदा समाज पनि आफुले पढेका कुरा लागु गर्दैनन् अनि पढाइ त्यसै खेर गइरहेको छ । हरेक व्यक्ति जसलाई पनि हतोत्साही बनाउन तलिल्न छन् । त्यसैले गर्दा शिक्षाको उज्यालो नपुगेका ठाउँमा डिप्रेसन, उदासिपन आज धेरै मात्रामा ब्याप्त छ र कमजोरीको फाइदा उठाइरहेका छन् । भने उपचार गर्नेहरुलाई यस्तो परिस्थितिलाई तरल नगदी बनाई कहाँ जाला मछली मेरै ढडिया भइरहेको छ । उनीहरुको यो सिधै लागुपदार्थको कुलत पार्ने अनि एडिक्ट बनाउने काम भइरहेको छ । हालै रत्नपुस्तक भण्डारबाट प्रकाशित मेरो पुस्तक “सत्य पौराणिक कथा”को लागि लेखिएको यो लेखकीय भूमिका एवम् ‘सत्य पौराणिक कथाहरू’का सम्बन्धमा वैदिक साहित्यका आधारभूत तथ्यहरूबारे एक मन्थन यसै का लागि समय सान्दर्भिक हुनेछ भन्न्ने मैले आशा एवम् विश्वास लिएको छु । यस्तो समाधान जान्नेलाई पनि कुनै न कुनै डिप्रेसन भनेर उपचारकर्मीहरुलाई धावा नबोल्न आग्रह एवम् अनुरोध पनि गर्दछु । पढेर सल्लाह, सुझाव तथा होसला बढाइदिनुहुन पनि विशेष अनुरोध गर्दछु । आशा यवम् विश्वास छ कियहाँहरुले मनन गरिदिनुहुनेछ ।

लेखकीय

प्राचीन ऋषिमुनिहरूले वेदको संरक्षण गर्नका लागि गरेका कार्यहरूमध्ये पुराण लेखन पनि एउटा प्रमुख कार्य हो । त्यो समयमा पुराण काव्यमा लेखिन्थ्यो । अझ कठिन कठिन छन्दमा लेखिन्थ्यो । अहिले हामी साहित्यमा ऊबेलाभन्दा धेरै पछि भएको यसैबाट थाहा पाउँछौं । कविहरूले त्यतिबेला कठिन साधना गरेर छन्द कथाहरू प्रकट रूपमा वर्णन गरेका थिए । यस्ता कथाहरूको वर्णनले वेदतत्त्व के हो भत्रे आशय बुझ्न सजिलो हुन्छ । पौराणिक कथा भत्राले पुराणमा उल्लेखित कथा भनेर सहजै बुझ्न सकिन्छ । यस्ता कथाले नैतिकवान् तथा आदर्शवान् बनाउन टेवा दिनुका साथै कथाले अध्यात्मप्रति जागृत गराउँछन् । यस्ता कथाहरूलाई धार्मिक कथा मानिन्छ । तसर्थ यस्ता कथाले जोकोही व्यक्तिलाई पनि आचारण सुधार्न मदत गर्दछन् ।

हाम्रो देश संस्कृतिले धनी देश हो । हामीलाई अनमोल संस्कृतिका सम्पदाहरू यिनै संस्कृतिले दिएको हो । हामीसँग ऐतिहासिक कुराहरू पनि प्रशस्तै छन् । साहित्यमा आधुनिक कथाको वर्चस्व छ तर आधुनिक कथाभन्दा धेरै उत्कृष्ट हाम्रा लोक कथा, पौराणिक कथाहरू तथा ऐतिहासिक किम्बदन्तीका कथाहरू लोप भइरहेका छन् । आधुनिक कथा भनेको यताउता गरेर कल्पना गरेर लेख्न सकिन्छ तर पौराणिक कथामा मात्र सत्यको आड चाहिन्छ । यसैलाई जीवन्त पार्न प्रयास गर्नु आजको टड्कारो आवश्यकता हो । यस सङ्ग्रहमा हाम्रा देवीदेवताहरूका कथाहरू ऐतिहासिक, पौराणिक, लोक कथा, किम्बदन्ती जस्तो आफूले सुनेको हो त्यसलाई सकेसम्म सत्यको आडमा प्रस्तुत गर्ने प्रयत्न गरेको छु । यी कथा भनेका हाम्रा ऋषिमुनिहरूले वैदिक कालमा धेरै साधना गरेका निधि हुन् । यस्ता कथाहरू प्रायः लोप भइसकेका छन् । मेरो सामथ्र्यले भ्याएसम्म यसलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु ।

यस्ता कथाले भगवान् प्रति आदरभाव र विश्वास दिलाउँछ । भगवान् प्रतिको आदरभाव र विश्वासले गर्दा मनमा एक प्रकारको शान्ति हुन्छ । हुन त हामीलाई भगवान्को बारेमा थाहा छैन, तर उहाँले हामीलाई समाधान गर्न नसकेको जतिसुकै कठिन समस्या पनि समाधान गरिदिनुहुन्छ भत्रे आशा गर्छाैँ, विश्वास गछौं । यसले एक प्रकारको राहत हुन्छ , भरोसा हुन्छ । यस संसारमा समाधान गर्नै नसकिने कुराहरू थुप्रै छन् । जस्तो कि हामी कहाँबाट आएका ? के गर्न आएका ? अब मृत्युपपछि कहाँ जान्छौं ? यस्ता कुराहरू वृद्धावस्थामा गर्ने नि भनेर बस्नेहरू थुप्रै छन् । तर यस्तो होइन । त्यो बेला केही गर्न नभ्याई पछि पर्न जाने हुन्छ । तसर्थ भगवान्को माध्यमबाट, परमात्माको माध्यमबाट हामीले सम्पूर्ण चराचर जगत्का लागि केही गर्न सक्छौं । यस्ता कुराहरू अध्ययन गर्नका लागि पनि यस्ता पौराणिक कथाहरू सहायक सिद्ध हुनेछन् भत्रे मलाई लाग्दछ । यस्तो अध्ययन गर्नका लागि, थाहा पाउनका लागि म को हुँ ? बाट पनि सुरु गर्न सकिन्छ । के म भनेको ? तपाईं को हो त ? तपाईं त तपाईंको नाम मात्र भयो । फेरि म भनेको शरीर मात्र भयो । त्यसैले ‘म’ को खोजी गरेर पनि हामीले परमात्मा भेट्टाउन सक्छौं ।

संसारमा सबैले राम्रो कुरा गर्न चाहन्छन् तर राम्रो के हो त ? आफू मात्र राम्रो भएर अरूको नराम्रो भए पनि वास्ता नगर्ने त्यो राम्रो हो त ? अहँ होइन । त्यसर्थ राम्रा कार्यका लागि पनि हामीले सत्यको सहाराले खोजबिन गर्नुपर्ने हुन्छ । हामीले मायामोहमा फसेर पनि आफ्नो मात्र भलो हेरिरहेका हुन्छौं । यसबाट अन्यतर्फ कस्तो नराम्रो भइरहेको छ त्यसतर्फ पनि ध्यान दिँदैनौं ।

साँच्चिकै विज्ञान र धर्मको बाटो पनि एउटै हो । उदाहरणका लागि कुनै पनि वस्तु जीवित वस्तु हो, अग्नि, वायु , जल तत्त्व आदिबाट बन्छ भनेर धार्मिक ग्रन्थहरूले भनिरहेका छन् । त्यस्तै विज्ञानले पनि प्रोटोन, इलेक्ट्रोन, न्युट्रोन जुनसुकै वस्तुमा घुमेर आड दिइरहेको हुन्छ भनेर प्रमाण फेला पारिसकेका छन् । धर्म ग्रन्थले हावामा जे पनि बन्छ भनेका छन् । त्यस्तै विज्ञानले पनि हावामा हुने हाइड्रोजन, कार्बनडाइअक्साइड, नाइट्रोजन आदि तत्त्वहरूको मात्राअनुसारको मिश्रणले हरेक कुराहरू बत्रे प्रमाणित गरिसकेका छन् । पुराणमा यस्ता पनि कु्रा छन् ः—
“शिवलोकमा महादेवसँग वरदानबाट पार्वतीमाता लङ्कााधिपति रावणले मागेर लगेपछि, विष्णुजीले रावणलाई त्यो पार्वती होइन, छकाएको हो, आफ्नै श्रीमती पनि दिन्छन् र ? सक्कली लिन जाऊ भनी पठाएपछि , त्यहीँ छोडेको पार्वतीमाता विष्णुजीले महादेवकहाँ पु¥याए । विष्णुजीले महादेवकहाँ पु¥याएको त्यो शिवलोकको छोटो समय, रावणको धर्तीमा विष्णुरूपी रामले जितिसकेपछि सीतामाता धर्ती फाटेर धर्तीमा विलीन भएसम्मको रामायणकाल थियो । अनि शिवलोकमा सीताजी पावर्तीमाता भएर पुगिन् ।”

ल हेर्नुहोस् त विज्ञानले भनेको टाइम मेसिन धेरै पहिले नै थियो । त्यसैले हामीले हाम्रा धरोहरको भाषा नबुझेका मात्रै हौं । विज्ञान र अध्यात्मबाट वैदिक कालमा उत्खनन गरिएका कुराहरू एउटै सिक्काका दुई पाटा नै हुन् ।

चिन्तन त्यो दही हो जसलाई मन्थन गरेपछि नौनी निक्लन्छ । हेर्दा आकाश शून्य भए पनि त्योभन्दा विशाल अरू कुनै छैन । सम्पूर्ण चराचर जगत् यसमै अटाएको छ । सत्य नै त्यस्तो कुरा हो न त यसको अन्त्य छ न नै यसको आदि । यो त प्रत्येक ठाउँमा व्यापक छ । सत्यको सहारामा हामी कल्याणसम्म जान सक्छौं र कल्याणको माध्यमबाट हामी सबै क्षेत्रमा लाभ फैलाउन सक्छौँ ।

यसका लागि हामी पवित्र हुनुपर्दछ । पवित्र हुनका लागि कुनै पनि जीवलाई (संसारका जुनसुकै कुरालाई पनि) कष्ट दिनु हुँदैन । आफ्नो अन्तस्करण जगाउनुपर्दछ । चोखो मन बनाउनुपर्दछ । यही नै साँचो श्रृङ्गार हो । यसलाई जागृत ग¥यौं भने आफ्नो तेज, बल वृद्धि हुन्छ । तेज, बल वृद्धि गरेर हामी सहजतासँग सारा संसारको भलाइतर्फ लम्कन सक्छौं । यही नै कर्म योग हो अर्थात् कर्मलाई जोड्नु । कर्म भनेको त राम्रो असल काम भइहाल्यो । आफूले राम्रो काम गरेपछि यसमा जोडिन पुग्छ । योगको अर्थ जोड हो त्यसैले यहाँबाट तपाईंको कर्मयोगको सुरुवात हुन्छ ।

संसार चक्र अनन्त छ । वैज्ञानिकले इकोसिस्टम भनेजस्तै अध्यात्मले सूत्रबाट सञ्चालित भनेका छन् । सारा व्रह्माण्ड सूत्रबाट सञ्चालित नभए एकआपसमा ठोक्किएर प्रलय पनि हुन सक्छ तसर्थ सबैतिर नियम–कानुनअनुसार अर्थात धर्मअनुसार संसार चक्र चलिरहेका छन् ।

हामी यस विशाल व्रह्माण्डको धेरै सानो तुच्छ प्राणी हौं । हामी त्यसैले अज्ञानी नै छौं । अहिलेको अवस्थामा हामीले यस्तो ज्ञान हासिल गर्न पहिलेपहिलेका ऋषिमुनिहरूले गरेको जस्तो कठिन तपहरू पनि गर्न सक्दैनौं तर उहाँहरूले हामीलाई छोडेर जानुभएका पूर्वीय दर्शन, अध्यात्मका कुराहरू पढेर मनन त गर्न सक्छौं नि । यसलाई अध्ययन गर्न किन हिचकिचाउने ? उहाँहरूले बताउनुभएको विधिअनुसार सात्त्विक भएर शुद्ध मनले राम्रो चिताएर उहाँहरूको रचनाहरूलाई मनन त गर्न सक्छौं । यो पौराणिक कथाले यसको भडताल गर्छ भत्र खोजेको होइन तर सेतुको काम भने अवश्य नै गर्न सक्दछ भत्रे मलाई लाग्दछ । कुनै ठूलो कक्षामा पढ्न त्यसबारे आधारभूत ज्ञान हासिल गर्नुपर्ने हुन्छ । यसका लागि हामीले पौराणिक कथाहरू पढ्दा अवश्य नै मदत मिल्नेछ । यहाँ यस्ता कुराहरूलाई मैले कथाका माध्यमबाट सत्य पौराणिक कथाहरू नाम दिएर यहाँहरूको माझ ल्याएको छु । पुराणका कथा पुराना भनेर नछोड्नुहोस् । यसबाट पाइने लाभलाई हेर्ने हो भने यसले सम्पूर्ण चराचर जगत्लाई अवश्य नै राम्रो पार्नेछ । यसमा अथाह अनमोल कुराहरू छन् ।

हाम्रो शरीरमै हेर्नुहोला, सम्पूर्ण व्रह्माण्ड यसमै लुकेको छ । हामी आमाको गर्भमा एक कोषदेखि बन्दैबन्दै मानव भइसकेपछि पृथ्वीमा जन्म लिन्छौं । हाम्रो पृथ्वीमा जब एक कोषीय जीवदेखि मानवसम्म करोडौं वर्ष विकसित भएर हामी मानव बनेका हौं । तसर्थ यस्तो गुह्य रहस्य विज्ञान र अध्यात्म दुवैमा छ । विज्ञान फूल हो भने अध्यात्म सुगन्ध । अध्यात्म र विज्ञानले एकआपसलाई शत्रु मानेर यस संसारको कर्मीय कार्य गर्न सकित्र । तसर्थ यस्ता सामरिक कार्य अन्त्य गर्न यी दुवैलाई सकारात्मकताबाट साथ लिएर कर्तव्यपथतिर लम्कन सक्छौं । अध्यात्म र विज्ञान दुई साथी भएमा झन् हामीलाई सजिलो हुन्छ । तसर्थ यस सत्य पौराणिक कथालाई पनि यसरी नै हेरिदिनुहुन अनुरोध गर्दछु ।

सानैदेखि मैले हजुरबुबा–हजुरआमाहरूबाट यस्ता थुप्रै कथाहरू सुन्दै आएको थिएँ । कत्ति कथाहरू प्रवचनहरूमा पनि सुनेँ । कत्ति कथाहरू इन्टरनेटमा पनि खोजबिन गरेँ । कत्ति कथाहरू पुरानापुराना धार्मिक, आध्यात्मिक पुस्तकहरूमा पनि पढेँ । जब नेपालमा पनि टेलिभिजन सर्वसाधारणका लागि भित्रियो, त्योबेला टेलिभिजनका दर्शकहरू यस्तै पूर्वीय दर्शनका कथाका सिरियलहरूमा लोभिए । त्यो ताका यस्ता भिडियोहरू हेर्न सडकहरू पूरै सुनसान हुन्थ्यो । यो त्यही पौराणिक कथाहरू कति सशक्त छ भत्रे प्रमाण हो । म पनि त्यो समय धेरै समय यस्तैमा लोभिइरहेँ । त्यो बेला पनि यस्ता कथाहरूसँग साक्षात्कार हुँदा “यो कथा त यस्तो पो हो त तर अर्कै किसिमले प्रस्तुत भयो ।” “वास्तबमा यो कथा त यस्तो हो ।” भनी एकआपसमा छलफल हुन्थ्यो । अनि यी सबै ठाउँमा पनि प्रकाशनमा नआएका र आफूले जगेर्ना गर्नुपर्ने लागेका कथाहरू जम्मा गरी सत्य पौराणिक कथाहरूमार्फत पाठकसमक्ष प्रस्तुत गर्न पाउँदा खुसीले मन गदगद भएको छ ।

मैले सुनेको थिएँ । आफूलाई कुनै कुरामा चित्त बुझेन भने साहित्यकार हुन्छ भन्छन् । म पनि यसरी नै लेखक, साहित्यकार बन्दै गएँ । साहित्यकारका माझ गैर साहित्यकार र गैरसाहित्यकारका माझ साहित्यकार भनिन थालिएँ । यी थुप्रै कथाहरूबाट पनि आफूले सुनेको र यस्तै हो भनेर थाहा पाएका कतिपय कथाहरू अर्कै अर्कै भएर आएको, नचाहिने कुराहरू बढी हाबी भएर आएको आफूलाई लागिरहेको थियो । मनमा एउटा उकुसमुकुस भइरहेको थियो । अनि मैले मात्र सत्यतथ्यहरूको आडमा यस्ता कथाहरू सङ्कलन गर्ने जमर्को गरेँ । अनि सङ्कलन गर्दै गएँ । मैले यसमा हाम्रो देशका मौलिक तथ्यहरूलाई अनुसरण गर्दै गएँ । तर यो हाम्रो पुर्खाहरूको जन्मौं जन्मको अथक प्रयासको कथा हो । मैले पनि यसै अभिलाषाका साथ दशौँ वर्षको मेहनतपछि आज यस नेपालको सबैभन्दा पुरानो वरिष्ठ प्रकाशन गृह रत्न पुस्तक भण्डारबाट प्रकाशन गर्न पाएर मेरो यो इच्छा पूरा भएको छ । सबै वर्गका पाठकहरूसम्म पुग्नका लागि सकेसम्म सरल लेखनको माध्यमबाट यहाँहरू समक्ष आएको छु । सबैले मनपराइदिनुहुनेछ भत्रे आशा गरेको छु । त्यस्तै पाठकवृन्दका सल्लाह–सुझावहरू मेरा लागि अमृत समान हुन् । त्यसैले यस पुस्तकसम्बन्धी केही कमी–कमजोरीहरू भएमा तल उल्लेखित ठेगानामा पठाइदिनुहुन सादर अनुरोध गर्दछु । यो कृति तयार पार्न प्रत्यक्ष–अप्रत्यक्ष सघाउनुहने सम्पूर्ण शुभ–चिन्तकहरू साथै यस पुस्तकका प्रकाशन संस्था रत्न पुस्तक भण्डारका सम्पूर्ण परिवारप्रति धेरै–धेरै आभार व्यक्त गर्दछु ।

अहिले संसारमा प्रगतिशील साहित्यको वर्चश्व छ । प्रगतिशील साहित्यको मेरुदण्ड मानिने माक्र्सवाद हजारौं वर्ष अगाडि गीता दर्शनमा कर्मयोगमा हामी पाउन सक्छौं । यही कर्मयोगलाई अँगालेको चार्वाक दर्शन पनि छ, यो कर्मयोग जति पर्याप्त नभए पनि यो पनि हजारौं वर्ष अगाडि ऋषिमुनिहरूले अँगालिसकेको कुरो हो । हामीले आफ्नो संस्कृति, परम्परा, मूल्य, मान्यता बिर्सेका मात्र हौंं । सबै कुरा पूर्वीय दर्शनमै छ । हामीले खोजबिन गरेनौं । हामीसँगका पुराना पुस्तकहरूमा धेरै कुराहरू छन् । बाहिर समुद्र देख्ला तर वैदिक साहित्यमा गोताखोर भएर हिरामोती, मणिमाणिक्यको अनमोल खजानासम्म हामी पुग्नैपर्छ । हाम्रा सम्पदाका यस्ता धेरै कुराहरू विदेशीले सङ्ग्रहालयमा सजाउन लगिरहेका छन् । हामी भने टुलुटुलु हेर्नुृ बाहेक केही गर्न सकिरहेका छैनौँ ं। हामीे विदेशीहरूले जति पनि लाभ लिन नसक्ने अवस्थामा छौं । कहिलेसम्म हामीले आफू चढेको हाँगोमा बञ्चरो हात्रे ? यो कार्य बन्द गर्नै पर्छ । हामीले हाम्रो धरोहर संरक्षण गर्नै पर्छ । त्यसलाई अध्ययन गर्न हिचकिचाउनु हुँदैन । यो कुरा हामी सबैले बुझ्नु अति नै जरुरी छ । सबैले आ–आफ्नो ठाउँबाट प्रयास ग¥यौँ भने हामीले पनि टाउको उठाउन सक्छौं । त्यसैले यस्ता हाम्रा ऋषिमुनिहरूले आफ्नो योगबलले गरेको साधनालाई हामीले जात्रु जरुरी छ ।

सत्ययुगको विलय भएपछि त्रेतायुगको सुरु हँुदा नै अब तीनवटा युग सत्यको विरुद्ध युग आउँदैछ भनेर जनाउ भएको कुरा त्रेताको अर्थ तीन भएबाट त्रेता, द्वापर र कलि युग आउने सङ्केत उत्तिबेला नै सङ्केत भएको थियो भनेर बुझ्न सकिन्छ । अहिले हामीले ठाडै आँखैले देखेका सप्रमाण उदाहरणमा नेपालको ००७ साल ०४६ साल ०६२÷०६३ सालको आन्दोलनलाई हेर्ने हो भने उक्त आन्दोलनहरूमा मात्रै सम्पूर्ण राजनीतिक सत्य बिस्फोट भएको पाइन्छ र यसबाट सबैको हित नै भएको देखेका छौं । तसर्थ सत्यको शक्तिले एत्र–तत्र–सर्वत्र हित हुन्छ भत्रे कुरा प्रमाणित हुन्छ ।

उपर्युक्त सम्पूर्ण कुराका आधारमा सत्य नै साध्य भनेर मात्र सकिन्छ । अतः सत्यको सामूहिक प्रयास गरौं । सत्य बोलौं । सत्मार्गमा लागौं । सबैको सत्भलो गरौं । सत्ययुगको अनुसरण गरौं । सत्यमा सत्यका लागि आध्यात्मिक कार्यहरू गरौं । यही सत्यको सानो अनुकृति सत्य पौराणिक कथाहरूमार्फत सम्पूर्ण सुभेच्छुक पाठकहरूका लागि अर्पण गर्दछु ।
सत्यमेव जयेते ।।

‘सत्य पौराणिक कथाहरू’का सम्बन्धमा
वैदिक साहित्यका आधारभूत तथ्यहरूबारे एक मन्थन

यस सत्य पौराणिक कथाहरू कथा सङ्ग्रहमा किम्बदन्तीका कथाहरू, बोध कथाहरू, बुद्धका कथाहरू, तथा पौराणिक कथाहरू सङ्कलित गरिएका छन् । अहिले विदेशी संस्कृतिले गर्दा हामीहरू भट्किरहेका छौं । हाम्रो संस्कृतिमा धेरै कुराहरू छन् । हामी संस्कृतिमा धेरै धनी छौं तर हामीले हाम्रा मूल्य–मान्यताहरू बिस्तारै–बिस्तारै बिर्सिरहेका छौं । हामीले पुर्खौंदेखि गरिआएका कुराहरू अब किन गर्ने भत्र थालेका छौं । यो गर्नुको कारण हामी जोकोहीले पनि थाहा पाउनु जरुरी छं । यस्ता पौराणिक कथाहरूमा डुबुल्की लगाइसकेपछि मनलाई एकाग्र गर्ने, सदाचार, आदर्शवान, नैतिकवान बनाई परिवारमा शुख, शान्ति ल्याउनमा अवश्य नै मदत मिल्नेछ । यी कथाहरू पढ्नका लागि तथा यसबाट यथेष्ट लाभ प्राप्त गर्नका लागि केही आधारभूत कुराहरूबारे जानकारी प्राप्त गर्नु भएमा यी कथाहरूका मूल भावसम्म पाठकहरू पुग्न सहज हुनेछन् । त्यसैले यहाँ पूर्वीय दर्शन, वैदिक साहित्य, पौराणिक कथा, मानव भनेको कस्तो हो ?, दिव्य मानवको दर्शन, धर्मको परिचय, प्रयास गरी सकारात्मक सोच राख्नु सबैभन्दा ठूलो कर्म, वर्तमान हाम्रो सम्पत्ति क्षणभङ्गुर, प्रेमबाट अध्यात्मको द्वार खोल्ने, अहिंसा नै परम धर्म, अध्यात्मका बाटाहरू थुप्रै छन् तर पुग्ने सबै परमात्मामा नै हो, आत्म सन्तुष्ट परमात्माको द्वार, विज्ञान र अध्यात्मको तुलना, अध्यात्मलाई जगाउनुपर्छ, शून्यमा चिन्तन गरी अध्यात्म जगाउने, मनको पूजा सर्वोत्तम पूजा, अध्यात्म भनेको ‘म’ को ध्यान, अध्यात्म जगाउन सत्य धर्म, यो पौराणिक कथा सत्यको खोजक र सत्य जुनसुकै धर्मको पनि मूलका बारेमा विश्लेषण गर्ने कोसिस गरिएको छ । यी वैदिक साहित्यका आधारभूत ज्ञानका सन्दर्भहरूसम्बन्धी व्याख्याहरू अध्यात्म तथा धर्मका लागि मात्र नभई विज्ञान तथा हाम्रा दैनिक जनजीवनका लागि पनि मननीय तथा उपयोगी सिद्ध हुनेछ भत्रे कुराको आशा गर्न सकिन्छ ।

सबैभन्दा जेठो दर्शन पूर्वीय दर्शन
हामीलाई विदितै छ , संसारकै संमृद्ध र जेठो दर्शन पूर्वीय दर्शन हो । साहित्यको विशाल भण्डार वैदिक साहित्य नै हो । यसका लागि हजारौँ वर्षको कठिन साधना भएको छ । त्यसैले यो अचुक शिक्षाप्रद सामग्री हो । वैदिक साहित्यमा सबै छ तर एउटा कुरा छैन, त्यो हो झूट । त्यसैले पौराणिक कथाहरू सबै सत्यको जगमा अडेको हुन्छ । पूर्वीय दर्शनबाटै सनातन धर्म सुरु भयो । पौराणिक कथा यसैसँग सम्बद्ध छ । हामीले गरेनौँ भने छोरानातिका पालामा यत्ति पनि बाँकी रहँदैन र हामीले हाम्रो अस्तित्व त्यो बेला जोगाउन सक्दैनौं । त्यसैले यसलाई जगेर्ना गर्नैपर्छ ।

पौराणिक कथा सङ्कलन मात्र हो
‘पुराण’ शब्द संस्कृतबाट आएको हो । यस शब्दलाई सन्धि विच्छेद गर्दा “पुरा अपि नवं” हुन्छ । यसको अर्थ लगाउँदा “जतिसुकै समय बितेर पुरानो भए पनि त्यो अहिले पनि नयाँ हुनेलाई पुराण भनिन्छ ।” भनेर थाहा पाउन सक्छौं । पौराणिक कथा भत्राले यही पुराणको कथा भत्रे आशय हुन्छ । त्यसर्थ यी कथाहरू कहिल्यै पुरानो हुँदैन । यो सदा नवीन हुन्छ । त्यसैले यसमा शाश्वत नवीनभाव हुन्छ । यस्ता पौराणिक कथाले वैदिक ज्ञानलाई संरक्षण गरेको हुन्छ ।

यी कथाहरू वैदिक ज्ञानका भण्डार हुन् । यसलाई हामीले अहिले रचना गरेर रचना गर्न सक्ने कुरो होइन । त्यसर्थ यसलाई सङ्कलन भन्दा अत्युक्ति हुन्छ । यसबारे कथाले आफैँ बोल्छ । यस्ता कथाले बहुआयामिक रूपमा वैदिक भाव पोखेको हुन्छ । किनकि आधुनिक कथाहरूभन्दा पनि यस्ता कथाहरू सानोभन्दा सानो कुराले पनि धेरै अर्थ लाग्दछ र यसले जुन कथाले भत्र खोजेको हो त्यसलाई अन्तै मोड्न पनि सक्दछ । भत्र खोजेको के भने जुन यी कथाहरूबाट प्राप्त हुने शिक्षा हो यसैलाई पढेपछि नै त्यसले हाम्रो समाजलाई दिने व्याख्या, योगदान यसबाट हुने असल परिणामबारे जानकार हुन्छ ।

प्रकृतिले हामीलाई सबै सुविधा दिएको छ
हामी त मानव, हाम्रा लागि जननी प्रकृतिले सबै कुरा उपलब्ध गरिदिनुभएको छ । यी सारा प्राकृतिक वातावरण हामी मानव कै लागि निर्मित हुन् । त्यसैले हाम्रा लागि धेरै लगानी भएको छ । यो मानव चोला हामीले पछि लिन पाउँछौं, पाउँदैनौं ? यो आफ्नो कर्ममा भर पर्ने कुरा हो । एकपटक प्रकृतिका सम्पूर्ण कुराहरू नियाल्नुहोस् त, यो संसार कसैका लागि होइन केवल हामी मानवका लागि नै हो । त्यसैले हाम्रा लागि किन लगानी भयो र हाम्रो कर्तव्य के हो ? हामीले यसलाई बुझ्न सक्नुपर्छ । हुन त यो दुई दिनको जिन्दगी हो तर यो जति राम्रो मानव चोला अरू छैन । नराम्रो काम गरे हामी राक्षस बन्छौं । राम्रो काम गरे हामी देवता कहलिन्छौं । त्यसैले यो मानव एउटा सेतु हो । सत्त्व, रजो र तमो गुणमा हामी रजो गुणमा छौं । राम्रो गरे सत्त्व गुणी हुन्छौं भने नराम्रो गरे तमो गुणी हुन्छौं । तसर्थ यस्तो मानव चोलालाई सदुपयोग गरेर हामी राम्रो स्थानसम्म जान र आफ्नो कर्तव्य पूरा गर्न लम्किरहनुपर्दछ ।

ऐतरेत उपनिषद्मा मानवका बारेमा यस्तो भनिएको छ कि ः—
“जब देवताहरूका लागि ईश्वरले गाई सृष्टि गरे, देवताहरूले हामीले खोजेको यस्तो होइन भने । फेरि ईश्वरले घोडा सृष्टि गरे त्यो पनि खोजेको जस्तो भएन भनेर देवताहरूले त्योभन्दा राम्रो देह सृष्टि गर्न ईश्वर पुकारे । तब ईश्वरले मानवको देह सृष्टि गरे । तब देवताहरूले ‘ओहो ! अति उत्तम, जस्तो खोजेका हौं, त्यस्तै पायौं’ भने ।

त्यसपछि देवताहरू मानव देहमा प्रवेश गरे । आँखामा सूर्य, नाकमा वायु, कानमा दिशाहरू, मुखमा अग्नि, एवं रीतले तेत्तीस् कोटी देवताहरू मानव शरीरमा अंशका रूपमा प्रवेश गरे ।”
त्यसैले हाम्रो शरीर अत्यन्त महत्त्वपूर्ण छ । यो मानव शरीर देवताहरूको मन्दिर हो । यसलाई स्वच्छ, पवित्र राख्नु हाम्रो कर्तव्य हो ।

दिव्य मानवको दर्शन यसरी गर्न सकिन्छ
जब मानवले राम्रो कर्म गर्दछ, ऊ दिव्य मानव बन्छ । पौराणिक कथाहरूमा उल्लेखित पात्रहरूलाई दिव्य मानव भत्र सकिन्छ । पौराणिक दिव्य मानवको दर्शन गर्नाले फलिफाप हुन्छ र त्यसको ऊर्जा पढ्ने पाठकलाई हुन्छ भत्रे मान्यता छ ।

कुनै दिव्य देहलाई दर्शन गर्नु छ भने अगाडि, पछाडि, माथि, तल, भित्रबाट पनि दर्शन गर्नु आवश्यक छ । तर जुन समय अगाडिबाट मात्रै दर्शन गर्ने चलन थियो त्यो समय अगाडिको भागबाट मात्र दर्शनकोे ऊर्जा पाइन्थ्यो । दिव्य मानवको वृहत् आकारलाई अगाडिको भागबाट दर्शन गर्दा पनि आधीभाग मात्र दर्शन गर्न सकिन्छ । त्यसैले सम्पूर्ण भाग दर्शन गर्नु छ भने उदाहरणका लागि ः—
१) अगाडिको भाग
२) पछाडिको भाग
३) दुइटै भाग मिलाएर बत्रे बाह्यरूप
यी तीनै भागको कल्पनाले दिव्य देहसँग साक्षात्कार हुन्छ । यी तीनै कल्पना पृथक् छन् । तर यी तीनै भागको साक्षात्कार गर्न साधना आवश्यक पर्दछ । तब मात्र हामीले सत्य वस्तुको ज्ञान हासिल गर्न समर्थ हुन्छौँ । वस्तु एक हुन्छ तर यसको भाव तीन हुन्छ । यसरी तीनमा एक र एकमा तीन दर्शन गरेमा मात्रै देहको पूर्ण रूप ज्ञान हुन्छ । दिव्य देहको भौतिक रूप यसरी नै जानिन सकिन्छ । यस्तो नगरीकन पूर्ण दर्शन हुँदैन । उत्तरबाट हेरेमा उत्तरपट्टिको भागमात्र देख्न सक्छौं । दक्षिणबाट हेरेमा दक्षिणपट्टिको भागमात्र देख्न सक्छौं । पूर्वबाट हेरेमा पूर्वपट्टिको भागमात्र देख्न सक्छौं । त्यस्तै पश्चिमबाट हेरेमा पश्चिमपट्टिको भागमात्र देख्न सक्छौं । हाम्रो हालत अन्धाहरूले हात्ती छामेकै ताल छ । त्यसैले चिन्तनले समग्रमा हेर्न सक्नुपर्छ ।

यीबाहेक पनि इन्द्रियहरूमध्ये कानले देहको आवाज, आँखाले देहको स्वरूप, जिव्रोले त्यसको स्वाद, नाकले त्यसको सुगन्ध, छालाले छोएर अनुभव गरेर सो देहबारे दर्शन गर्न सकिन्छ । यी सबै इन्द्रियहरूले पनि माथिको अगाडि, पछाडि तथा बाह्यरूपको अध्ययन गरी दिव्य देहको दर्शन गरेमा मात्र पूर्ण दर्शन गरेको मानिन्छ ।

यस्ता पौराणिक कथाहरूले भौतिक तथा आध्यात्मिक, इन्द्रिय तथा बाह्य छैटौं इन्द्रिय तेस्रो नेत्र आदिबाट पौराणिक दिव्य देहात्मक महामानवहरूलाई शब्दद्वारा चित्रण गरिएका हुन्छन् र माथि वर्णन गरिए जसरी दिव्य देहलाई दर्शन गराउँदछ भत्रे मान्यता पाइन्छ । अझ कर्मीय मार्ग देखाउने त विशेष भइहाल्यो ।

धर्म के हो ?
जुनसुकै कुराको पनि जब भलाइ गर्ने काम हुन्छ त्यो धर्म हुन्छ । धर्म अर्थात् कर्तव्य पनि हो । धर्म अधिकार पनि हो । पानीको आफ्नै धर्म हुन्छ र त सदा पानी निर्मल, तरल र प्यास मेटाउने हुन्छ । धर्म तपाईंकै भित्र बहिरहेको छ । आगोको पनि आफ्नै धर्म छ र त अहिलेसम्म ताप र प्रकाश दिइरहेको छ । धर्म तपाईंकै भित्र प्रज्ज्वल्लित भइरहेको छ । त्यसैले यो आगो र पानीको उदाहरणजस्तै हामी पनि कर्ममा जुटिरह्यौं भने हामीले पनि दिव्य देह पाउन सक्छौं । त्यसका लागि आध्यात्मिक चिन्तन कुटकुटमा भरेर धर्म निभाउन सक्नुपर्छ । अवश्य नै ईश्वर धर्म रक्षाका निम्ति हो । ईश्वरलाई सघाएर हामीले पनि धर्म रक्षाका निम्ति ईश्वरसँगै हातमा हात मिलाएर जान सक्नुपर्छ । उदार, सहिष्णु र परोपकारले सधैं धर्मको संरक्षण हुन्छ । यसले ईश्वरीय तत्त्व प्राप्ति हुन्छ ।

वर्तमान जन्म जुन कर्मको फलबाट प्राप्त भएको हो त्यसलाई प्रारब्ध भनिन्छ । यो जन्ममा हामीलाई जुन पनि फल प्राप्त भएको हुन्छ त्यो प्रारब्धबाट नै हो । त्यसैले धर्मलाई कर्म भत्र सकिन्छ । कर्म नै धर्म हो । हामीले अहिले गरेको राम्रो कर्मले यस संसारलाई मात्र राम्रो गर्ने होइन पितृलाई पनि राम्रो हुन्छ । हामीले अहिलेको जुनीमा गरेको जुन कर्म हो त्यसको फल अर्को जन्ममा प्राप्त हुन्छ । जस्तोकि चामल आधी भरिएको भकारीमा माथिबाट जति नै मकै खन्याए पनि पिंधबाट चामलै निस्कन्छ । चामल सकिएपछि मात्र भकारीको पिंधबाट मकै निक्लन्छ । फल पनि त्यसरी नै प्राप्त हुने हो । यो जन्मको फल मकै अर्को जन्ममा मात्र प्राप्त हुन्छ । यही कर्मलाई ज्ञान मार्ग, उपासना मार्ग र भक्ति मार्ग तथा योग मार्गको बाटोबाट पनि जात्र सक्छौं । कर्म गर्नुपर्छ भत्रे भेउ पाउँछ भने त्यो ज्ञान मार्ग भयो । कर्मलाई नै उपासना र भक्ति साधना गरी कर्म गर्न जुट्ने प्रेरणा प्राप्त भएमा त्यो उपासना र भक्ति मार्ग भयो । जुनसुकै कुरालाई पनि कर्मसँग जोडेर पुण्य गर्यौंँ भने त्यो जोड अर्थात् योग मार्ग भयो ।

प्रयास गरी सकारात्मक सोच राख्नु सबैभन्दा ठूलो कर्म
चिन्तन गरौं । मनन गरौं । त्यसलाई सदुपयोग गरौं । सुरुसुरुमा केही देखा नपर्ला तर विस्तारै तपाईंले ज्ञान प्राप्त गर्दै जानुहुनेछ । बिजुलीको बल्ब अर्थात् चिम । यो नभएको समय कस्तो होला ? त्यसैले यो चिमले एउटा सारा पृथ्वीलाई टुकी, मैनबत्ती, दियोको युगलाई अन्त्य गरिदियो र धेरै झिलिमिली बनाइदियो, पृथ्वीमा एउटा क्रान्ति नै ल्याइदियो । सबैलाई चकित बनाइदियो । यस विजुलीको बल्बका आविष्कारक हुन् थोमस एल्वा एडिसन । उनले धेरै आविष्कार गरे । उनको जीवनीबाट यो थाहा पाएर धेरै उत्साहित हुन सकिन्छ । सन्दर्भ के भने उनले बिजुलीको बल्ब आविष्कार गर्दाको कथा । यो उनको बल्ब आविष्कार गर्दाको कथा संसारका अन्य सबै वैज्ञानिकहरूको अन्य सबै आविष्कारभन्दा एउटा नौलो र सबैभन्दा ऊर्जा दिने खालको थियो । उनले बिजुलीको बल्ब आविष्कार गर्न परीक्षण गर्दा एक पटक होइन दुई पटक होइन ९,९९९ पटक अर्थात् नौ हजार नौ सय उनान्सय पटक हार नमानी निरन्तर प्रयास गरिरहे र १०,००० अर्थात् दस हजार पटकको परीक्षणपछि सफलता प्राप्त गरेरै छाडे । उनले यो पनि भनेका छन् कि मैले कुनै पनि आविष्कार आकस्मिक रूपमा गरेको होइन न नै अकस्मात् आविष्कार भएको हो । ती सबै मेरो कामको मेहनतको परिणाम हो । हेर्नुहोस् त, यो हो सच्चा कर्म । सुरुमा आध्यात्मिक ज्ञान हासिल नहोला तर यसरी नै प्रयास गरेमा भित्रि मनको ज्ञानको दियो अवश्य बल्नेछ । यसले प्रकाश दिनेछ । एउटा प्रख्यात चित्रकार, पेन्टर, कलाकार बन्नका लागि पनि उसले सानै उमेरदेखि अहिलेको उसको उमेरसम्ममा लाखभन्दा बढी तस्बिर बनाइसेकको हुन्छ । एउटा कमिला पानीमा डुब्दा त्यसले हजारौं पटक प्रयास गरेर पानीबाट निस्केको हामीले नदेखेका होइनौंं । त्यसैले सफलता प्राप्तिका लागि निरन्तरमाथि निरन्तर प्रयास जारी राख्ने हो भने अवश्य नै सफलताले तपाईंलाई पछ्याउनेछ । अध्यात्ममा होस् वा विज्ञान दुवैमा यही नै नियम लागू हुन्छ । यसरी नै सफल होइन्छ भत्रे सकारात्मक सोचका साथ अघि बढ्न सकिन्छ । गिलासमा आधि पानीरूपी ज्ञान छ भने निराश हुने होइन आधि खालि हेरेर होइन, आधि भरिएको ज्ञानबाट अमृत लिएर स्वर्गको जीवन सर्वत्र तुल्याउनुहोस् । तपाईंको कर्मीय क्षेत्र अवश्य विस्तारित हुँदै जानेछ । कहिल्यै सङ्कुचित हुनेछैन ।
सकारात्मक सोचका लागि ईश्वरलाई साथ लिनुहोस् । सम्झिनुहोस् “सर्वव्यापक ईश्वरले हेरिरहेका छन् । तपाईंको जुनसुकै राम्रो काममा मदत गरिरहनुहुन्छ ।” तपाईंले गर्ने सुकर्ममा मदत गर्ने शर्वशक्तिमान नै भएपछि तपाईंलाई अरू के चाहियो र !
हामी अहिले यत्ति व्यस्त छौं कि आफूले आफूुसँग कुरा गर्ने फुर्सद हुँदैन । आफूले आफूसँग कुरा गरेर, भित्री मनले मन्थन गर्नुहोस् । यो पनि एक किसिमको आध्यात्मिक अध्ययन हो । भित्रैबाट तपाईंले आफ्नो कमजोरी पनि देख्नुहुनेछ , त्यसलाई हटाउने प्रयास अवश्य नै सुरु हुनेछ । जीवनमा नकारात्मक कुराहरू पनि देखा पर्लान् तर कालो बादलमा चाँदीको घेरा देखा परे जस्तै सकारात्मक उज्यालो पनि भित्रि दृष्टिले भेउ पाउनुहुनेछ । जब यस्तो सकारात्मक सोच निक्लन्छ, मस्तिष्कलाई ताजगी बनाउँछ । दिमाग स्वच्छ भएमा नै शरीर स्वस्थ्य हुने हो । यदि आफूले प्रयास गरेको कुराले आफूलाई सन्तुुष्ट तुल्याउँछ भने अरूको वास्ता नगर्नुहोस् । त्यो काम जसरी पनि गरेरै छाड्नुहोस् । तपाईंको यस्तो कर्मीय मार्ग अवश्य नै सफल हुनेछ ।

नराम्रो कुरा ग्रहण नगरौं
एक समय बुद्ध आफ्ना भन्तेहरूसँग ध्यान गरिरहेका थिए । त्यही बेला एक जना बाहिरका व्यक्ति आएर बुद्धलाई तथानाम गाली गरेर गए । बुद्धका ती ध्यान गरेका अनुयायीहरूले त्यस व्यक्तिलाई कारबाही गर्ने बुद्धसँग अनुमति मागे । यहाँसम्म कि बुद्धसँग तीसौं वर्ष प्रत्येक पल साथ रहेका आनन्द भन्तेले समेत वुद्धसँग उक्त व्यक्तिलाई कारबाही गर्ने अनुमति मागे तर बुद्ध मानेनन् । गाली पनि यत्ति गरेका थिए कि बुद्धको जीवनकालमा भएको त्यो ठूलो गाली थियो अनि किन सबै भन्तेहरू कारबाहीका लागि नतम्सोस् । भोलिपल्ट सो गाली गर्ने व्यक्ति नै बुद्धसँग हिजोको कुकर्मका लागि माफी पाऊँ भन्न आयो । बुद्धले भने —“तिम्रो घरमा पाहुना आए तर तिमीले अतिथि सत्कारका लागि तयार पारेको मीठो–मीठो खाना पाहुनाले त्यसै छोडी फर्के भने तिमी के गर्छौ ?” उक्त व्यक्तिले भन्यो— “म आफैँ खान्छु नि !” बुद्धले भने — “हो । यही भएको हो ।” उक्त व्यक्तिले आशय बुझ्यो र आखिर उक्त व्यक्ति पनि बुद्धका अनुयायी भए । त्यसैले बुद्ध बुद्ध भए जो अरू कोही भन्तेहरू बन्न सकेनन् । त्यसैले हामी पनि यस्ता दुर्वचन, दुव्र्यवहारमा बुद्ध बन्न सक्नुपर्छ । यस्ता यावत् जुनसुकै नकारात्मक कुराहरूलाई कहिल्यै ग्रहण नगरौं । यसबाट हामीले जुनसुकै कार्य पनि सहजतासँग गर्न सक्छौं । यसबाट सदा मुड स्वच्छ र ताजगी भइरहन्छ अनि हामीलाई आध्यात्मिक मार्ग अँगाल्न सहज हुन्छ । त्यसैले बुद्ध बनौं । बुद्धले भत्रुभएजस्तै कसैप्रति वैरभाव नराखी जीवन मार्गमा लाग्नुहोस् त तपाईंमा स्फूर्ति जागृत हुन्छ । अनि तपाईंले कठिनभन्दा कठिन कार्य पनि सहजतासँग गर्न सक्नुहुनेछ ।

अहिलेको सम्पत्ति सबै क्षणभङ्गुर हो
तपाईंको धनसम्पत्ति त्यो तपाईंको कदापि होइन । तपाईं खालि हात आउनुभएको हो । खालि हात नै जानुपर्नेछ । तर किन यसमा मेरो यति भएन, उसको यति बढी किन ? भनी किन चिन्तित हुने ? यदि तपाईंले राम्रो कर्म गर्नुभएमा त्यसले भने केही हुन सक्दछ , तर त्यो कर्म तपाईंले समयमै पत्ता लगाउन सक्नुपर्छ । बेलैमा सोचौं । संसार माया हो, रङ्गमञ्च हो । जिन्दगी नाटक हो । हामीले अहिले जे देखिरहेका छौं, जे भोगिरहेका छौं , त्यो सबै सपना हो । एक पलमा हामी कहाँबाट कहाँ पुग्छौं यो कसैले सोच्न सक्दैन । यो दुई दिने जिन्दगीमा एक दिन हामी माटोमा मिल्नुपर्ने हुन्छ । त्यसैले यस कालभन्दा सदाका लागि के असल हो त्यो सोच्नु आवश्यक छ ।
दिनपछि रात हुन्छ । जन्मपछि मृत्यु पनि हुन्छ । यदि मृत्यु नभएको भए संसारमा पाप बढ्ने थियो । धर्म रक्षाका लागि पनि मृत्यु आवश्यक छ । हामीले मृत्युबाहेक जीवनका हरेक समयमा अर्थात् जन्मदेखि मर्नुभन्दा अगाडिसम्मका संस्कारहरू भव्यसँग पूर्वतयारी गरी महापर्व नै मनाउँछौं । मृत्युमा महापर्व मनाउनुपर्छ भत्रे आशय होइन तर मर्नुभन्दा एक सेकेन्ड अगाडिसम्म पनि कसैले पनि पूर्व तयारी गरेको पाइँदैन । मृत्यु एक सत्य हो । मर्नुपर्छ एक दिन । तर जसले जन्मेर होश सम्हालेदेखि मृत्युपछि कसरी पार पाउने भनी असल असल कर्म गर्दछ , उसको नै सच्चा मृत्यु हुन्छ र परलोकमा उसले राम्रो स्थान पाउँछ । अवश्य नै यो सत्कर्मसँग सम्बद्ध छ । त्यसैले हरदम सत्कर्ममा तल्लीन हुनै पर्दछ । यदि तपाईंले मृत्यु जात्रु भयो भने त्यसले तपाईंलाई सुकर्मी, आदर्शवान्, नैतिकवान् बनाउँछ ।

विकृति छोडौं प्रेम अँगालौं
काम, क्रोध, लोभ, मोह, राग, द्वेश, मद, मात्सर्य सबै छोडौं । साम, दाम, दण्ड, भेद पनि छोडौं । अनि कर्मीय क्षेत्रका लागि अध्ययन गरौं । यहीँबाट जगत् भलोको बाटो खोलौं । प्रेमलाई हेरौं, प्रेम कति शुद्ध छ । यदि तपाईं १६ वर्षे प्रेममा पर्नुभयो भने कुनै पनि बाधालाई सहजतासँग पचाइदिनुहुन्छ । अर्जुनले निशाना लगाउँदा आँखामात्र देखे जस्तै मात्र प्रेममा पर्नुहुन्छ । तपाईंलाई कुनै कुराले बाधा पु¥याउन सक्दैन । यो त्यसैले लेख्नु प्रेम कति दिव्य छ । बोल्नु त्योभन्दा दिव्य छ । गर्नु त्योभन्दा महान् छ ।

प्रेमले जातपात, धर्म, रङ्ग केही पनि हेर्दैन । प्रेममा परेपछि प्रेमका लागि धनसम्पत्ति, परिवार सबै कुरा त्याग गर्छन् । प्रेममा परेपछि शत्रुसँग पनि प्रेम गर्न पुग्छन् र प्रेममा पार्न सफल पनि हुन्छन् त्यो पनि प्रेमकै बलले । त्यसैले त संसारमा प्रेम जति पवित्र चिज अरू कुनै छैन । यसका कैयौं उदाहरणहरू इतिहास साक्षी छन् । प्रेम सर्वोच्च, प्रेम शील, प्रेम अमलेख, प्रेम समवेत, प्रेम सहिष्णु, प्रेम भक्ति, प्रेम योग, प्रेम स्वतन्त्र, प्रेम जायज, प्रेम ज्ञान, प्रेम धर्म, प्रेम अनुभूति, प्रेम सशक्त, प्रेम धन, प्रेम मन, प्रेम जीवन, प्रेम यश, प्रेम रत्न, प्रेम शक्ति, प्रेम शुद्ध, प्रेम दीप, प्रेम उज्ज्वल, प्रेम आस्था, प्रेम विश्वास, प्रेम साथी, प्रेम ईश्वर, प्रेम महात्मा, प्रेम साक्षात््् , प्रेम व्यापक, प्रेम अनमोल, प्रेम अमर, प्रेम अमृत, प्रेम आनन्द, प्रेम तृप्ती, प्रेम विजय, प्रेम गन्तव्य तसर्थ प्रेम सर्वोत्कृष्ट । यी सबै प्रेमिल भावहरू भएको अध्यात्म शाश्वत प्रेम हो । वास्तवमा प्रेम दिमागबाट कहिल्यै गरित्र । प्रेम त हृदयबाट गरिन्छ । हृदय आत्मासँग सम्बद्ध छ । आत्मालाई परमात्मा जोड्न आध्यात्मिक शिक्षा चाहिन्छ । त्यसैले प्रेम सेतु हो । त्यसैले प्रेमभन्दा ठूलो आध्यात्मिक र क्रान्तिकारी शब्द यो दुनियाँमा वास्तवमै कतै पनि छैन । जस्तो कि यसपालीको २०७२ बैशख १२को महाभूकम्पमा सबै पन्थ, सबै धर्माबलम्बीहरूले राम राम जपी हरे राम ! हरे राम ! भनी पुकारे । रामप्रति असीम श्रद्धा र प्रेम प्रकट गरे । आपत परेको बेला मात्र होइन यसरी नै सबैले परमात्मालाई यी माथिका प्रेमिल भावहरूले एकाकार भएर प्रेम गरौँ । त्यसैले पौराणिक कथाहरू पढ्न पाठकहरूका लागि यी माथिका सबै प्रेमिल भावहरू अवश्य नै चाहिन्छ ।

अध्यात्मका लागि अहिंसा परम धर्म
प्रेम सर्वत्र छाउन दिन सवै प्राणीप्रति दयाभाव, करुणा जाग्नु आवश्यक छ । भागवतमा पनि भनिएको छ “अहिंसा परमोधर्म” । त्यसैले अध्यात्मिक किसिमले हेर्दा पनि अहिंसा नै ठूलो धर्म हो । हिन्दू, बौद्ध, जैन, क्रिश्चियन, मुस्लिम आदि सबै धर्महरूका अनुसार पनि अध्यात्मिक हिसाबले ब्यक्ति धार्मिक हुनका लागि सत्त्वगुणी हुनु आवश्यक छ । सत्त्वगुणी हुन विवेकशील हुनु आवश्यक छ । विवेकशील हुन बलि निषेध गर्नु जरुरी हुन्छ । तसर्थ चेतनशील तथा विवेकी बन्न हिंसा निषेध गर्नुपर्ने हुन्छ । सनातन धर्म सबैभन्दा पुरानो धर्म हो र अरू यसपछिका धर्महरू सनातन धर्मबाटै टुक्रिएर बनेका हुन् भत्रे पुष्टि भइसकेको छ । यो सबैभन्दा पुरानो वैदिक सनातन धर्ममा पनि हिंसालाई नकारात्मक रूपमा नै हेरिएको छ । मनुस्मृतिमा “मधुपर्केच यज्ञंच पितृदेवत कर्माणी अजैव पशवो हिंसा नान्यत्रेत्य प्रवित्मनु” भनिएको छ । यसको अर्थ हुन्छ “महजस्तो शुद्ध पदार्थबाट गरिने जुन शुद्ध देवकार्य तथा पितृकार्यको यज्ञ हुन्छ त्यसमा पाशविक प्रवृत्तिको हिंसा इत्यादि त्याग गर्नु पर्दछ ।”
जति पनि सकारात्मक कुराहरू छन् ती सबै अहिंसा हो भने जति पनि नकारात्मक कुराहरू छन् त्यो हिंसा हो । जस्तो कि कसैलाई चित्त दुखाउनु , अपमान, हेला गर्नु, लोभ गर्नु आदि हिंसा हो भने नम्रता, सत्य, विवेक आदि अहिंसा हो । आध्यात्मिक जागरणका लागि अहिंसा एकदमै आवश्यक हुन्छ ।
मन, वचन र कर्मले कसैलाई दुःख नदिनु नै अहिंसा हो । आफूदेखि कोही तर्सन्छ भने त्यो पनि हिंसा नै हो । त्यसैले यस्तो कार्य बन्द गरेमा मात्रै अहिंसाको सुरुवात हुन्छ । कसैलाई कष्ट दिएर कुनै उपहार लिनु , कसैलाई विनाकाम बोलाएर कष्ट दिनु यो पनि एक प्रकारको हिंसा नै हो । धेरै पैसा जम्मा गर्नु यो पनि एक प्रकारको द्रव्यहिंसा नै हो । आफूले मदत गर्न सकेर पनि पीडकलाई मदत नगर्नु यो पनि एक प्रकारको हिंसा नै हो ।
अभयदान यो एक प्रकारको अहिंसा हो । जस्तो कि कुनै चरा आइरहने ठाउँ आफूलाई थाहा छ भने आफू त्यो ठाउँमा नजानु अभयदान अहिंसा हो । घरमा ढिलो आउँदा कुकुर उठ्छ भने ढोका आवाज ननिकाली आउनु र जुत्ताको स्पर्श नगरी घरभित्र पस्नु पनि अभयदान अन्तर्गत पर्दछ । यसप्रकारले कुनै पनि जीवलाई आफूबाट भयभीत नगर्नु अभयदान अहिंसा हो । आध्यात्मिक जागरणका लागि यस्तो अभयदान अहिंसा जात्रु अत्यन्तै आवश्यक हुन्छ ।
भावहिंसा भनेको मनमा हिंसाको भाव उत्पत्र हुनु हो भने देहहिंसा भनेको कुनै पनि जीवको हिंसा गर्नु हो । पहिलोमा जब भावहिंसा पनि हुन्छ र सोही भावहिंसाका कारण अरु देहको हिंसा गर्छ भने त्यो सबैभन्दा ठूलो हिंसा हो र यो सबैभन्दा ठूलो पाप हो । दोस्रोमा जसले अर्काको देहहिंसा त गर्छ तर बाध्यताले गर्छ भने यदि उसमा त्यस हिंसाप्रति प्रायश्चित्तको भाव हुन्छ भने त्यो पनि हिंसा नै हो तर पहिलो जति चाहिं होइन । तेस्रोमा यदि भावमा हिंसा आइरहेको छ तर उसले अरू देहको हिंसा गर्दैन भने यो दोस्रोभन्दा कम खालको हिंसा भयो । चौंथोमा यदि जसको भावमा पनि हिंसा हुँदैन, अर्काको देह पनि हिंसा गर्दैन भने त्योभन्दा उत्तम अरु कुनै अहिंसा हुँदैन । योभन्दा उत्तम व्रत, योभन्दा उत्तम पुण्य कुनै हुँदैन । यसैलाई सत्यधर्म भनिन्छ । यसैबाट आत्मा जागृत हुन्छ र परमात्मासँग जोडिन पुग्छ । स्वतः यसै धर्मबाट आत्मज्ञानको लाभ प्राप्ति हुन्छ । यो नै सात्त्विक हो । यस्तो शुद्ध नियम गर्ने कर्मीय व्यक्ति महापुरुष कहलिन्छ ।

अध्यात्मले सम्पूर्ण चराचर जगत्का बारेमा सोचेको हुन्छ
हामीले आफ्नै बारेमा मात्र सोच्यौं भने हामी परिवारबाट एक्लिन्छौं । हामीले परिवारको बारेमा मात्र सोच्यौं भने समाजबाट एक्लिन्छौं । त्यस्तै गरी हामीले समाजै समाजबाट बनेको आफ्नो राष्ट्रका बारेमा मात्रै सोच्यौं भने अन्तर्राष्ट्रिय स्तरमा एक्लिन्छौं । त्यसैगरी हामीले अन्तर्राष्ट्रिय जगत्को मात्रै सोच्यौं भने अन्तर्राष्ट्रिय जगत्भन्दा बृहत चराचर जगत्को बारेमा चिन्तन गर्न नसकेर चराचर जगत्बाट यो हाम्रो बसोबास गर्दै आएकोे पृथ्बीले एक्लिनु पर्ने हुन्छ । तसर्थ अध्यात्मको चिन्तन गर्यौं भने हामीले आफू, परिवार, समाज, राष्ट्र, अन्तर्राष्ट्र र सम्पूर्ण चराचर जगत्बाट नएक्लिकन यी सम्पूर्ण जगत्को सूक्ष्मदेखि बृहत् जगत्को हित हुने कार्य गर्न सकिन्छ ।

अध्यात्ममा परमात्मामा जाने बाटाहरू थुप्रै हुन्छन्
अध्यात्मको कुरा गर्दा अध्यात्ममा जाने बाटो हिन्दू, मुस्लिम, क्रिश्चियन, बौद्ध आदि छन् ।
यी बाटोहरू हेर्दा सबैभन्दा उपयुक्त बाटोमा गयौं भने ठीक र चाँडो चिन्तन गर्न सक्छौं । यी बिभित्र बाटो रूपी धर्महरू अध्ययन गर्दा धर्महरू मात्र दुई प्रकारको देखिन आउँछ । एउटा एकल देवता मात्रे धर्म जस्तै क्रिश्चियनले जिसस क्राइस्ट, मुसलमानले अल्लाह, बुद्धिस्टले बुद्ध आदि । त्यस्तै बहु देबता मात्रे धर्म जस्तै हिन्दूले ब्रह्मा, विष्णु, महेश्वर आदि इत्यादि । त्यसको मातहतमा त झन् तेत्तीसकोटी देवता ।
तसर्थ अब यी एकल देबता मात्रे धर्म र बहु देबता मात्रे धर्ममध्ये सबैभन्दा राम्रो धर्ममा लाग्ने आकाङ्क्षा सबैमा हुने कुरो हुने नै भयो । एकल देवता मात्रे धर्ममा सो धर्मको प्रमुख देवता एउटै मात्र हुन्छ र निर्णायक भूमिका पनि एकै जना देवताको प्रयासमा मात्रै हुने गर्दछ । तर बहु देवता धर्ममा सबै देवताको निर्णयलाई आधार मानेर प्रमुख देवताहरूले चराचर जगत्का बारेमा निर्णय गरेको पाइन्छ । यहाँ बहु देवता मात्रे धर्ममा एकमात्र हिन्दू धर्मलाई नै लिन सकिन्छ । हिन्दू धर्ममा सबैभन्दा ठूलो निर्णायक भूमिका ब्रह्मा, विष्णु, महेश्वरद्वारा हुने गरेको पाइन्छ । ब्रह्माले सृष्टिको निर्णय, बिष्णुले स्थितिको र महेश्वरले संहारको निर्णय गर्दा तीनै जना देवता व्रम्हा, विष्णु र महेश्वरको सामूहिक निर्णयबाट जुन उपयुक्त हुन्छ त्यो निर्णय भएको पाइन्छ । साथै अत्यन्त विशाल ब्रह्माण्ड यी तीन देवताका मातहतमा तेत्तीसकोटी देवताले रेखदेख गर्दछन् । तसर्थ एकल देवता मात्रे धर्मको बाटोभन्दा बहु देवता धर्म मात्रे बाटो उपयुक्त र उत्कृष्ट छ भनेर ठोकुवा नै गर्न सकिन्छ । किनकि एक जनाको निर्णयभन्दा तीन जनाको सल्लाहबाट गरिने निर्णय अझ बेस हुन्छ । सम्पुर्ण विशाल चराचर जगतलाई रेखदेख गर्न त तेत्तीसकोटी देवता चाहिने नै भयो । तसर्थ बहु देवता धर्म बाटोको उपयुक्त गन्तव्य भनेर हिन्दू धर्मलाई लिन सकिन्छ ।

हिन्दू धर्मको जुनसुकै पन्थ ब्रह्मा, विष्णु, महेश्वरमध्ये कुनै एकलाई मात्रेहरू पनि छन् । तर यी तीनै सर्वोच्च देवभन्दा परमात्मालाई सर्वशक्तिमान मानिँदै आएका छन् । पश्चिमाहरूले ईश्वरलाई GOD भन्दछन् । G-Generator सृष्टिकर्ता, O-Organizer स्थितिकर्ता, D-Destroyer संहारकर्ता । त्यसर्थ परमात्मालाई GOD भनेको प्रस्टै हुन्छ । विभित्र धर्मले परमात्मालाई सर्वशक्तिमान मानेका छन् । कुनै एउटा वस्तुलाई विभित्र भाषामा विभित्र प्रकारका नाम भएजस्तै, विभित्र धर्मले परमात्मालाई थुप्रै प्रकारले नामकरण गरिएका छन् । धर्म थुप्रै भनेको मतलब गोरेटो विविध छन् । पुग्ने ठाउँ गन्तव्य सबैको उही सर्वशक्तिमान परमात्मामा नै हो । साकार, निराकार, पुरुष, स्त्री, ॐ, आदि जुन रूपमा मानिए तापनि हामीले ईश्वर भनेर पुकार्ने उनै परमात्मालाई हो । वेदमा परमात्मालाई अजन्मा मानिएको छ । अलङ्कारबाट उनको जन्म र कर्म भएको कुरा वेदमा गुह्य तरिकाले वर्णन गरिएका छन् ।

आत्मसन्तुष्ट नै परमात्माको द्वार
हामीले शरीरका लागि कार्य गर्ने कि आत्माका लागि ? अवश्य नै हामीले शरीरका लागि कार्य गर्यौं भने त्यो स्वार्थ हुन्छ । यदि आत्माका लागि गर्यौ भने त्यो कर्म हुन्छ । राम्रो कर्म गर्दा मात्र आत्मसन्तुष्ट हुन्छ । आत्मा सन्तुष्ट भएपछि त्यहीँबाट परमात्माको द्वार खुल्छ ।
हामी ईश्वर खोज्न मन्दिर, मस्जिद आदि ठाउँ धाउँछौँ । चारधाम जान्छौँ । ईश्वर बाहिर खोजी हिँड्छौँ । ईश्वर पाउनका लागि अनेकौं तपस्या, व्रत गर्छौं । ईश्वर त तपाईंको यत्ति नजिक छ कि उनैले तपाईंको मुटु ढुकढुक गरिरहेका छन् । तपाईंको भित्र परमात्मासँग जोड्ने आत्मा छ । न यसको अन्त्य न नै यसको सुरुवात थाहा छ हामीलाई । यो सन्तुष्ट बनाउन, एक पटक अन्तसकरणबाट भित्र नियाल्नुहोस् । वास्तविक शान्ति त्यहीँबाट सुरुवात हुन्छ । हो, यही ईश्वरलाई सन्तुष्ट पार्नु नै पूजा हो । यो ईश्वरले भनेको मात्रु नै असल कर्म हो । यो ईश्वरले चाहेको सत्य गर्नुभयो भने तपाईंलाई कहिल्यै छटपटी हुँदैन ।
तपाईले आफूभित्रको सत्यलाई हेर्नुहोस् । सोच्ने होइन, खोज्नुहोस् , हृदयबाट हेर्नुहोस् । श्रद्धा जागृत हुनेछ । भित्र दियो जलेको देख्नुहुनेछ । त्यही ज्ञानको प्रकाश नै ईश्वर हो । तपाईंले अन्तर्आत्माको मन्दिर देख्नुहुनेछ । योभन्दा बढी आत्मसन्तुष्टि अरू के हुन सक्छ र ? त्यसैले ईश्वरलाई नयाँ आकाशसरी भित्रै महसुस गर्नुपर्ने हुन्छ । त्यसैले ईश्वरभन्दा नजिक अरू कोही पनि छैन । ईश्वर शाश्वत सत्य हो । ईश्वर हृदयको गहिराइमा हुन्छ । शान्तिको सुरुवात यहीँबाट हुन्छ । संन्त कबीरले पनि भनेका छन् —“पानीमे मीन प्यासी, मोहे सुनसुन आवे हँसी, आतम ज्ञानविना नर भटके क्या मथुरा क्या काशी ।” त्यसैले धर्म तपार्इंंको भित्र बहिरहेको छ ।

विज्ञान र अध्यात्मको तुलना
विज्ञानको प्रयोगहरू ठूलाठूला प्रयोगशालाले सिद्ध गरेर देखाउँछ भने अध्यात्मले अन्तस्करण जगाएर स्वयम्बाट साधना गरेर सिद्ध गर्दछ । विज्ञान सिद्ध गर्नलाई अध्यात्मको बैसाखी चाहिन्छ । त्यस्तै अध्यात्मका लागि विज्ञानको बैसाखी । दुवै एकअर्काविना हिँड्न सक्दैनन् । यदि विज्ञान मात्रले वा अध्यात्म मात्र एक्लैले केही गर्न खोज्छ भने त्यसले प्रगतिपथमा पु¥याउन सक्दैन । अध्यात्मको सत्यविना विज्ञानको सर्वेक्षण बढ्न सक्दैन भने विज्ञानको सदुपयोग गर्न पनि आध्यात्मिक कर्मको सहारा चाहिन्छ नत्र भने यसले विनासबाहेक केही निम्त्याउत्र । अध्यात्म पनि विज्ञानको नियमबाट हेरिएन भने धार्मिक सङ्कीर्णता, रूढिवाद आदि भएर निस्कन्छ । अरू धर्मप्रति असहिष्णु भएर निस्कन्छ । कट्टरता हटाउन विज्ञान पनि चाहिन्छ । त्यसैले अध्यात्म र विज्ञान दुवैको अन्योन्याश्रित सम्बन्ध छ । यी एकअर्काका परिपूरक हुन् । विज्ञानलाई सिद्ध गर्न पनि कुनै न कुनै आध्यात्मिक दर्शनको आवश्यक पर्दछ भने अध्यात्मलाई हेर्न पनि विज्ञानको चश्माको आवश्यक पर्दछ ।

अध्यात्म भनेको ‘म’ को ध्यानबाट अध्ययन गर्नु र सही परिणामको कर्मतिर लाग्नु नै हो । त्यसैले विज्ञानले जति पनि आविष्कार गरेको हुन्छ त्यसलाई विनाशबाट रोक्ने कार्य अध्यात्मले मात्रै गर्न सक्छ । त्यसैले विज्ञानले आविष्कार गरेका कुराहरू सही ठाउँमा कल्याणकारी ठाउँमा लगाउने मदत मात्र अध्यात्मले नै गर्न सक्दछ ।

अध्यात्मलाई जगाउनुपर्दछ
सांसारिक मायाजालमा इन्द्रियहरूको वशमा परी आत्मा भट्किरहेको हुन्छ । आँखाले राम्रो हेर्न खोज्छ, फेरि त्योभन्दा राम्रो । कहिल्यै सन्तुष्ट हुँदैन । कानले पनि त्यस्तै त्योभन्दा राम्रो धुन खोज्छ । यावत सबै इन्द्रियहरूको माग त्योभन्दा बढी, त्योभन्दा बढी हुँदै जान्छ । बढ्दै जान्छ । धन प्राप्त नभएसम्म धनको लालसा हुन्छ र फेरि धन पर्याप्त भएपछि धन कसैले चोर्लान् भनेर त्योभन्दा बढी चिन्ता हुन्छ । उदासीन सुरु भइहाल्छ । डाक्टरले जोसुकैलाई पनि कुनै न कुनै प्रकारको डिप्रेसन हुन्छ भत्रु यही कारण हो । यसका लागि आध्यात्मिक जागरण जरुरी छ । त्यसैले हामीले खोज्नुपर्ने भनेको आत्माको सुख हो । परोपकार हो । सत्य हो । आफ्नो शरीरको सुख होइन । भौतिक वस्तुले कहिले सुखी तुल्याउँछ त कहिले दुःखी तुल्याउँछ । जसले आत्मालाई जानेर अध्यात्म जगाउँछ ऊ सुखदुःखको पारि वितरागमा पुग्दछ । त्यसैले आध्यात्मिक मानिसहरू सत्य, शान्त, अहिंसक भएर आदर्श जीवनमा पुग्दछन् । सूक्ष्मभन्दा सूक्ष्म जीवको पनि भलाइका बारे सोच्दछन् भने चराचर जगत्का विशाल ब्रह्माण्डको कल्याणका बारेमा पनि त्यत्तिकै भलाइका बारे सोच्दछन् । आफूलाई कुनै पनि कष्ट भएमा आफूलाई लागेको भौतिक कष्ट हटाउन विज्ञान लाग्दछ भने मानसिक कष्ट हटाउन अध्यात्म नै चाहिन्छ । अध्यात्म र विज्ञान यस्ता रोगहरू निवारण गर्न सम्बन्धित व्यक्तिलाई नै उपचारका दायरामा ल्याउँछ न कि कुनै अन्य व्यक्तिले विगा¥यो भनेर अन्तै ध्यान मोड्दछ ।

शून्यमा गएर चिन्तन निकाल्नुहोस्
जब तपाईं अध्यात्मको चिन्तन गर्नुहुन्छ , आफ्नो कुनै पनि परिवेश नराखी, आफूले सुनिआएका सबै कुरा त्यागी, शून्यमा गएर आफूले ध्यानमा मात्र सत्यको आडमा जे देख्नुहुन्छ त्यहाँबाट सुरु गर्नुभयो भने तपाईंले जहाँ मार्ग देख्नुहुन्छ त्यो नै अध्यात्मिक मार्ग हो । यसरी तपाईंले आफ्नो अन्तरात्मालाई चिनेर शुद्ध पारेर परम आत्मा अर्थात् परमात्मामा पु¥याउन सक्नुहुन्छ । त्यसैले यो अत्यन्तै ठूलो तप हो, अत्यन्तै ठूलो साधना हो । यही नै वैराग परमात्माको द्वार हो ।
मलाई कसैले सहयोग गरेन, राम्रो काम गर्छु भन्दा म एक्लो भएँ भनेर गुनासो नगर्नुहोस् । बरु यसलाई वैराग भनेर चित्रुहोस् । वैरागबाट तपाईंको यस धर्तीबाट जोड छुट्नेछ । तपाईंको दिमाग शून्य हुनेछ । जब धर्तीबाट जोड छुट्नेछ , सञ्चार छुट्नेछ , सिद्धान्तअनुसार तपाईं कुनै न कुनैसँग त जोड्नु नै पर्नेछ यो विज्ञान तथा शाश्वत नियम नै हो । दिमाग शून्य हुनेबित्तिकै त्यो दिमाग भर्न व्रह्माण्डका हरेक तरङ्ग आउन सजिलो हुन्छ । जब त्यो बेला भगवान्को स्मरण तथा पुकारबाहेक केही हुँदैन । शून्यको बिणा बज्नेबित्तिक्कै विराट्को स्वर गुञ्जिन सुरु हुनेछ । त्यसैले तपाईं परमात्मासँग जोड्न पुग्नुहुनेछ । त्यसैले राम्रो सोच्यौं भने हामीले जस्तोसुकै परिस्थितिमा पनि, अझ संसारले एक्लो बनाउँदा त झन् ईश्वरको आडको पूर्ण बल प्राप्त हुन्छ । अघिल्लो अध्यायको थोमस एल्वा एडिसनको उदाहरण जसरी वैज्ञानिकले पनि सारा संसारसँग एक्लो भई अन्वेषण गरी नै आविष्कार गर्ने हो । यही वैरागको योगबलको उदाहरणबाट पनि तपाईंको कर्मीय योगको सुरुवात हुन्छ । तसर्थ जुनसुकै कुराको पनि सदुपयोग गर्न सक्नुपर्छ , यावत् संसारका सम्पूर्ण कुराहरू हाम्रा लागि नै बनेका हुन् ।

मनले गर्ने पूजा सर्वोत्तम अध्यात्म
आजभोलि ईश्वरको पूजा भौतिक रूपमा गरिन्छ । त्यसैले यस्तो पूजा आध्यात्मिक हुन सकिरहेको छैन । ईश्वरको पूजा भनेको शुद्ध मन, शुद्ध चरित्र, शुद्ध कर्मले गर्ने हो । भौतिक रूपको पूजा भनेको प्रथम चरणको पूजा हो । त्योभन्दा प्रभावकारी माथिल्लो पूजा आत्मापूजा हो । त्यसका लागि आचरण शुद्ध पार्नुपर्छ । त्यो नै अध्यात्म हो ।
भित्री मनलाई हेरेर आँखा बन्द गरेर चिन्तन गरेर आफूले गर्दै आएको कुरा के सही हो ? के गलत हो ? मनन गर्दै जानुपर्छ । आफ्नो आत्मा चिन्दै जानुपर्छ । जगत् भनेको यही हो । हाम्रो शरीर भौतिक हो । यसले सांसारिक दुःख दिइरहन्छ । यस्तो अध्यात्मले चिन्तन गरी ज्ञान प्राप्त भइसकेपछि तपाईंलाई उच्च रक्तचाप (ब्लडप्रेसर), हृदयाघात (हर्ट अटाएक), उदासिनता (डिप्रेसन) जस्ता चिन्ताग्रस्त हुने कुनै पनि रोग निर्मूल हुन्छ र एक प्रकारको अलौकिक आनन्दको अनुभव हुन्छ । “जीवनमा सांसारिक दुःख त एक न एक आइरहन्छ ।” यो कुरा मनन गरेपछि हाम्रो चित्त शुद्ध हुने त भइहाल्यो र यसबाट यस्ता पीरहरू हटाई समाधानको बाटो सहजतासँग पत्ता लगाउन अवश्य नै मदत प्राप्त हुन्छ ।

अध्यात्म भनेको ‘म’ को ध्यान
हामी शरीरधारी हौं । सबैले एक दिन मर्नैपर्छ । हामीले आफ्नो शरीरको मात्र चिन्ता गरेर रुमल्लिरहन्छौं । शरीर छोडेर जाँदा पनि हामीले आफूलाई कसरी सुधार्ने ? यसतर्फ ध्यान दिनु आवश्यक छ । जबसम्म हाम्रो शरीर हुन्छ , हामी आफ्नो शरीरको दुःख निवारणमा नै रुमल्लिरहन्छौं । जो शरीरलाई छोडेर, जुन आफू बाँकी रहन्छ त्यसको हितमा लाग्दछ , त्यसमार्फत कसरी हित गर्ने त्यो अध्यात्मको कार्य हो । हाम्रो शरीर हाम्रो प्रत्येक भौतिक अङ्ग मिलेर बनेको हुन्छ , त्यस्तै यीबाहेक पनि हामीमा दया, करुणा, बुद्धि, विवेकजस्ता भावहरू हुन्छन् त्यसलाईं स्वभाव भनिन्छ । स्वभावसम्बन्धी विज्ञान अध्यात्म हो । यही स्वभावलाई धर्मकर्मको मार्गमा लगेर अध्यात्मको मार्गबाट हामी सर्वकल्याणकारी कार्य गर्न सक्दछौं । यही आध्यात्मिक चिन्तन हो ।

अध्यात्मले अन्तस्करण जगाउँछ । एक प्रकारको सर्वोत्तम धर्म भनेको श्रद्धा हो । अध्यात्मले यही श्रद्धाभाव जगाउँछ । जहाँ ठूलाठूला पण्डितहरूले धर्म बुझ्दैनन् किनकि उनीहरू सन्देह गर्छन् । त्यहीँ एउटा सानो गरिबको श्रद्धाले अध्यात्म जागृत हुन्छ , भगवान् प्रसत्र हुनुहुन्छ । श्रद्धाले गल्ती भए गल्ती सुधार्न सिकाउँछ । दुःखीजनप्रति दयाकरुणाभाव जगाउँछ । यही नै अन्तस्करण जगाउने सूत्र हो । यसले सबैलाई विनय र विवेकी बनाउँछ ।

हामीले “यसले यो गरेन त्यसैले बिग्रियो । उसले यो गरेन त्यसैले बिग्रियो । कसैले पनि राम्रो गरेन । त्यसैले संसार परिवर्तन भएन” भनिरहन्छौं तर स्वयम् भने कहिल्यै परिवर्तन हुँदैनौं । सबैले आ–आफ्नो ठाउँबाट स्वयम्लाई परिवर्तन गरेमा संसार अवश्यम्भावी परिवर्तन हुन्छ । यस्तो गूढ मूलभाव अध्यात्मको ‘म’ को आत्मज्ञानमा लुकेको छ । त्यसैले यो भावलाई सबैले बेलैमा चित्रु आवश्यक छ ।

अध्यात्म भनेको स्वयम्को ‘म’ लाई जगाएर कल्याणकारी मार्गमा लैजानु नै हो । त्यो कृष्णको बाँसुरीले होस् वा बुद्धको मौनताले, महावीरको नग्नताले होस् वा जिससको त्यागले, अल्लाहको कुर्बानले होस् वा सहिदको इन्कलाबले । सूर्यको पहिलो आगमनलाई प्रभात भनिन्छ । प्रभातको पहिलो आगमनलाई कुञ्ज भनिन्छ । हो अध्यात्म त्यही कुञ्ज हो , त्यसैले यो उत्कट श्रद्धाको नाम हो ।

अध्यात्मलाई जगाउन सत्य धर्म चाहिन्छ
अध्यात्मलाई जगाउन सत्य धर्मको पनि पालना गर्नुपर्दछ । सत्य भनेको ईश्वर हो । ईश्वर नै सत्य पनि हो । असत्यको जित त धेरै पटक होला तर त्यसले कहिल्यै राम्रो परिणाम ल्याउँदैन । तर सत्यको पदार्पण गर्विलो हुन्छ र यसले सर्वहितकारी कदम चाल्छ । यस्तो सत्यको एक पटकको जितले पनि असत्यलाई बढारेर पाखा लगाइदिन्छ । दुनियाँका सबै कानुनहरू सत्यकै बलबाट चलेको हुन्छ । दुनियाँका सबै मन्त्रहरू मनमनै आफूमा मात्रै सीमित राखेमा मन्त्र मात्रै हुन्छ । जब यस्ता मन्त्रलाई सबैलाई सुनाएमा त्यो असीमित पनि हुन्छ र महामन्त्र बत्र सफल हुन्छ अनि यसले सबैको भलाइ गर्छ । त्यसैले सत्यलाई प्रकट गर्ने जस्तो ठूलो महामन्त्र सायदै संसारमा अरू नहोला । यसै आशयले यो सत्य पौराणिक कथाहरू यहाँ पाठकहरूमाझ आएको छ , यसमा धेरै राम्रा मननीय कुराहरू छन् ।

सत्यको खोजक
सत्यको सहारा त अझ झनै महत्त्वपुर्ण हुन्छ । सत्य गरिसकेपछि कोहीसँग डराउनु पर्दैन । सत्य भनेको के हो ? पहिलेको सत्य अहिले अर्कै हुन सक्छ । अहिलेको सत्य पछिकाले अर्कै किसिमले बुझ्न सक्छन् । कसैले साहित्य लेखेको छ भने, त्यो साहित्यको लेखकले भत्र खोजेको आशय जति सुकै मै हँु भत्रे विद्वान्ले पनि सही रूपमा अथ्र्याउन हम्मेहम्मे नै पर्दछ । त्यस्तै वैदिक साहित्यको यस्ता पौराणिक कथा साहित्यद्वारा जे बोल्न खोजेको हुन्छ त्यसलाई विज्ञहरूले अर्कै सत्य देखाएको पाइएको छ । त्यसैले यस पौराणिक कथा सङ्ग्रहलाई कुनै पनि कालमा सोही अर्थ बुझ्ने किसिमले सत्यको खोजक भएर प्रस्तुत गर्नु बडो कठिन कार्य हो । यसमा आफ्नो अनुकूलको सत्य दर्शाउन नै कुनै लेप लगाउने प्रयत्न गर्नु हुँदैन । त्यसैले सत्य पौराणिक कथालाई उत्खनन गर्न सबैभन्दा कठिन हुन्छ । यो तयार पार्ने कार्य पनि एक किसिमको कर्मीय कार्य नै हो । यो सङ्कलन गर्दा कति सफल हुन्छन्, कति असफल हुन्छन्, यसका लागि बलबुताले भ्याएसम्म सबै इन्द्रिय प्रयोग गरी सत्य खोज्नुपर्ने हुन्छ । अध्यात्ममा, पूर्वीय दर्शनमा त झन् छैटौं इन्द्रियको आवश्यक पर्दछ । यस कुरालाई पाठकहरूले यी कथाहरूबाट भेउ पाउनुहुने नै छ । त्यसैले यस्ता सत्यसम्बन्धी यथेष्ट मन्थनहरू भएकाले गर्दा यस सङ्ग्रहको नाम सत्य पौराणिक कथाहरू नाम मनासिव नै भएको छ ।

सत्य जुनसुकै धर्मको पनि मूल हो
यहाँ हिन्दू मात्रको सानो अध्ययनलाई नियालौं । यहाँ सनातन हिन्दू धर्म भएकाले यसबारे अध्ययन गरिएको हो । हिन्दू बाहेकको धार्मिक वेभसाइटहरूमा हिन्दू धर्मसम्बन्धी गरेको तथ्याङ्कको अध्ययनमा ती गैर हिन्दूहरूको माझमा रावण र सत्ययुग सर्वाधिक लोकप्रिय भएको पाइयो । ती गैर हिन्दूहरूले रावण त्रेता युगको विरुद्ध र त्रेता युगको अगुवा रामको विरुद्ध उत्रेका हुनाले रावणलाई मनपराएका रहेछन् । यसको अर्थ सत्यलाई गैर हिन्दूहरूले शतप्रतिशत समर्थन गरेको भनेर बुझ्न सकिन्छ । तसर्थ एकल देवता धर्म र हिन्दू धर्मको मिलन बिन्दु भनेर सत्यलाई लिन सकिन्छ ।

एकल देवता धर्म पनि सत्ययुगको बहु देवता धर्मको लोप हुँदा बाँकी रहेको कुनै त्रेता कुनै द्वापर त कुनै कलि कालका एकल देवता धर्महरू नै यी अहिले पृथ्वीमा चली आएको धर्म भनेर मात्र सकिन्छ । तसर्थ धर्मनिरपेक्षताको मूल भाव मात्र आत्मसात् गरेर जाने हो भने पनि सबैे सफलता सत्यमा मात्रै हुने गर्दछ ।

संसारका यावत् सबै जीवहरू जति पनि छन् प्रसत्र तथा सुखी रहुन् । ती सबै दुःख पीडाहरूबाट मुक्त रहुन् । सबैको कल्याण तथा मङ्गल होस् । कोही पनि रोगव्याधिले पीडित नरहुन् ।

सर्वे भवन्तु सुखिनः , सर्वे सन्तु निरामया ः ।
सर्वे भद्राणि पश्यन्तु , मा कश्चिद् दुःख भाग्जनः ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *