Skip to content

सयपत्री सम्मान र आर्थिक पाटो

  • by


सम्मान शब्दले आदर, सत्कार गर्नु भन्ने अर्थ राख्दछ । नेपाली शब्दकोश अनुसार सम्मान भन्नाले विशेष मान, ठुलो आदार वा सत्कार, इज्जत, प्रतिष्ठा भन्ने बुझिन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गाउँ, समाज र राष्ट्रका लागि केही गरौं भन्ने सामाजिक भावनाले ओतप्रोत भई निःस्वार्थ रुपमा सामाजिक सेवामा लाग्ने व्यक्ति नै समाजका सम्मानित व्यक्तित्वहरू हुन । यस्ता व्यक्तिहरुलाई समाजले कुनै न कुनै रुपमा सम्मान गरिरहन्छ ।

जब उज्यालो र फूलहरुको पर्वका रुपमा चिनिने तिहारको आगमन हुन्छ, तब काभ्रेली भूमि सयपत्री राष्ट्रिय सम्मानका आवजहरू भुनभुनाउन थाल्दछन । नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर नेपाली भाषा, साहित्य र वाङ्मयका क्षेत्रमा योगदान पुर्याउने दुई जोडी साहित्यकारहरुलाई सयपत्री प्रतिष्ठान नेपालले पृथक ढङ्गबाट सम्मान गर्ने गर्दछ ।

नेपाली साहित्यका क्षेत्रमा कलम चलाएका तर ओझेलमा परेका वा राष्ट्र पुजेका र पाठकले बुझेका साहित्यकारहरुको खोजी गरी दम्पति सहित सयपत्री सम्मान गर्दै प्रतिष्ठानले दुई दशकभन्दा लामो यात्रा पार गरिसकेको छ । हरेक गतिविधिहरू सङ्गसँगै आर्थिक पाटो पनि जोडिएर आँउछ । संस्थालाई जीवन्त राख्नका लागि त्यस संस्थाको आर्थिक समृद्धि हुन जरुरी छ । सयपत्री राष्ट्रिय सम्मानलाई दिगो र मजबुद बनाउनका लागि सम्मान कोषको बृद्धि गर्न अत्यावश्यक रहेको छ ।

सयपत्री राष्ट्रिय सम्मानले काभ्रेको पहिचानलाई उच्च बनाएको छ । नेपाली भाषा साहित्यकको बङ्गैचामा ‘सयपत्री’ले सुगन्ध फैलाएको छ । एउटा बङ्गैचामा रहेको जसरी मलजल र गोडमेलको आवश्यकता पर्दछ, त्यसैगरी सामाजिक संस्थालाई गतिशील बनाउनका आर्थिक रुपमा समेत सक्षम हुन जरुरी छ । सयपत्री राष्ट्रिय सम्मानलाई आगमी वर्षहरुमा पनि यस कार्यक्रमलाई निरन्तरका लागि हामी सबैले आफूले सकेको सहयोग गरी सयपत्रीसँग हातेमालो गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *