Skip to content

जब जब मेरो देशमा बडादशैं आइरहन्छ


जब जब मेरो देशमा बडादशैं आइरहन्छ
तब मेरो घर मलाई परदेशबाट बोलाइरहन्छ

आज म कोइली झै एकल गीत गाइरहेछु
सिङ्गो सहर नै गुञ्जिने गरी खेत गीत गाइरहन्छ
जब जब मेरो देशमा बडादशैं आइरहन्छ

मामाघर जाने, बुबुमाम चिची पापा खाने
यस्तै केही भन्दै त्यो बालक रमाइरह्न्छ
जब जब मेरो देशमा बडादशैं आइरहन्छ

ती बुडा हजुरबाले बिएमा पाएको पुरानो उपहार
त्यो रेडियो बारम्बार मालाश्री धुन बजाइरहन्छ
जब जब मेरो देशमा बडादशैं आइरहन्छन

दिनहुँ मासु खाइरहन्छन ती जङ्गली जनावरहरू
त्यही भएर त यहाँ मेरो बुद्ध पनि रिसाइरहन्छ
जब जब मेरो देशमा बडादशैं आइरहन्छ

आज यसरी गिद्द र बाघहरू बडादशैं मनाइरहेछन्
भोकाएका कुकुर त केबल झिङ्गाहरू खेदाइरह्न्छ
जब जब मेरो देशमा बडादशैं आइरहन्छन

दुइचार भुसिया चोर स्यालहरू लिएर यार तिहार
भनभन भाइ हो भन्दै सिह बेतुक भट्याइरहन्छ
जब जब मेरो देशमा बडादशैं आइरहन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *