Skip to content

जति नयाँ आए पनि


जति नयाँ आए पनि साल उस्तै उस्तै
कहाँ फेरियो देश यहाँ हाल उस्तै उस्तै

कस्तो होला होला भन्यो हेरी मख्खै पर्‍यो
बिज्ञापन पो फरक रैछ माल उस्तै उस्तै

आफ्नै भुँडी भर्दारैछन के को जनतालाई
जो गएनी सरकारमा चाल उस्तै उस्तै

पड्किदैछ अझै पनि मरेकै छ मान्छे
बन्दुक मात्र फरक रैछ नाल उस्तै उस्तै

शान्ति छायो भन्थें अब भेट्छु होला माया
नहुने भो संगम कठै ताल उस्तै उस्तै

6 thoughts on “जति नयाँ आए पनि”

  1. जति नयाँ आए पनि साल उस्तै
    जति नयाँ आए पनि साल उस्तै उस्तै
    कहाँ फेरियो देश यहाँ हाल उस्तै उस्तै

    सुनिल जी ,क्या बात गर्नु भो । मन छोयो ।

  2. आहा कति राम्रो लेख्नु भो ।
    आहा कति राम्रो लेख्नु भो । यस्तै छ देशको हालत ।
    बिनोद

  3. पड्किदैछ अझै पनि मरेकै छ
    पड्किदैछ अझै पनि मरेकै छ मान्छे
    बन्दुक मात्र फरक रैछ नाल उस्तै उस्तै

    मन छोयो सँगम जि तपाईंका यि शेरहरुले र बर्तमानमा देशको एउटा तस्बिर जुन हामीहरुले भोगिरहेका छौ। ज्यादै यथार्थपरक्-अनुभव

  4. आफ्नै भुँडी भर्दारैछन के को
    आफ्नै भुँडी भर्दारैछन के को जनतालाई
    जो गएनी सरकारमा चाल उस्तै उस्तै

    sarhai ramro sher …………
    kedar shrestha’gagan’

Leave a Reply

Your email address will not be published. Required fields are marked *