Skip to content

तिमी सक्छौ भने भन

BharatKhatri


वास्तविकतासँग म डराउछु,
हराउँछु लम्पसार पर्छु
किनकि वास्तविकता सधैं तितो,
टर्रो अमिलो हुने गर्छ
भएका कुरा लेखिदिन,
लेखिएका कुरा देखिदैन
किन? किनकि असत्यले
सत्यलाई जिती सक्यो

बाटोमा राम्रो गाडी चढ्यो भने
सिरदेखि पाउसम्म हेर्छन सबै
मिठो खाना खायो भने
सङ्काको आँखाले हेर्छन सबै

के हुँदै छ? कसो हुँदै छ? किन हुँदै छ?
दिमागमा, विभिन्न प्रश्नहरू तेर्सिन्छन घरीघरी
तर पनि मनको आँखा बन्द गरी
बाहिरी आँखाले हेर्नु परेको छ

एक मन त भन्छ, त अब हिटलर बन्नु पर्छ
फेरि अर्को मन भन्छ त गौतम बुद्ध बन्नु पर्छ
मनभित्रको अन्तरदोन्द हटाउन सकिने भए
म हैन तिमी हुने थिए, तिमी हैन हामी हुने थिए

जति लेखे पनि तिमीले मलाई बुझदैनौ
मैले जति पढे पनि तिमीलाई बुझ्दैन
परिभाषा खोज्न टाढा जानु पर्ने रहिन्छ
मनले खोज्यो भने आफै भित्र भेटिने रहेछ

अवास्तविक जीवनको आँखीझ्याल खोल्न
हदै प्रयास गर्दा पनि तिमी भित्रको झ्याल खुल्ने रहेन्छ

भरत खत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *