Skip to content


व्यथाहरू लाखन लाख हुन्छन्
झन् आँसुमा लाख व्यथा चुहुन्छन्
बाँकी व्यथा भित्र कतै हियामा
बग्नै नपाएर यसै कुहुन्छन् ।।

हो जिन्दगी एक विशेष शिक्षा
यस्तै पढाएर दिएर दीक्षा
पिता तिमीले अघि नै प्रयाण
लियौ कसैको नगरी प्रतीक्षा ।।

यौटा यहाँ पुत्र अझै छँदै छ
पिता विना व्याकुल त्यो हुँदैछ ।।
कथा व्यथासाथ सधैंं परेली
बगाउँदै आँसुसँगै धुँदैछ ।।

त्यो पाउमा माथ म धर्न पाऊँ
मभित्र आस्था अझ भर्न पाऊँ
संसारमा स्नेह म छर्न पाऊँ
यो देशमै बाँच्न र मर्न पाऊँ ।।

पीडाहरू छन् मनमा हजार
सम्झन्छु व्यर्थैै किन बार बार
हे राम के कृष्ण अगाडि आई
सिनित्त पारेर सबै निखार ।।

2019-08-30 18:01:03 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *