Skip to content

आज अपराधीहरुले


आज अपराधीहरुले यो देश यसरी लुटेको छ
गाउँ घर फर्किएर नआऊ यार मेरो मन टुटेको छ

कहाँ थिए कहाँ पुगे स्वयम छिमेकीलाई नै हेरौ (२)
हर्दम हाम्रो फुटेकै छ परिवार उस्को जुटेको छ

यार मेरो सानो छोरोले तरबार बोक्छु बुवा भन्यो (२)
र भन्यो कि मलाई मेरै साथी र टिचरले कुटेको छ

जस्ले दिनभर सभ्यताको तेज भाषण ठोकिरह्यो (२)
हर्दम हेर्छु हरेकरात अन्धकार बाटो उसैले मुतेको छ

सरकार आज गरिबहरू किन सडकबाटै लखेटियो? (२)
बारम्बार ढोका ढक्ढक्याइरह्यो अदालत सुतेको छ

हेलो म अस्पतालको अप्रेसन गर्ने डाक्टर बोलेको हुँ (२)
बिरामी लिएर आउनुहोस पेटमा कैँची छुटेको छ

तिम्रो एकचोक्टो मासुलाई इङ्कार गरेर कुकुर भुकिरह्यो (२)
चौकिदार हो ऊ यार उस्लाई चोरदेखि रिस उठेको छ

तिमी जुन कानून जिसस पर्मेस्वर भनेर पुज्छौ (२)
कारागारमा हेर निर्धाहरुलाई पापी झै चुटेको छ

पक्कै पनि अब सूर्य उदाउनैपर्छ यो अधेरो देशमा (२)
बिधुवा भन्छे राणाहरुले मेरो लोग्नेलाई भुटेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *