Skip to content


पिडा मनमा बेरियो, अनि गजल केरियो ।
आफ्नो रहर शेरियो , अनि गजल केरियो ।

दोबाटोमा भेट हुने , अन्जान मायालुको
हिड्ने बाटो फेरियो , अनि गजल केरियो ।

आफ्नाहरु भाग्दैथिए ,जलाई मेरो घर ।
चुप तमाशा हेरियो , अनि गजल केरियो ।

आउँछन सुखहरू,भन्थे बाटो खोलिदे ।
काँडे तारले घेरियो ,अनि गजल केरियो ।

झुकाउनु पर्छ शिर ,अघि बढ्ने रहरमा
कहाँ कस्लाई टेरियो , अनि गजल केरियो ।

6 thoughts on “गजल”

  1. वाह दिनेशजी साह्रै सुन्दर
    वाह दिनेशजी साह्रै सुन्दर !
    अझ विशेष गरी यो अन्तिम सेरको स्वाभिमानलाइ त मेरो सलाम छ ।

    झुकाउनु पर्छ शिर ,अघि बढ्ने रहरमा
    कहाँ कस्लाई टेरियो , अनि गजल केरियो।

  2. pidaka rachana utkrista nai
    pidaka rachana utkrista nai hudo rahechha haina ta? ani santusti pani milchha pakkai pani

  3. दिनेश जी, फेरी अर्को उत्कृष्ट
    दिनेश जी, फेरी अर्को उत्कृष्ट गजल पढ्ने अबसर मिल्यो ।
    आफ्नाहरु भाग्दैथिए ,जलाई मेरो घर ।
    चुप तमाशा हेरियो , अनि गजल केरियो ।

    प्रकाश

  4. तपाइँका सृजना निरन्तर बगुन्
    तपाइँका सृजना निरन्तर बगुन् यसरीनै । खहरेको बाडी नहोस् है – पीडाको बर्षामा मात्रै साँघुरीएर।

  5. साथिहरु नमस्कार , सल्लाह
    साथिहरु नमस्कार , सल्लाह सुझावको लागि धेरै धन्यवाद ।सुनिल जी, आलोक जी , त्यति सार्हो पीडामा पनि छैन म । तर गजलमा चाहि केहि पीडा देखिएकै हुन् यो कुरा म स्विकार्छु ।लेख्ने कुरामा चाहिँ समयले साथ दिए लगातार लेखिन्छ भन्नाले अहिले म अलि फुर्सदमा छु हाहाहाहा ।

  6. दिनेशको दिलबाट केरिएको
    दिनेशको दिलबाट केरिएको गजल
    शब्द बिच पिडैपिडा बेरिएको गजल
    म धेरै पछी परेछु…..!तपाईंको र यहाँ साथीहरुले लेखेको गजल पढेँ पछी त्यो मलाई अनुभव भयो… यो गजलको झरी परिरहोस्-अनुभव

Leave a Reply

Your email address will not be published. Required fields are marked *