Skip to content

के फरक छ सादा र रङ्गिनमा?


के फरक छ सादा र रङ्गिनमा?
रङ्ग फेरिरहन्छौ छिनछिनमा

तिम्रो उडान एकछिन मात्रै हो
तिमी पनि ओर्लिनुपर्छ जमिनमा

म बेकार श्रीमतीलाई मेरो भन्छु
मेरो आफ्नै मन छैन अधिनमा

तुरुन्त गर्छन हाकिमले मेरो काम
नून हाल्छु म हरेक खानपिनमा

तिमी गोमनै भए पनि केही छैन
सिद्धिन्छ आवेग सपेराको बिनमा

अस्तु
भाष्कर काजी
रुँघा-७, रुकुम

Leave a Reply

Your email address will not be published. Required fields are marked *