Skip to content

प्रतिभा निकुञ्ज अभ्यास


कुनै स्वार्थमा लिप्त छन् देशभित्र
जुठो चाट्न खोज्ने कसैको चरित्र
कुराले हियामा कसैको छुँदैन
विना एकता देशसेवा हुँदैन ।।

यता ओठमा देशको भक्ति टाँसी
बुढो बाघ मानौं हिँडेको छ काँशी
व्यथाबोध गर्ने कुनै देखिँदैन
विना एकता देशसेवा हुँदैन ।।

छ माटो र बाटो सबै छिन्नभिन्न
सबै स्वार्थको दौडमा छन् उछिन्न
कसैको व्यथामा कुनैले रुँदैन
विना एकता देशसेवा हुँदैन ।।
होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *