मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हे ! हेमन्त
editor — Mon, 12/09/2019 - 19:31
दिनभरि सबै काम गर्नेबारे
सोचिरहन्छु
दिनभरि यी खेतगराहरुमा
गहु, तोरी आलस, खेसरी छर्ने बारे सोचिरहन्छु
दिनभरि धान परालका बिटाहरू बोक्छु भन्छु
दिनभर रातका
सबै सपनाहरू ब्युँत्याउने कुरो सोच्छु सोच्दछु र सोचिरहन्छु
अफसोच,
आकाशमा सूर्य
अनि एकैछिनमा मधुरो मधुरो हुँदै क्षितिजमा कति छिटो
पहेलिन्छ प्रकाश
कति छिटो थकित बन्छ बलवान्
कति छिटो भयभित बन्छ आकाश
कति छिटो अनुचित बन्छ ब्रह्माण्ड
कति छिटो लज्जित बन्छन दिवासवारि साधनहरू
अनि कति उदास बन्छ मालिक
मालिक पनि कति चाडो उदास बन्छ
कति छिटो सूर्य एकनाश शान्त गम्भीर
अनि एकैछिनमा जान्छ सेलाएर सातसमुद्र
पारिको परदेशमा
आफ्नी स्वास्नीसँग सुटुक्क सुत्न
नौडाँडापारिको बिरानो मुलुक
या,
सपनाहरुमा मधुमास मान्न
जान्छ ऊ दूर
सुन्दर तर
कल्पनिक जूनतारा ग्रहहरू गोधूलिहरुमा बोलाउन
दिनभरि दिलभरि घायल भएको
मजबुर राष्ट्रभक्त सिपाही कमाण्डर झै।
या, कुनै कमजोर मजदुर झै
हाफटाइमभरि मधुर घाम दिएर
कति छिटो
ढल्छ।
गल्छ
चल्छ
ऊ कति चाँडै यो पृथ्वी
यो संसारसँग बिदाइ मागेर जान्छ दूर
आफ्नै घर फर्किएर
साँझमा सूर्य दिनभरिको ज्यालादारहरू लिएर
अनि रातभरि रुन थाल्छन सडकछाप
सुकुमवासी कुकुरहरू
नाङ्गो नाङ्गो उदाङ्गो आकाशमुन्तिर
पत्थरको छियाछिया कठ्याङ्रिदो सिरेटोहरुमा
हरेक प्रभातको पहिलो प्रभाकरसँगै
चिसो शीतलहर र ठण्डी हावाहरुले हर्दम
कमाण्डर बोर्डर सीमाना अनि सिपाही नभएका
कसैका सुन्दर देशहरुमा
कुनै बिदेशी अतिक्रमणहरू झै गरेर
स्वयम आकाशका जूनताराहरू नै आएर
उपहारहरुमा
नाङ्गो आवासहरुमा
कसैको सिङ्गो संसारमा
एलर्जी
निमोनिया र दम दिएर जान्छ्न
ती आजाद सडकहरुलाई
सायद, यस्तो लाग्छ
त्यो आकाशको सूर्य पनि
हिजो आज अल्छे र काम चोर भएको छ
कति छिटो बित्छ दिन !
कति छिटो बित्छ समय
ए ! हेमन्त
निरन्तर एउटै प्रश्न रह्यो तिमीसँग मेरो,
उत्तर दिन्छौ हैन ?
कति छिटो बित्छ दिन हिजो आज
कति छिटो बित्छ समय ?
कति छिटो बित्छ दिन
कति छिटो बित्छ समय ?
किन कैले पनि त्यति छिटो बित्दैनन
कसैका कष्टकर कहालीलाग्दा कालरात्रिहरू ?
कति छिटो बित्छ दिन
कति छिटो बित्छ समय
हे हेमन्त !
किन त्यति छिटो बित्दैनन् ती रातहरू ?
- 115 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 2 hours ago - आभार
2 days 21 hours ago - बहुत खुब कहिल्छि ।
5 days 21 hours ago - आभार प्रकट गरे
1 week 20 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 22 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- शुभ दिन बिहानीको
- कोरोना भाइरस
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- देशभक्त हुँ म
- यसै गरी मिलोस तिम्रो माया
- महलकी रानी
- म पानी हुँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- पुराना कुरा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- जुनेली रात
Last viewed:
- तिमीलाई देखेर आँखा
- म आजभोलि
- आमा
- नेपाल संवत् र राष्ट्रिय विभूति शंखधर साख्वाः
- बालकथा-०१ः हजुरी
- यो एउटा सडकको कथा हो
- पाठ्यक्रममा साहित्यिक कृति
- फुट नोट्स
- मुक्तक
- भुयूचाको डायरी
- भाग्दै जा कोरोना फट स्वाहा !
- ठूलो घात रै'छ
- सत्य (कविता)
- बाल्यकाल
- लाजको लाली
- बर्तमान निरोहरु हो
- छोडी जाँदा जिन्दगीको
- मझेरी भलाकुसारी, अंक ०६ (प्रकाश पौडेल माइला)
- जिन्दगी एक नाटक
- जानी नजानी तिमीले के दियौ
- प्रश्नोत्तर
- तस्बीर
- लाखौ तारा आकाशमा
- न दोष मेरो थियो
- ‘सम्झनाका झिल्काहरू’लाई अध्ययन गर्दा
- गल्ती थियो चोखो, माया लाउनु नै
- निसास्सिएका आवाजहरू चट्टान बनी फुट्दाखेरी
- आगो पिएर बाँच्ने
- यस्ता थिए महाकवि
- भित्र काला हुन्छन मान्छे
Post new comment