Skip to content


रात वित्याँस पर्छ पावेललाई, ऊ छटपटाउँछ, कोल्टे फेर्छ । समस्याले उसलाई सताउनै सक्दैन किनकि ऊ सुख र दुखःको पारि छ त्यसैले त ऊ वितरागी छ । बाबासँगको सङ्गतले उसलाई यस्तो बनाएका हो । तर समय समय हो । खोलोको बहाबजस्तै उसले कलकल, झरझर सङ्गिती देखे पनि महसुस गरे पनि उसले उज्यालो भेट्टाउँदैन । उसले सोच्छ दुःख त दुःखै हो । अरुले आफूभन्दा दुःखी हेरी दुःखी नबन भनेको सम्झेर कहिल्यै चित्त नबुझाउने ऊ, त्यसैले उसले यत्तिबेला चित्त बुझाएन । किनकि ऊ आफूमात्र सुखी हुन चाहेन । दुःखको मुल जड सबै दुःखीयारीहरुबाट समुल नष्ट भएको हेर्न चाहञ्छ । आफूभन्दा धनी सुखीहरू देख्दा पनि उसको पारो तात्छ किनकि ऊ सोच्दछ कि जायजेथाको वितरण किन समान भएन तर किन यो समानताको संविधानको ढाेँग ! यसको समाधान खोज्न रातभर ऊ अनिँदो कनिरहञ्छ र देशलाई पुकार्छ । माटोलाई पुकाछ्र्र । शहीदलाई पुकार्छ । सिद्धान्तलाई पुकार्छ । ब्रह्माण्डीय सर्वशक्तिमान कानूनलाई पुकार्छ । ऊ बैरागी जस्तो भएकोले नैराश्यता पटक्कै देख्दैन तर समाधान पनि देख्दैन ।

शाहीसेनाले देशैभरि पूरै कफ्यू लगाएको हुञ्छ । सबैजना घरमा कैद हुञ्छन् । न कोही आफ्नो पेशा व्यवसाय गर्न सक्छन् न नै कोही आफ्नो लागि जोहो गर्न सक्छन् । टेलिफोन, इण्टरनेट पुरै काटिएको हुञ्छ । सबैजना त्रासमा हुञ्छन् । मुख तथा जीव्रो भएर पनि कोही बोल्न सक्दैनन् । खुट्टा भएता पनि कोही हिँड्न सक्दैनन् । हात भएता पनि कोही पनि लेख्न सक्दैनन् । बन्दीगृहमा जकडिएको यस्तो देशको परिस्थिति हुञ्छ । जनतामा समाधानको स को एक अंश पनि पुगेको हुँदैन । जनतामा तानाशाहीको अविरल विषवमन भइरहञ्छ । जतिबेला पनि सर्वसाधारण जनता उनीहरुको कोपभाजनको शिकार भइहञ्छ । जनताहरू प्रजाबाट दास तथा रैती बन्न पुग्छन् । सडकमा कम्व्याट पोशाकको सरकारी कर्मचारीहरू यत्रतत्र घनघोर त्रास दिलाउन आइरहञ्छन् । मानवअधिकार धुजाधुजा पारिदिञ्छन् । जनताहरू थर्कमान भएर भुसुनासरी ज्यान हुञ्छ ।

त्यस्तोमा ऊ मध्यरातमा आकाशमा एकटकले हेर्दछ र आमालाई पुकार्छ । आमा ! आमा ! भनिरहञ्छ । उसको भित्रि दिलको पुकार तरङ्गित भएर सारा व्रह्माण्डमा फैलञ्छ । आकाशमा उस्ले एक झिल्को ज्वाला देख्छ । ज्वाला तरङ्गित भएर पानी बनी दर्की धर्तीमा उर्लिन थाल्छ । हुरि वतास छताछुल्ल बहञ्छ । सबै रातको सन्नाटामा मर्ने निद्रामा मस्त भइरहञ्छन् । झ्याल, ढोकाका सिसा तथा भिनिस्ताहरू डङ्ग्रङ्ग्रङ डङ्ग्रङ्ग्रङ भइरहञ्छ । ऊ भने आमा खोज्न बाहिर निस्कञ्छ । चकमन्नतामा हुरी बतासले प्लाइबोर्ड, फ्लेक्स बोर्डहरू उडाउन थाल्छ । त्यही बेला ऊ निथ्रुक्क हुञ्छ । आमा मेडिकलको बडेमानको फ्लेक्स बोर्ड उसकै अगाडि ठुलो गाडी पाङ्ग्राविना घस्रँदै आएसरी उसकै अगाडि बढ्न थाल्छ । आमा पाएकोमा ऊ गर्विलो हुञ्छ । थरथर कामेर पानीले निथ्ुक्क भएर कँग्रिएको उसको शरीरमा एकाएक रक्त सञ्चारित भएर तात्तिएर जोस्सिन थाल्छ । ऊ पुलकित हुञ्छ । साइनबोर्डमा भएको बडेमानको “आमा” अक्षर उसले ठुलो अङ्गालोले कस्छ । अघि पनि भेलवारिमा उसमा आँसु थियो अहिले पनि उसमा आँसु नै छ तर अघिको उसको रोदनको आँसुको पीडा थियो भने अहिलेको उसको खुसीयालीको आँसुको गर्विलो आनन्द हुञ्छ । फ्लेक्स उसको जीवित वास्तविक व्रह्माण्डीय आमा भयो । यस्तैमा ऊ कतिबेला निदायो उसलाई पत्तै हुँदैन ।

विद्रोहीको एक जत्था त्यही फ्लेक्स र फ्लेक्सले ढाकिएको उसलाई (जहाँ ऊ ओत लागेसरी फ्लेक्सको अँगालोमा हुञ्छ । विद्रोहीहरुले ऊ त्यहाँ हुञ्छ भन्ने पत्तै हुँदैन) त्यहाँ कुनै पनि अजनविको रसायन छैन भन्ने यकिन गरेर त्यहीँ चकमन्न सडकमा घेरा हालेर बस्छन् । कमाण्डिङ्ग सुरु हुञ्छ । कमाण्डर जोस्सिएर जङ्गिञ्छ “आज हाम्रो यो अन्तिम भेट हो र फेरि भेट मिसन पुरा भएपछि हुञ्छ । धर्तीमाताको रक्षा गर्न हामीले हाइ कमाण्डबाट एउटा मिसन ल्याएका छौँ । त्यसलाई “गर या मर”को डेगमा चाल तिमीहरू । सेक्सन ए ! पुरै अमेरिकी साम्राज्यवाद विरुद्ध खरोसँग उत्रनू । सेक्सन बी ! सबै भारतीय विस्तारवाद विरुद्ध पाइन देखाउनू । सेक्सन सी ! चाइनीज पुँजीवादी विरुद्ध डग्नू । सेक्सन डि ! युवराज विरुद्ध उत्रनू । सेक्सन ई ! वेलायती सामन्तवाद विरुद्ध दह्रोसँग उत्रनू । सेक्सन एफ ! पुरै मिलिसियाहरू छाडातन्त्र विरुद्ध उत्रनू । सेक्सनजी ! नेपाली तानाशाही विरुद्ध फतेह बनी उत्रनू । हामीसँग मिसनहरू थुप्रै छन् सेक्सन यूमा उत्तर कोरियाभन्दा विद्रोही बन्ने हामीसँग थुप्रै फेहरिस्तहरू छन् । त्यो हाइकमाण्डले निर्देशन गरेको छैन । त्यसैले अहिले म बताउँदिन । यो मिसनलाई मिसन स्भोलुना नाम दिएका छौँ । यो मिसन पुरा भइसकेपछि स्पुतनिक, भोस्तोक तथा लुनाखोद जसरी हामी एकजुट भई प्रक्षेपित हुनु छ । हामीले जत्तिसुकै महाविपत्तिमा पनि युगलाई विजय नै गरी छोड्नु छ । अब विचारको एकतामा हामी बाँधिसकेका छौँ । उज्यालो हुन लाग्यो अहिले हामी छुटौँ । छुट्दा पनि हामी झनै साथ नै हुञ्छौँ किनकि हाम्रो ध्येय एउटै हो । युग बदल्ने हाम्रो यो अरुको हेराइमा अन्तिम तयारी तर यो हाम्रो गन्तव्यको पहिलो खुड्किलो हो । कुञ्जको सुरुवात हो ।”

उनीहरुमा भयानक रस, विभत्स रस तथा वीर रस मिश्रित डर र जोश दुवै थियो । टिलपिलटिलपिल गर्ने उनीहरुका जर्सीका बीच उनीहरू सबै मिली एकै स्वर र लयमा गाउन थाल्छन् “ गर्विलो छातीलाई अँझ गर्विलो बनाउनु छ, पहाडले थिचोस्, आकाशले थिचोस् इमान डगमगिने छैन । सौर्यको उर्जा कहिल्यै डगमगिन दिन्नौँ ………….हे शहीद ! हे शहीद !…. ” गाउन सक्ने वित्तिक्कै सबै मिलिसियाहरू वन्दुक सट गर्दै छरिएर आ–आफ्ना स्थानमा हुइँकिञ्छन् ।

नीशा पुरै छाइरहेको हुञ्छ । पावेल कत्तिबेला कमाण्डरको आवाजले विउँझिसकेको हुञ्छ उसलाई पत्तै हुँदैन । ऊ सडकमा डङ्ग्रङ्ग पल्टिञ्छ । फ्लेक्सको आमाको म को प्वालको छेदबाट उसले आकाशमा दुरवीनले जसरी ताराहरू नियाल्न थाल्छ । आकाशमा आकाशका ताराहरू पुरै छाएको हुञ्छ, आकाश गङ्गा छ्याङ्गै देखिञ्छ, पुरै सजिसजाऊ भएर जन्ती आएसरी । उसलाई पृथ्वीका प्रत्येक जीवलाई जीवन दिन प्रत्येक ताराले टिलपिलटिलपिल गरेर खटिरहे जस्तो लाग्छ । सायद प्रत्येक जीव जब जन्मञ्छ व्रह्माण्डमा यस्तै तारा पनि आउँछ होला । ऊ आकाशको भूविज्ञान जान्न प्रचूर दिमागी क्षमता देखाउन थाल्छ ।

विहानी झिसमिसे सुरु हुञ्छ । चराचुरुङ्गिहरू चारा खोज्न वथानका वथान उज्यालोतिर पखेरु चलाउँदै जाञ्छन् । वादल खजमज कालाकाला चट्याङ्गले टुक्रिएसरी आफ्नो फणा फैलाउँदै जाञ्छ । एकााध ताराहरू टिलपिल टिलपिल भैरहञ्छन् । जून झुकेजस्तो तरङ्गित भइरहञ्छ । प्रभातको कुञ्जले चियाउन खोजेजस्तो हुञ्छ । वादलहरू राताम्मे हुन सुरु हुञ्छ । त्यहाँ राता वादल, सेता वादल तथा काला वादल पनि हुञ्छ । लाग्छ आँधीबेहरीसहित तीनै प्रहर आकाशले दर्शन गराउन खोजेजस्तो !

उसलाई कमाण्डरको आवाज घरि सपना जस्तो लाग्छ, घरि यथार्थ जस्तो लाग्छ वास्तबमा कमाण्डरको कमाण्डिङ्ग उसमा गहिरिएर पसिसकेको हुञ्छ । उनीहरू गइसकेका हुञ्छन् । ऊ जोस्सिएर भञ्छ “कमाण्डर ! म त झन् ए टू जेड सेक्सनको हुँ ।” उसलाई चराचुरुङ्गीहरू हाँसेर चिरविरचिरविर गरेजस्तो लाग्छ । शर्वशक्तिमानले प्रलयलाई भेटी कालकुट विषजस्तो अँध्यारो निलेर स्वर्गीय उज्यालो फैलाउन फणा फैलाएर हाँफेको जस्तो हुञ्छ । अँध्यारोले कोल्टे फेर्छ । सूर्यले हाँसेर आगमन गर्न लागेजस्तो हुञ्छ । जमिनको सतहबाट प्रकाशको सुरुवात भएर आकाशका पुरै वादलहरुलाई राताम्मे हुञ्छ । चराचुरुङ्गीहरू खुसीले एत्रतत्र उडी टिलपिलटिलपिल जस्तो चिरविरचिरविर गरी खुसीले झुम्मिन थाल्छन् । प्रभातको लालीमा किरणले कुञ्जिलो सृष्टिको सुरुवात भएजस्तो भान हुञ्छ ।

२०७६ असोज १०
बिजु सुवेदी विजय

3 thoughts on “एक रातको कथा”

  1. कथाकारकै आवाजका यो कथा सस्वर वाचन
    Listen please ! My story in my voice.
    http://bijusubedibijay.blogspot.com/2019/09/blog-post.html
    यदि तपाईंले यो कथा सुन्न चाहनुहुनछ भने तलको प्ले बटन क्लिक गरेर सुन्न सक्नुहुन्छ ।

    एक रातको कथा यसका सुन्न सक्नुहुन्छ ।

  2. यूट्यूब भिडियो लिंकको जानकारी
    आदरणीय दाजु प्रति आभार । हजुरको वाचन यूट्यूबमा रखिएको जानकारी गराउंदै । हेर्न र सुन्न तलको लिंक मा क्लिक गर्नुहोस् ।
    https://youtu.be/-kFj64af0GI

  3. ज्याझ्वः परिवारलाई धेरै-धेरै धन्यवाद
    https://www.youtube.com/watch?v=-kFj64af0GI&list=PLtAhXfnQS3GNm1xvpNuL6U8Mg69HWsytd&index=83&fbclid=IwAR1vxQ8M1oYL-TW1ashVbTR1RlX-gnwCc4z5pMFCafkaDV9hJPg5Ou_EhCg

    ज्याझ्वः परिवारलाई धेरै-धेरै धन्यवाद मेरो “एक रातको कथा” कथालाई भिडियोका रुपमा मझेरी मार्फत युट्यूबमा अपलोडका लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *