Skip to content

डर लाग्छ

  • by
ChiranjeebiDahal


डर लाग्छ जुन तारा र, घामसँग पनि
मान्छे डराउँछन यहाँ, गामसँग पनि

रावणले मान्छेभित्र, बास गरेर हो कि
मान्छे किन डराउँदैन, रामसँग पनि

काम लिने त्यो अड्डातिर, निचोरिदा धेरै
डर लाग्छ त्यो कागतको, खामसँग पनि

भोक बेचि खाडीबाट, भित्र्याएको धनले
डराई दियो खेती-बाली, कामसँग पनि

भ्रष्टहरुको यत्र तत्र, बिगबिगी देख्दा
झन साह्रो पो डर लाग्छ, दामसँग पनि

का न पा ६ चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *