Skip to content


आज र भोलि हामी एउटा मिठो अलङ्कारका लागि कोसिस गरौं यद्यपि यो अनिवार्य हैन । रुचि हुने मित्रहरुले यसमा पनि ध्यान दिनु उचितै हो ।

अलङ्कारको नामः विशेषोक्ति
प्रकारः अर्थालङ्कारः
परिभाषाः कवितामा कारण भएर पनि त्यसबाट कार्य नभएको वा विपरित प्रकृतिको कार्य भएको बुझिएमा विशेषोक्ति अलङ्कार हुन्छ ।
जस्तैः
लोभी देखी डराएर आगो नै हुन्छ शीतल
सूर्यका रश्मि झन् हुन्छन् उस्कासामु चिसो जल ।।

सूर्यका रश्मिको ता कुरै छाडौं लोभीलाई डढाउनु पर्ने आगो – कारण भएर पनि डढाउने -कार्य नगरी शीतल हुने कुराको वर्णन गरिएकोले विशेषोक्ति अलङ्कार रहेको छ । उदाहरण अनुरुपका रचनाहरुमा विशेषोक्ति अलङ्कार हुन्छ ।

यो भरसक छन्दमा लेख्नु उचित हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *