• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

यदि कलम काटियो भने

editor — Tue, 12/10/2019 - 20:12

  • गद्य कविता
  • सुजन बुढाथोकी

सफा कागजहरू जस्ता
कसैका सेता र रङ्गिन
अनुहार अनि आँखाहरू
मलिन हुनेछन एकदिन
दराजभित्र मनका सपना झै
गुम्स्याएर बर्सौ बर्स सदियौ सजाएर राखेका
तस्बिरहरू पुरिने छन् भित्रभित्रै
कपुरले पोतिएका
सुगन्धित कपडाहरुमा
कसैको निधार भित्रका अन्धकार तक्दिरहरू
सधाको लागि बिलिन हुनेछन
या, भर्खरै
सूर्य उदाउदै गरेको उज्यालो आकाशमा
एउटा अति लामो बन्द बादलको
क्रस झै कोरिनेछ केही
यदि कलम काटियो भने ।

मभित्रका कलिला विचारहरू झै
ती मलिला मसीहरुले
कुनै सुन्दर बिधुवा झै गरेर
सुकोमल हातहरुले
आफ्नो शिरको पवित्र सिउदोमा
निर्दोष सिन्दुर लगाउन
हर्दम पर्खिरहेका हुनेछन
हरसमय !
खोजिरहने छ्न मलाई
जहाँ, निश्चय म हुने छुइन त्यसदिन
स्वयम म दूर गैसकेको हुनेछु
कसैको सिन्दुरहरू सङ्गै पुछिएर हराउनेछु म
मसिहरू भने मलाई नै पर्खिरहेका हुनेछन
मसिहरू भने कलमलाई नै पर्खिरहनेछन
पर्मेश्वर ! यदि कलम काटियो भने
कसैकोसङ्गको निस्वार्थी नाता काटिनेछ
भगवान ! यदि कलम काटियो भने
कसैको सिरमा सौभाग्य लेखिदिने अनि
एउटा अदृश्यमान भाग्यबिधाता पनि काटिनेछ !

परिवर्तनका किरणहरू झै गरेर
आउने छैनन्
कहिले पनि क्षितिजमा
परदेशबाट
दुरदेशबाट
यी विशाल पृथ्वीमा
पहाडका अनि बादलका लालकिल्लाहरू तोडेर
उषामा उज्याला कान्तिका खबरहरू
या,
गाउँ शहरहरुसम्म
अखबारहरुमा
नत आउने नै छन्
हरेक रातहरुमा जूनताराहरू
आउदै गरेको समाचारहरु !
गोधूलि साँझ
अनि अन्धकार सन्ध्याहरुमा
नत कहिले पनि आउने छन्
घर फर्किएर कसैको रहरहरू जस्तै गरेर
अस्तिनै आकाश उढेर गएका चराहरू
ओ ! भ्रष्टचारिहरू हो
यदि कलम । काटियो भने
एउटा क्रान्ती पुरुष
या, फेरि पनि पृथ्वीमा
यशु कृस्ट आउदै गरेको खबरहरू आउनेछैनन्
नत कहिले पनि आउनेछन अमरहरू आउने आसाहरू
न त आउनै छन् मेरो आफ्नै अकाल मरणका खबरहरू
ओ ! पापिहरू हो
यदि कलम काटियो भने
मेरो देशमा !
प्रेस स्वतन्त्रताको अपहरण हुनेछ ।

वसन्त ऋतुहरुमा कोकिल बोल्नेछैन
सिम्रिक लिलिफुल गुलाफ र लालीगुराँसहरू फुल्नेछैनन्
या, प्रकाश हराएर आकाशमा टोलाइरहेका जूनतारा झै बेरङ्गी हुनेछन
ईश्वरका अमुर्त परेवा कौवा
जुनकिरीहरू र मुक्ताकासका चराहरू
बातावरणमा
बन्दक बनेर रहनेछन
र भालेहरू बिस्तारै बिस्तारै बिर्सदै जानेछन
भोलि बिहानमा आफैले बोल्ने बास्ने भाषाहरू
बिर्सदै जानेछन
अनि पूर्वस्मृतिका पुराना आजाद गगनहरू
उनीहरुको मुखमा ताल्चा लगाइनेछ त्यसदिन
जन्मकैद सधैको लागि हत्यारा झै थुनिनेछन
झुट मेट्न इरेजरहरू आउने छैनन्
अनि हामीहरुलाई
अदालतमा सत्यको बकालत गर्दा,
निर्दोषको फुकुवाको लागि हारगुहार माग्दा
एउटा अग्लो दरबारवालले
सबै बेलायती भतुवा भुसिया कुकुरहरू फुकाएर
हवल्दार साब ! हामीलाई चोर झै गरेर
या, भतुवा पाखे कुत्ता झै लखेट्नेछ सडक
त्यसदिन
एक भुत्ते कुकुरले पनि टोक्नेछ
हामीहरुलाई
बारम्बार गेट्बाहिर
प्रतेक बटुवाहरुलाई झम्टनेछ
एउटा सद्दे सन्तमान इन्सानलाई पनि समात्नेछ
सरकार ! यदि कलम काटियो भने
भट्टीहरुमा भगवानबाट नै
मतुवा र वेश्याहरुको भजनकिर्तन गर्ने
आदेश अनि हुकुमहरू आउनेछन
पुजारिहरुलाइ !
निरन्तर हनुमानहरुबाट नै
बाँदरहरुलाई आफ्नै घर र छिमेकीका बोर्डरहरू बिगार्ने अर्डरहरू आउनेछन
त्यस्ता कयौ हजार गुणा रावणहरू
महाशय !
यदि कलम काटियो भने निश्चय !
हाम्रो कुटिमा
हाम्रो मन्दिरमा लछ्मणले कोरेका रेखाहरू मेटिनेछन ।

यदि कलम काटियो भने
औजारहरू समाउने ती मेहनेती हातहरू हराउनेछन
हराउनेछ ज्यालादरहरू
अनि बढ्नेछन कालो बजार र तस्करहरू
अनि बिलाउने छन् अन्नदाताहरू
हराउनेछन बगरलाई खेतगरा बनाउने
र महासागरहरुमा घरबस्ती बसाउने ती निर्माताहरू
अनि हराउने छन् उत्पादनहरुसङ्गै
हराउनेछन हावा अक्सिजन फलाउने बिउबिजन र रुखहरू
अनि मर्नेछन माड खाने ती मुखहरू
धान खाने ती मुसोहरू
अनि
पेटले बचाइ राखेका छेवैको किड्नी कलेजोको रक्तफिल्टर
मुटुको रक्तसञ्चार
अनि फोक्सो स्पन्दन र हृदयको ढुकढुकी धड्कन सब बन्द हुनेछ
जमिन्दार साब !
यदि कलम काटियो भने
हलो र फाली कोर्ने त्यो मलिलो माटोमा
बुख्याचाहरुको साट्टोमा
हली र गोरुहरू जमिनमा भासिएर ज्युदै गाडीनेछन
र शहीद बनेर सधैं छाता ओढाएर उभिरहनु पर्नेछ
एउटा मसानघाटलाई
धान फल्ने मैदानहरुमा भोलि
आफ्नै चिहानको चिता बनाएर
लढिरहेको लास चाहिँ
सायद त्यो किसानको हैन कि
निश्चय !
त्यो जमिन्दार साबको नै हुनेछ जरुर
यदि कलम काटियो भने
लाज हराएका ती वेश्याको बदनका महङ्गा महङ्गा कपडा झै गरेर
त्यातिनेछन उदाङ्गा जग्गाहरुको नाङ्गो नाङ्गो नक्सा र धनिपुर्जाहरु ।

यदि कलम काटियो भने
निरन्तर विचारको हतियार बोकेर हिडेका
निर्भिक कमाण्डरहरू शहीद हुनेछन
जिब्रो काटिनेहरू बोल्न सक्ने छैनन्
जीवनभर लाटाहरुको आवाज बकवाश हुनेछ
निवेदन, उजुरी, चित्राङ्गकनहरू हराउनेछन
अदालतबाट
अनि न्यायलय निदाइरह्नेछ
कानून ! आँखाको नजर फुटेर
अन्धो भएको अभिनय गरिरहनेछ
न्यायधिसहरू बहिरा हुनेछ्न
अनि साचो तर साचो कुरामा पनि
साङ्गकेतिक भाषाहरुमा बारम्बार हार गुहार अधिकार माग्दै
हजार पटक जनावार या जिराफ जस्तै गरेर
वा
मानौ कि सिट्टिहरू फुकेर ट्राफिक झै सडक बीचमा
या ल्यापोस्ट झै गरेर बाटोको किनारमा उभिरहनु पर्नेछ
सरकार ! यदि सच्चा कलम काटियो भने
काटिरहनेछन पहिरो र बिरालोबाट तीर्थायत्रीहरू हिडिरहेका बाटोहरू

बिद्दानले शास्त्रबेद नबिन किताबहरू लेख्नेछैनन्
लेखिनेछैन कादापी पनि कापीमा कोरिने छैनन्
यो देशका कर्णधारहरुबाट सम्भावनाको काचो अछ्यरहरू
आउने छैनन् कहिले पनि पृयासीका चिठ्ठिहरू
कुनै नामर्द
प्रेमिले पठाइरहनेछैन अब प्रेमिकालाई प्रेमप्रस्तावनासहितका प्रेमपत्रहरू
सायद पागलप्रेमिहरुबाट आफ्ना औलाहरू काटेर रगत खोपेर
कागजहरुमा कोरिनेछन
र पठाइनेछन आफ्नि पृयासिहरुलाई
जहाँ, प्रतिउत्तरहरुमा प्रेमिकाहरुबाट झुट
या अस्बिकारका
जवाफहरू पनि आउन सक्नेछन
नक्कली इन्साफ मौलाइरहनेछ
औठाछापहरू झुक्किरहनेछन
बोल्नेहरुको बजारमा तितो पिठो पनि बिकिरहनेछ
अदालतहरुमा मीठो वचन बिकिरहनेछ बकवाश
न्याय मर्नेछ
अमर प्रेम पनि मर्नेछ
अनि बिनाश हुनेछ्न सबै सहमतिका हस्ताछ्यरहरू
अनि सुरु हुन थाल्नेछन भ्रमित ल्याप्चेहरू
खत्राको चिन्ह नचिनेर चकित पर्नेछन
बाघकै भुमरिमा घुमिरहेका भैंसी र भेडोहरू
ज्युदोलास जस्तै भएर जिन्दगीभर
बस्न बिवश हुनेछन आवाजबिहीनहरू
राखिनेछैनन् कुनै पनि कार्यलय या
प्रशासनिक निकायहरुमा लिखित दस्ताबेद
नियामबली या बलिया लिखित प्रमाणपत्रहरू
नत पारित नै हुनेछ कुनै न्यायपालिकाबाट
अनि एक सताब्दिसम्म पनि बन्न सक्ने छैन
एउटा गतिलो सम्विधान
यदि कलम काटियो भने
यो देशमा मर्नेछ अनि
एक
सजीव ईतिहास
लेख्ने
कसैका अभिलाषाहरू

यदि कलम काटियो भने
साझसम्म पनि गुडका टुहुरा बचेराहरू
एक गेडा अन्न चामल र एक थोप्पा जलको प्यासमा
भोकाएर
तिर्खाएर
चिच्याएर घाँटी सुकाएर
लेग्रो टङ्काएर
पेट जलाएर
कसैलाई पर्खिरहेका हुनेछन
भैरहनेछ्न
निरन्तर रोइरहनेछ्न
निरन्तर न्याय खोजिरहनेछन
प्रतिछ्याहरुमा आँखाहरू आफै फुटाएर
भोकले । पेट फुट्नेछ
ओठ सुक्नेछ
छाती भासिनेछ
स्वाशनली फुलेर
फोक्सो सुनिनेछ
अन्नहरू ठुङ्ग्ने ती ओठहरू
चुच्चोहरु !
र निर्दोष घाटिहरू काटिने छ स्वयम
यदि कलम काटियो भने
याद राख्नुहोस
जगदिश्वर !
याद राख्नुहोस
न्यायधिस !
त्यो निर्दोष कलम
त्यो ईश्वरको आदलतको प्रवक्ता बकिलभन्दा पनि पवित्र
बिचरी स्वयम उस्कि आफ्नै ममतामयि माउ आमा हुनेछिन ।

यदि कलम काटियो भने
हातहरू स्वत काटिनेछन
या, अशक्त अपाङ्ग हुनेछन वीर अङ्गहरू
बलवान खुट्टाहरू भाचिनेछन
र हिमालको उचाइ माथिबाट झाटिनेछ
र लढ्नेछ स्वयम शिरको सवाङ्ग स्वाभिमान
अनि मेटिनेछन प्रगतिपथका पाहिलाहरुसङ्गै
अनि मेटिनेछन मधुरा सबै शब्दहरू
कागजहरुमा भोलि
आफू आफूहरुमै बराम्बार बद्लिएर बिलिन हुनेछन
अपूर्ण अधुरा ती सबै कविताहरू
अन्धकारमा हिंडिरहेको अबचेतन एउटा अञ्जान कविता
पूर्व परिकल्पनामा आधारित एउटा शक्तिमान कविता
उज्यालो भविष्यसँग सम्बन्धित एउटा उर्जावान कविता
जुन कविता अघिल्लो रात
सपनाहरुमा बिहानको उज्यालो सूर्यलाई देखेर
मध्यरातमा मैले ओछ्यानबाट उठेर लेखेको थिए ।

  • 184 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    11 min 51 sec ago
  • Reply to comment | मझेरी डट कम
    12 min 35 sec ago
  • Reply to comment | मझेरी डट कम
    13 min 28 sec ago
  • Reply to comment | मझेरी डट कम
    14 min 38 sec ago
  • Reply to comment | मझेरी डट कम
    57 min 19 sec ago
  • Reply to comment | मझेरी डट कम
    58 min 3 sec ago
  • Reply to comment | मझेरी डट कम
    58 min 51 sec ago
  • Home page
    59 min 17 sec ago
  • Home page
    59 min 30 sec ago
  • Reply to comment | मझेरी डट कम
    59 min 36 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • समयकाे धुन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • म पानी हुँ
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • गजल
  • नेपाल मेरो घर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • सोह्र सोमबारको व्रत
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा
  • सहिदको सम्झना

Last viewed:

  • डलासको उच्च भवन
  • म हिउँ
  • अभागी मान्छे (मुक्तक)
  • जगदीश घिमिरे
  • मेरो प्रेमलिला
  • यो मनलाई अझै कति जलाऔँ म (गजल)
  • बाटो हेरी आँसु झार्छिन यादले मुटु जलाएर
  • तृष्णा
  • मेरो मायाँ मुटु रोप्ने
  • खहरेको भेल-रहेछ
  • आज हाम्रो कर्तव्य !
  • किन आज यत्ति साह्रो
  • वसन्तको रात
  • तरुण मनको अपिल यौवनालाई
  • भगवानलाई मद्दत गर्ने को ? (लघुकथा)
  • एकसमान देख्छु
  • लोकतन्त्रकै खातिर मर्नेहरूलाई सम्झ
  • सपनाहरू डढेर
  • सिंह दरबार - देशै कुम्ल्याई भकारीमा ठुस्या छ कि छैन केर्नु
  • तीजको गीत
  • मायाको पीडा
  • जतन गर्नु ल !
  • नजाने पनि जानेकोझैं
  • 'आएँ म'
  • कसो कसो नजरमा (चार मुक्तक)
  • नयाँ बर्ष
  • को शाकाहारी ? (लघुकथा )
  • बिम्ति! हजुर मलाई पनि दास बनाई देऊन
  • आँसुको रङ
  • गजल
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित