Skip to content


व्यस्त तिमी
अव्यवस्थित म
हतारिएको मेरो माया
कुरी बसे म
त्यो आकाशेपुलको मुन्तिर
तिमी आइनौ
तर पनि पर्खिबसे
घाम नजाउन्जेल ।

हातमा मोवाइल
म्यासेन्जर अन
तिम्रो नाम छेउको हरियो बत्ती
हेरिरहे मैले
एकटहकले निरन्तर
बलेन त्यो
तर पनि हेरिरहे
मोवाइल ननिभुन्जेल ।

मोवाइलको रिङटोन
बाँसुरीको धुन
सेभ तिम्रो नाम नम्बर
आशमा बसे म
निराश लागुन्जेल
बजेन त्यो
तर पनि आशमै रहे
नबजुन्जेल ।

मोवाइलको घण्टी
साथीको नाम
खबर तिम्रो मृत्युको
लुला बनेका अंग
शून्य मेरा मतिष्क
बहिरो मेरो कान
तर पनि सुनिरहे
ऊ चुप नहुन्जेल ।

नदिको छेउ
लम्पसार तिम्रो जिउ
सुकेको दाउराको चिता
चिताको त्यो ज्वाला
दन्कियो तिम्रो शरिर
भिज्यो मेरा आँखा
तर पनि हेरिरहे
खरानी नउडुन्जेल ।

1 thought on “गजल”

  1. प्रतिक्रिया
    यो रचना गजल होइन! सम्पादकको ध्यान जाओस्! लेखकले विधा परिमार्जन गर्दा पनि हुन्छ। धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *