Skip to content

रात, साँझ, दिन र बिहान दुख्यो


रात, साँझ, दिन र बिहान दुख्यो
उसको उपेक्षाले स्वाभिमान दुख्यो ।

नखेल्नु सम्वेदनशील दिलमा हजुर
अतित भक्कानियो, वर्तमान दुख्यो ।

गुनासो कसैसँग पनि कुनै छैन मेरो
तैपनि आज दिलको उडान दुख्यो ।

यात्रा मञ्जुर छ, गन्तव्यहीन नै सही
तर लामो यात्राको सुनसान दुख्यो ।

मेरो खुसीको स्वर्ग थियो हिजोसम्म
आज तिमीले दिएको बरदान दुख्यो ।

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
असोज 8 गते, 2076 साल

Leave a Reply

Your email address will not be published. Required fields are marked *