Skip to content

आयौ किन…?


पवित्र छु भनी फेरी जनाउन आयौ किन?
समाजमा डुङ्डुङ्ती गनाउन आयौ किन?

बाबुआमा सबका सपना ठुन्का पार्दा पुगेन र!
ईज्जतको सुकेलुतो कनाउन आयौ किन?

मसानघाट मै जलाएथेँ तिम्रो मेरो सम्बंधलाई
बालुवाको घर फेरी बनाउन आयौ किन?

समयको मलम लगाई घाऊ सुस्त भर्दै थिए
सुनामी भै नुन चुक खन्याउन आयौ किन?

भै गो चाहिदैन तिम्रा आश्वशनका चिल्ला कुरा
अबिश्वासी “अनुभव” लाई मनाउन आयौ किन?

पवित्र छु भनी फेरी जनाउन आयौ किन?
समाजमा डुङ्डुङ्ती गनाउन आयौ किन?

2 thoughts on “आयौ किन…?”

  1. पहिले भन्थेउ तिमी आउँदा अत्तर
    पहिले भन्थेउ तिमी आउँदा अत्तर पनि सँगै आउँछ
    अहिले भन्छौ दुङ्दुङ्ती गनाउन आयौ किन?
    सुनिल संगम

  2. बन्छु भन्दा बनिदैन समयले
    बन्छु भन्दा बनिदैन समयले बनाउछ
    अत्तर पनि पराईमा परेपछी गनाउछ
    …………………………………………होइन र सँगम जि? -अनुभव

Leave a Reply

Your email address will not be published. Required fields are marked *