Skip to content

लिपुलेक कालापानी जिन्दावाद


नेपाल आमा जिन्दावाद
नेपाल आमा जिन्दावाद
लिपुलेक कालापानी जिन्दावाद।
हराए ओलीजी प्रचण्ड हराए
कालापानी लिपुलेकमा खुट्टा कमाए
मोदीले नेपाल भूमि क्वाप्प टोक्दा
नेपाल र नेपालीलाई लाजमर्दो बनाए ।

सार्दै थियो जङ्गे पिलर सबै चुपचाप बसे
हेर्दाहर्दै आज कालापानी लिपुलेकमा डसे
गिद्धहरुले भूमिमा नङ्ग्रा गाढिरहँदा
तिम्रा राष्ट्रवादका नाराहरू खै कहाँ फसे ।

तिमी आफ्नै आमाको सतित्व जोगाउन सक्दैनौ भने
पीडामा छट्पटाएकी आमाको आँशु पुछ्ने तागत छैन भने
तिम्लाई भोट दिने हातहरू लज्जित भएका छन् आज
तिम्रै अगाडि निरीह नेपालीले आँशु बगाएका छन् आज ।

तिमीलाई अलिकति नेपालीको माया लाग्छ भने
तिम्रो मानसपटलमा थोरै राष्ट्रियता छ भने
खोलिदेऊ तिम्रा गुम्सिएका शब्दका झुण्डहरू
जगाइदेऊ तिमी भित्रका चण्ड र मुण्डहरू ।

तिमी बोल्दा तिमी माथि खतरा आउँछ भने
तिम्लाई प्रहार भएको गोलि छेक्न तयार छ नेपाल आमाको छोरो
एक चुट्कि धुलो रहेसम्म लड्छौ राष्ट्र र राष्ट्रियताको लागि
सक्दैनौ भने बाटो छोडिदेऊ हामीलाई
अघि बढ्छौ दुश्मनको रेटेर घाँटी ।

नेपाल आमा जिन्दावाद
नेपाल आमा जिन्दावाद
लिपुलेक कालापानी जिन्दावाद
लिला बल्लभ नेपाल
महारानी झोडा ५, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *