खै सुर न ताल तिमीविना जञ्जाल सञ्जाल भो
लाहा खुस्केको खुकुरीझैँ निम्जो मन बेहाल भो
चम्केको सूर्य फुस्रो, रात्रिको चाँदनी फुङ्ग झुर
तिम्रो अभाव क्रोध या प्यार बेचैन बेताल भो
बगानमा पुष्प सौन्दर्य नै दिक्क बेछन्द लाग्ने
सारथी कृष्ण विना अर्जुनझैँ निम्जो यो चाल भो
छरपष्ट जीवन तिमी विना वट वृक्ष कालो
वियोगी रोदन बेसुर यो बग्यो आँसु छाल भो
सभा खल्लो ग्रस्त शोकले निरीह नोकर सरी
के रहस्य गुप्त हो जान्दिन, यो जुनी सम्हाल भो ।
– रमेश भट्टराई सहृदयी