Skip to content

मेरो राजकुमार


आज म आज कमसल कमल छु
कपासको भुवा
वा सिसा या यस्तैकै छु,
नछोऊ ए हावाहरू
छोयो कि म भासिन्छु
नछोऊ ए पवनहरू
छोयो कि आज म फेरि पनि चर्कन्छु
म आज गति हराएको बतास जस्तै भएको छु
या यस्तै केही छु !
नहेर ए ! यादहरू
नदेख ए लालीगुराँस र गुलाफका निर्जीव फूलहरू
नरङ्ग्याऊ मेरा यी गालामा ए मुस्कानहरू
नलगाऊ मेरा यी ओठहरुमा लालीका रङ्गहरू
नलगाऊ मेरा यी आँखाहरुमा गाजलहरू ओ
ननिदाऊ अब ए मेरा नयनहरू हो
नबोलाऊ मलाई ए टाढाका जुनहरू ।

कुनै सवारयात्री झै गरेर बाटोको कुनै
एउटा दृश्यलाई देखे जस्तै
या मानौ कि यो सारा वातावरण
अनि प्रकृतिका आँखाहरुले
यो नाङ्गो आकाशलाई हेरेर
लज्जित तुल्याएर
अनि निर्बेग बनाए झै गरी
यस्तै यस्तै गरी उसले आज मलाई हेर्यो
अनि स्वयम आफू बादलहरू बिलाए झै गरी
ऊ बिलायो ।

उसले जब-जब मलाई मोउन हेर्थ्यो
अनि आफ्ना दुई आँखाहरू चिम्लिएर हेर्थ्यो
अनि मलाई थाह छैन कि, आज उस्ले मलाई हेर्दा
मेरो अनुहारबाट
कुनै अगरबत्ती धुपका अनुराग जस्तै गरेर
किन अमृत मुस्कानहरू अपरम्पार निस्किरहे?
अफसोच ऊ हावा बनेर
वायुमण्डलमा बिलायो
म धुवा भएर उस्लाई मेघालयमा पछ्याइरहे
नछाम ए ज्वालामुखीका झिल्का कणहरू हो
अनि अग्निका इन्धनहरू हो
आज म कपासको रुवा
वा तरल छु
चल्यो कि म ढल्छु
राख्यो कि म सरल जम्छु
छोयो कि म जल्छु
सल्कायो कि म बल्छु
वा बाल्यो कि म सरल सकिन्छु !!

आज मलाई उस्ले हेर्यो चुपचाप
बेबार्तालाप-
एक प्रेमिल नजर र परिचित अधरले हेर्यो
तर उस्लाई मैले भने बर्षौं बर्ष हेरिसकेकी थिएँ
अनि
देखिसकेकी थिएँ
कि मेरो सपनामा
मेरो पूर्वजन्ममा
या मानौ कि मैले लेखिसकेकी थिएँ
कि जीवन्त
कि कुनै पृय स्वर्णिम सप्नभासहरुमा….
हो आज उस्ले उस्ले मलाई यसरी हेर्यो कि
सायद उस्ले मलाई सोच्यो कि
जसरी कि
म स्वय म स्वर्गकी आप्सरा हु…
मैले पनि सोचे कि ऊ मेरो राजकुमार हो
अफसोच सफेद आकाशमा
ऊ रङ्गिन चङ्गाहरुमा बसेर
एकल परेवा झै
उन्मुक्त…
ऊ आज एक्लै-एक्लै यसरी शान्त वायुलहर उड्यो कि
जुन मेरो वर्षौंवर्षदेखिको पुरानो रहर थियो।

प्रकाश हराएका कुनै ताराहरू
या दृष्टि हराएका नानीहरू जस्तै गरेर
केवल हेर्यो…एकनास
टक्क एक नजर….
निस्सार….
मेरा यी आँखाहरुमा अढियो
निरन्तर…..
मैले बुझनै सकिन कि किन किन?
बारम्बार उस्का नानी र चेहेराहरू त्यति तड्पिरहेका थिए
र आत्मा अनन्त भड्किरहेका थिए?
मेरा यी ओठ
मेरा यी आँखा
र मेरा यी गालाहरुबाट
अञ्जान हाँसोहरू भने निस्किनैरह्ये
अफसोच मेरो मुस्कान पनि पवनको एक झोका रहेछ
जो एकैछिनमा आसमानाकास उढेर गयो ।।

यसर्थ आज म अलि कमसल छु
कपास वा सिसा यस्तै केही छु ;
मान्छेको अपरेसन गर्ने मेरा यी हातहरुमा
नदेऊ मलाई ती कलमहरु….
शब्दहरू झै एकदम म सुकोमल छु
त्यसैले,
लेख्यो कि
हर्दम म भत्कन्छु ।।

सायद उसले पनि मलाई कहीं देखेको थियो
राजधानीको कुनै अस्पतालमा
या हुनसक्छ कि
कुनै खोलानाला, नदिकिनार
या समुद्र
वा फूलबारी
तारामण्डल
वा रारातालमा?
थिए होला म सरिता
पानीहरुले भरिएको
थिए होला म सागर बहाब जलहरुले भिझेको
जहाँ बारम्बार उस्ले मलाई धारमा बसेर हेर्यो
एउटा अपारदर्सी अँझङ्ग अग्लो काचको पर्दा जस्तो….
धार…..
जहाँ स्वय म उत्कट ज्वारभाटाहरू निरनतर उठिरहन्थ्यो
जब ऊ किनारमा आएर मलाई हातका हत्केला र
ओउलाहरुले छुनेबारे सोच्थ्यो
वा
म धारमा गएर प्रकट भएर उसँग बोल्ने बारे सोच्थे
अफसोच म पानीको एक फोका थिए
म अनन्त फुटिरहन्थे
प्रचण्ड तापले राप्पिएर
म माथिमाथि उठिरहन्थे
उले मलाई तेसै गरी त्यि ठाम हेरिरह्यो
अनि देख्न खोजिरह्यो
म भने बाफ भएर
भाव शून्य-शुन्य अनि एकैछिनमा ब्रहमाण्डमै बिलाए
उस्लले फर्किएर कैले पनि आकाश हेरेन ।

हैरान भएर एकदिन मैले
क्यानभाषमा उस्को तस्वीर त उतारे
कागजहरुमा उस्को कविता पनि कोरे
तर उस्ले
पैलाको झै गरेर मलाई मायाले कैले पनि हेरेन
अचानक मेरो कविताको आवाज
र चित्रको साद्रुस्य प्रकाश चुराएर
त्यहाबाट एउटा
कोइलीचरी भुर्‍र्‍रर्‍र उडेर गयो
अनि घाम जस्तै गरेर कतै पहेलो क्षितिजमा हरायो
म भने उस्लाई अन्धकारहरुमा खोजिरहे
अनि कुनै जुन जस्तै सम्झिएर आज
अनि अँझै जुनकिरी झै त्यही गोधूलि साझहरुमा पर्खिरहेछु ।

मलाई थहा छैन कि
अब हाम्रो भेट होला
या नहोला?
अनि अर्को पटक भेट्दा उस्ले मलाई चिन्न्छ?
या चिन्दैन?
या नचिने झै गरेर
बारम्बार कुहु कुहु भनिरहन्छ?
तर मलाई विश्वास छ कि
मैले उसलाई चिन्छु
र उस्ले पनि मलाई चिन्छ
किनकि म धर्ती हु
जब कि ऊ मेरो विशाल आकाश हो !
त्यो आकाश जस्लाई मैले
बर्सोउ बर्स….
मानौ कि म जन्मनुभन्दा अगाबै
मेरो पूर्वजन्ममा
वा
कुनै नबजात शिशुलाई जस्तै गरेर
बर्सोउ बर्स आँखाभरिका नानीहरुमा
अनि यो मेरो जीवनमा
अनि यी सारा मनहरुमा बाँस दिएर
एउटा मिठास सपना जस्तै सम्झिएर सजाइसकेकी छु
किनकि ऊ मेरो अमर अनि एउटा बिसाल आकाश हो !
एउटा विशाल आकाश……!
मेरो राजकुमार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *