Skip to content

देशमा संविधान

20190921_SantoshiShrestha-Gazhal



देशमा संविधान, आएरै मात्रै के भो ?
लोकतन्त्रको नारा, गाएरै मात्रै के भो ?

निमुखा जनता नै सधैं निमोठिने त हुन् नि
बेकारको गणतन्त्र, चाहेरै मात्र के भो ?

ठुलालाई फितलो, साना सधैं मर्कामा
कागजी कानून्, पाएरै मात्रै के भो ?

देश खोक्रिंदैछ, जनता घोक्रिंदै छ्न्
विकासको नारा, लाएरै मात्रै के भो ?

न धर्म छ न संस्कार छ, न सद्भाव अनि राष्ट्रियता
नेपालआमाको कसम, खाएरै मात्रै के भो ?

देश अनि जनतालाई सधै, दयनीय देख्छु आमा
मलाई मात्रै मनमा देशभक्ति, छाएरै मात्रै के भो ??

– सन्तोषी श्रेष्ठ ।
तनहुँ, नेपाल।
हाल बबरमहल, काठमाडौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *