Skip to content

इनास अवार्ड-२०७६ सम्पन्न सुरेन्द्र महर्जन इनास सम्मानबाट सम्मानित


नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कवि, गीतकार एवं साहित्यकार श्रीसुरेन्द्र महर्जन अमरलाई युवा साहित्य सम्मानद्वारा सम्मानित गरेको छ ।

नेपाली गीत, सङ्गीत, साहित्य र चित्रकारिताका सदाबहार गायिका मिरा राणा तथा इनासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदमा आसिन व्यक्तिहरूबाट सामूहिक रूपमा साहित्यकार सुरेन्द्र महर्जन ”अमर” ज्यू,लाई इनास अवार्ड कार्यक्रममा सम्मानित गरिएको हो ।

उक्त कार्यक्रम राजधानीको प्रज्ञा प्रतिस्थानमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार श्रीनीर शाहज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने अग्रज सङ्गीतकार श्रीरणजित गजमेर ज्यू,लाई उक्त इनास अवार्ड-२०७६ कार्यक्रममा लाइफ टाइम अचिभमेण्ट अवार्ड-२०७६बाट सम्मानित गरिएको थियो ।

रोमाण्टिक नायक यसराज गराच, ग्लामरस नायिका प्रियङ्का कार्की को समूहको नृत्य तथा यम बराल, नलिना चित्रकार आदिको साङ्गीतिक प्रस्तुतिले सो कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो ।

७० देशहरूमा आफ्नो शाखा रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले यो अवार्ड कार्यक्रम तथा सम्मान कार्यक्रम आउने दिनहरूमा अँझै सफलताका साथ सम्पन्न गर्दै जाने संस्थापक अध्यक्ष पुष्प बरुवालले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *