Skip to content

खैनीका खोस्टाहरु


हरेक साँझ मेरा बा,
खैनी सकियो मेरो खैनी सकियो खैनी
भन्दै चोकका पसलहरुमा निस्किन्छन
अनि फर्किएर मध्यरातमा कुनै चराको चरो जस्तै
मुखभरि गोलाडोला डल्लाहरू चेपेर
कुनै कलिलो शिशुझैं
अनि
भुसुक्कै निदाउछन!

अनि रातभरि धर्मपत्नीको कुनै तस्वीर झै
खैनीका खोलहरुलाई कुनै देविको मूर्तिहरुलाई झै
अनि मन्दिर जस्तै गरेर शिरानमुन्तिर सजाएर
सायद मेरा बा,
सपनाहरू पनि यहाँ कि कुनै सुर्तिकै देख्छन
अनि
आफ्नै शिरनीर सजाएर
सायद मेरा बा यहाँ,
त्यो निधारको तक्दिर पनि कुनै खैनीकै लेख्छन ।

अनि ब्युझिएर बिहानीमा हरेक दिन,
हराएका आकाशका ती ताराहरुलाई झै
या बिलाएका चन्द्रमाका सच्चा पतिभक्त झै
मेरो खैनी खै!खै भन्छन
मानौ कि खैनी
मेरा बा को जन्मसिद्ध मोउलिक अधिकार हो खैनी
त्यसैले त
ती सानासाना नानी अनि भाइबैनीहरुले
कुनै उज्याला भविष्य देखेर
कुनै स्कुल खोजे झै,
या भमराजहरुले उथ्धानका र-रसिला फलफुलहरू झुम्न र
चुम्न या
खोज्दै घुम्न हिडे झै
मेरा बा
मेरो बलवान खैनी खै भन्दै खोजिरहन्छन।
अनि किसानहरुले जस्तै गरेर बाढीले बगाएर
खाएका
आफ्ना ती उजाड वा पत्थरका बाझा मैदानहरुमा
पसिनाको मोल या धानका बालाहरू
खोजे झै
हो यस्तै यस्तै गरी
यसरी
अनि अन्तिममा मेरा बा
मेरो किसानको नाम, निसान
भको खैनीको खोल खै भन्दै निरन्तर
खोजिरहन्छन घरभर !

त्यो खैनी मानौ कि मेरा वा को
कुनै दायित्व वा धर्म पनि हो,
तै भएर कुनै स्वयम सेवक सैनिक झै
सुरछ्यार्थ खटिरहन्छन मेरा वा
कुनै बर्दिबिनाको सिपाही झै
दिनभर कि
घर, खेत, सहर, अनि देशहरुमा
बारम्बार कुनै बेरोजगारको जागिर झै
खोजिरहन्छन
कि मलाई लाग्छ
शिरानमुन्तिर सजाएर मेरा बा
सायद सपना पनि यहाँ कुनै खैनीकै देख्छन।

मानौ
अहिले दिनको ठिक छ बजेको छ,
अब सुन्नुस मेरा बा को आफ्नै मुखबाट समाचार

“ए यहाँ खाटमुनी पो खसेको रहेछ मेरो खैनी !
म त भण्डार कोठामा पो छ कि भन्थे मेरो खैनी
बल्लतल्ल भेटियो, तर खैनी चाहिं खै?खोल मात्र छ त
चुना मात्र छ त?
ए केटाकेटीहरू हो कस्ले खायो मेरो खैनी?
हिजो भर्खर मात्र किनेको खैनी कसरी यति चाडो सकिन्छ?
कि मुसालेले खायो?
प्वाल पनि छ,
यदि हो भने यो भण्डारको दुलोभित्र हुनु पर्ने हैन र?”
मेरा बा भन्छन अनि
बलवान खैनीका खोलबाट
अनि चुहिएर चाहना झै पोखिएका
धुलाका कमजोर कण
र सुर्तीका टुक्राहरुलाई बटुलेर
मेरा वा त्यसलाई किसानले झै
धानको सिला भण्ठान्छन
अनि च्यातिएर बोक्रिएका भकारी र बोराहरुमा
झै गरी खैनीका एकएक प्रतेक टुक्रा
र थोपाहरुलाई बटुलेर
खोक्रिएका खोस्टाहरुमा राखछन
मानौ कि अनि जस्लाई
मन्दिरका कुनै
भगवानका ती प्रसाद मान्छन
हिजो आज त मलाई यहाँ यस्तो लाग्छ कि हिजो आज
सायद मेरा बुवा!
भान्सामा भात पनि यहाँ ती खैनीकै खान्छन !!!

अनि कुनै बिधुवा झै पुछिएका नाङ्गा अनि
रङ्गगहिन मधुर
वा
उदास सिउदोहरुमा लालीगुराँस र गुलाफका फुलहरू
बेतुक
वा
ब्यर्थै
शिरनिर सिन्दुर सजाए झै गरी सजाएर
सायद
मेरा बा
सपनाहरू पनि यहाँ ती खैनीका खोस्टाहरू जस्तै देख्छन ।

मानौ कि कुनै गाउले बालक
मोजाका फुस्रा फुटपाथे फुलबलहरू बोकेर
दिनभरि चोउरीहरुमा दोउदिन्छ
अनि अन्तिममा गोल गर्न नसकेर
साझमा झुपडीमा फर्किएर रुन्छ
अनि आमासँग दुखी हुन्छ
र भन्छ
“आमा अब म भोलिदेखि
बेलुन जस्तै हावाहरुले भरिएका ठुला ठुला भकुण्डाहरू
खेल्छु मलाई किनिदिनू न,”
अनि किनेको नयाँ भकुण्डो खेल्छ उफार्छ
बजार्छ अनि रमाएर हाँस्छ अनि गोल गर्न
सफल
नभै त्यो नयाँ फुटबल फुट्छ अनि
ऊ उसै गरी फेरि पनि
धुरु….धुरु रुन्छ
र फेरि,
दिनहुँ रबरका रित्तारित्ता ब्लटरहरू बोकेर
अनि दिनभर खेल्ने रहरै रहरहरू बोकेर
वा,
सडक नदिकिनारका
फगत फाल्तु
फोहोर, प्लास्टिक र कागजहरुका टुक्राहरू बटुल्छ
अनि च्यातिएका गोलहरू समाएर
दिनभरि डुल्छ
मानौ कि अनि कुनै
सार्किकोमा सिलाउन दोउडिरहेका
कुनै नालायक बालक
झै
पीडादायक
मेरा वा पनि यस्तै यस्तै कि
रित्तारित्ता खैनीकाका खाली खोल र खोस्टाहरू बोटुलेर
दिनभरि थुक निल्दै भोकाएका
यी चोकहरुमा घुमिरहन्छन
हिजो आज त मलाई यहा यस्तो लाग्छ कि
मेरा बा अब त
मंसिरमा मात्र अलिकति
भात खान्छन।

हो,
मेरा वा!
कुनै गरिब बालक हुन
त्यसैले त अब
आउने
दसैमा मात्र खसीको झोल
धित मरुञ्जेल प्युँछन
अनि
खैनीकै रस झै सम्झिएर घुटुक्क निल्छन मेरा बा,
र प्याकेटमा खैनीका खोस्टाहरू बोकेर
आज मलाई अब भन्नुस कि
के तपाईं यहाँ आफ्नो प्याकेटमा
पैसाका ती नोटहरू पनि के प्लास्टिककै छाप्नुहुन्छ?

मानौ कि
मेरा बा यहाँ रक्सी नि प्युनुहुन्छ
तर रक्सीभन्दा पनि बडि जिन्दगी ज्युनुहुन्छ
मानौ कि
मेरो वा! चुरोट पनि प्युनुहुन्छ
तर चुरोटभन्दा पनि बेसि चोट प्युनुहुन्छ
मेरा वा वारम्बार खैनी पनि खानुहुन्छ
तर खैनीभन्दा पनि अर्को हजार गुना बढी चर्को चुना चेप्नुहुन्छ
ए !चीत्कार नपत्याए मेरा बाका ती ओठहरुमा हेर!
या अनुहारभर छाम!
अँझै पनि त्यहाँ अनन्त खोटहरू छन्
कि अँझै पनि त्या ठुलाठुला
डल्लाका अनेक डोबहरू छन्
पलपल
ती खैनीहरुले छाडेर गएका डामहरू हैनन
केबल एउटा चुनाले दिएको अमिट छापहरू हुन ।

बलवानहरू पनि यहाँ कति कमजोर हुदा रछन है
मेरा बाले कैले पनि अघाउञ्जेल खैनी खान पाउनु भएन
कैले पनि अघाउञ्जेल प्युन पाउनु भएन सुर्ती चुस्न पाउनु भएन
तै भएर त स्फुर्त अरुजस्तै जिन्दगीमा फुर्ती हुन पाउनु भएन
तर मेरा बालाई जिन्दगीमा बिगत औधी मनपर्छ
मेरा बालाई जीवनमा सम्झना नि उत्ना बिधि मनपर्छ
मेरा बालाई यादहरू झन ओउधी मिठास लाग्छ
मेरा बालाई खैनीका खोलहरू पनि ओउध्ही मनपर्छ

नपत्याए मेरा बाका ती खल्तीहरुमा हेर!
कि अँझै पनि त्यहाँ खैनीका खोस्टाहरू छन्
ती खैनीहरुले छाडेर गएका यादहरू हुन !:::

नपत्याए मेरा यी मनहरुमा हेर
यो जीवनमा हेर!
कि अँझै पनि त्यहाँ तिम्रै फोटाहरू छन्
कि ती तिमीले मलाई छाडिदिएका
सस्तासस्ता खैनीका खोस्टाहरू जस्तै हुन!!::

@सुजन बुढाथोकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *