Skip to content

भुल्न खोज्दा मिलनका साथहरू


भुल्न खोज्दा मिलनका साथहरू अचेल
सम्झिएर रुँदै बित्छन रातहरू अचेल

रित्तिएका म झै उजाड देख्छु बनपाखा
शिसिरमा रुखसँगै पातहरू अचेल

निकालेर मुटु दिँदा पाइदैन् त्यो राज
चिन्नै गाह्रो ती मान्छेका जातहरू अचेल

यौवनमा नैरास्यता छाएपछि हेर
नदङ्किदै निभ्न थाले मातहरू अचेल

सोध्न पाए दैवसँग मनभित्रका प्रश्न
जिज्ञासुलाई हुन्छ किन घातहरू अचेल

कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट नवलपरासी
हाल -काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *