Skip to content

जब गुराँस फुल्छ लेकमा


जब गुराँस फुल्छ लेकमा तिम्रो याद आउँछ ।
धानको बाला झुल्छ खेतमा तिम्रो याद आउँछ ।

तिम्रो झल्को घरीघरी दोहोरिँदा यो मनभित्र
कोही देख्दा सुन्दर भेषमा तिम्रो याद आउँछ ।

गन्तव्यबिहीन यात्रा धेरै गर्नुपर्छ यहाँ
जब हुन्छु परदेशमा तिम्रो याद आउँछ ।

नारीका सुन्दरताको बर्णन गर्ने ठाउँ धेरै
लहराउँदा कोही कालो केशमा तिम्रो याद आउँछ।

तिमीबिना असफल नै हुने हो कि सायद म
जब हुन्छु म हरेशमा तिम्रो याद आउँछ ।

जिउनै गाह्रो भयो मलाई तिमी बिना जिन्दगीमा
जब पर्छु म ठेंसमा तिम्रो याद आउँछ ।

भागबण्डा गर्न जरुरी छ र हाम्रो मायाको
जब पर्छु म शेषमा तिम्रो याद आउँछ ।

लालु क्षेत्री’कोकिल’
भरतपुर-२५,चितवन
हाल काठमाडौं-६,गुहेश्वरी टाउनप्लानिङ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *