Skip to content


अचानक एउटा पाठो ब्युँझिएर
र केही सम्झिएर हेर्छ वरपर
यताउता सुनसान वातावरण
जहाँ उस्लाई रमाइलो लाग्दैन
र बिरक्त लाग्ने झै गरी
र झन डाको छोडेर रोइरहन्छ
कराएर एउटा डोकोभित्र
र हजार प्रयास लिएर
किल्लाहरू तोडेर जब ऊ बाहिर निस्कन खोज्छ
तर सक्दैन

फेरि
ऊ रोइरहन्छ ।

बारम्बार आफ्ना निर्दोष आँखाहरुमा उसले आज
आफ्नी आमालाई देखेको छ सायद
र बाघहरुले कुटिल चालहरू रचेर
उसकी बाख्री माउलाई
अपहरण गरेर गुफाभित्र बलत्कारको सिकार
गरेर मारेका छन्
मानोउ कि,
जस्का बाबू परदेशमा पैसा
कमाउन गएका छन्
र प्रबासको रित्तो क्षितिजमा सुस्ताइरहेको
सूर्यलाई दूरबिन लगार हेरे झै लाग्ने गरेर
पर्खिरहेको कुनै बच्चालाई
भुराचोर आएर उठाएर लान्छ
या ओढारमा बिसालु सर्प आएर उस्लाई खान्छ
अथवा कुनै चीलले चल्ला बचेरा चेपेर
अस्ति नै उडेका उस्का रहरका चङ्गा जस्तै गरेर
आकाशमा उढाएर लान्छ ।

र विधवाको सिउदोको रङ्ग जस्तै
पाखा पखेराबाट एउटा अजङ्ग फुल चुडिएर
गालाका लालीहरू झै
लाग्ने कलिला ओठका खुशीहरू सङै
र फेरि पनि उसै गरी हराएर
एउटी अभागी आमाको जीवनको उमङ्ग
उजाड उजाडिएर जान्छ ।
अबचेतन मनहरुमा
एस्तै एस्तै दृश्यहरू देखेर साहेद
ऊ रुन्छ र रोइरहन्छ
र जहाँ अब ऊ घायल मिथ्थाभाष
र भोकाएका अभिलाषाहरू ।

लिएर र फेरि सुटुक्क निदाउनै सक्दैन

सुगसुग आवाज लिएर
र फेरि रुन्छ ।

उस्कि आमा जस्ले उस्लाई सुताएर घरमा
र ऊ निदाएपछि ढोकाहरू लगाएर
बुढी बाख्री माउ झै गरी
उस्कि आमा जो जङ्गलमा
उसका असङ्य चाहनाहरू जस्तै गरी
चर्न गएकी छे,
र साझमा ऊ ब्युझिएपछि
आफ्ना स्थनहरुमा उस्को लागि
दुधहरू भरेर ल्याउने छे

तर ऊ अबोध छ जो जान्दैन
र ऊ निर्दोष छ जस्को चेतना मान्दैन
सुत्नु अघाबै देखेका साथीहरू झै
या
आफ्नि आमालाई नपाएर ?
या विशाल झ्यालखानाभित्र आफूलाई
एक्लै एक्लै पाएर ?
होला सायद
कराएर निर्जीव भाषाहरुमा
ऊ रोहिरहन्छ ।

जस्लाई भर्खरै उस्ले सपनामा देखेर आएको छ
र ब्युझिएर बिपना रोइरहन्छ
एउटा सानो पाठो
जो आफ्नी आमाको गर्भमा
सुतेर
भर्खरै भर्खरै पृथ्वीमा पहिलो पटक
पाइला टेकेको एउटा सानो
नवजात शिशु जस्तै छ ।

सुजन बुढाथोकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *