मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
म आउने बाटोमा निलकाँडा रोपिदिनु
editor — Tue, 10/08/2019 - 09:23
हो,
यसपालीको दशैंमा पनि
यो निधार रित्तो हुने भो
बुढी आमा जमरा उमार्दै
सन्तानको आगमनको आशमा
बाटो हेर्दै होलिन्,
बुढा बा, मक्किन लागेको टोपी
टक्टक्याउँदै, बार्दलीबाट
चियाउँदा हुन्,
यता म भने उही बुढा बा-आमाको
बुढेसकालको झिनो सपना पुरा गर्न
हरेक सेकेण्ड, मिनेटलाई घण्टामा
परिभाषित गर्न बिवश छु ।
म सम्झन्छु ती दिनहरू
बा साहुको खेतको हलो जोत्न जाँदा
आमा साहुनीको फरिया धुन जाँदा
म टुलु टुलु हेर्ने गर्दथें,
र हिण्ड्ने बेलामा बा-आमा भन्ने गर्नु हुन्थ्यो
कैले छोरो ठुलो होला र
पालो पाइएला ?
हो बा, आमा म हजुरहरुलाई पालो दिन
प्रवास पसेको छु,
भोको पेटमा पेटारो कसेर
पैसाको कमारो बनी बसेको छु
कहाँ सजिलो हुन्छ र हजुर
अभावको सामना गर्न
अनि सन्तानको साथ
एकैसाथ पाउन ?
त्यसैले बा-आमा त्यो झिनो आशालाई
यथार्थमा बदलेर
मन दह्रो बनाउनु होस्
र म आउने बाटोमा
निलकाँढा बिछ्याई दिनुहोस्
मलाई तँपाईहरुको केवल दशैङ्को
क्षणिक आशिष मात्र होइन
दीर्घकालीन आशीर्वाद चाहिन्छ
जो म पुरा गर्न बिदेशिएको छु
हजुरहरुको बुढो शरीरमा
बिझाउने ओछ्यान होइन
मुलायम डस्ना ओछ्याई दिन
अनि ती मासुले छोडिसकेका
खपटे टाउकाहरुमा मल्मलको
सिरानी लगाई दिन ।
सपना कहाँ बा-आमाका मात्र हुन्छन् र ?
सपना त सन्तानको पनि त हुन्छ
त्यसैले मपनि आफ्नो सपना पुरा गर्न
पसिना बेच्दैछु,
यो भाग्यमा बा-आमाको आशीर्वाद पाउने
मिठो सपना देख्दैछु
अनि त म भन्दैछु
यस्पालीको दशैंमा मलाई नपर्खिनु
बरु मनलाई कठोर बनाएर
म आउने गोरेटोमा निलकाँढा रोपिदिनु
र सक्नुहुन्छ भने अक्षेता र आशीर्वाद
सपनीमा पोको पारी पठाई दिनु ।
- 362 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 18 hours ago - आभार
4 days 13 hours ago - बहुत खुब कहिल्छि ।
1 week 12 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- कुकुर
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- म मातिएको बेला
- म गरिब तिमी धनी त्यसैले त फरक छौ
- कुखुरी फुलमा नै, मालती फूल
- तिम्लाई पाउन कयौ दुःख गर्ने पर्ने रैछ
- सबभन्दा सजिलो काम
- मेरो मिल्ने साथी छ
- तीन मुक्तक (जीवन)
- यन्त्र-मानव
- नयाँ वर्ष
- टाढा धेरै टाढा उडेका रंगीन चरा
- करोड मुटुहरूको एउटै
- तालु खुइल्यो बुढेसकालले....
- एक्लो भएछ मान्छे
- चुडिएको प्रेमको माला
- मित्रता
- यै मेरो माटोले जिते पो जीत हुन्छ मेरो
- मेरो love story......
- गजल "मेरो गाउँ"
- बुद्ध-जयन्तीको सन्दर्भमा बुद्धको बचन "जीवनको चार आर्यसत्य"
- मेरो देश नेपाल
- गजल ( बिर्सिएको छैन आमा )
- नववर्ष
- जन जब ढल्छ लासमा
- बचत
- आऊ तिमी मेरो मुटु दुखेको हेर्ने भए
- भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्यो
- शहीदहरुको सम्झनामा
- स्वागत
- ठुला-ठुला महल होइन
- नेपाली देशभक्त युवा
Post new comment