Skip to content

जिसस क्राइस्ट


मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
बाइबल जिसस सधा जीवित रहनुभयो विचारबाट

ईतिहास साक्षी छ सम्पत्ती सुख हैन हुदैहैन याद राख – २
मुक्ति जन्मिन्छ झुपडीमा जन्मिन्छ द्वन्द्व दरबारबाट
मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट

फेरि पनि यो अचेत जगतलाई प्रेम क्षमा दिनुस प्रभु – २
बिन्ती दिनुहोस एउटा यशु पुत्र पवित्र राजकुमारबाट
मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट

इजरायलका याहुदी तब बिरोधी बनेका हुन उनको जब – २
पीडितले पाए न्याय रोगी सप्रदैथिए उङ्को उपचारबाट
यो मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट

यो जगतभित्रको फल बिर्सेर बाहिरको बोक्रामै भुलेको छ – २
आउदैन प्रेयसी शान्ति उपहार या घृणा र तिरस्कारबाट
यो मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट

यो मान्छे कित गौतम बुद्ध बन्छ कित कठोर बारुद्द बन्छ – २
जब मान्छे प्रताडित हुन्छ स्वय म आफ्नै परी वारबाट
यो मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट

उहाँ आजादि र यो धर्तीको सुधारकै लागि आउनुभएथ्यो – २
आफै जो जञ्जिरमा बाधिए रोमन गुरु र धर्मका ठेकेदारबाट
आखिर यो मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट

बच्पनको नोट प्रेमिकाको चोट या सब थोक हराएको छ आज – २
दसै आयो रङ्ग हरायो हराएन आमाको आशीर्वाद यो निधारबाट
आखिर यो मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट

अब गाउँ सहरमा पत्थरका ईश्वर पाटीपौवा र घरहरू बन्नेछन् – २
बाढी झै आएर सब उठाएर लगियो बालुवा नदी किनारबाट
आखिर मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
प्रभु येसु ख्रीष्ट सधा जीवित रहनुभयो बाइवलका विचारबाट

काटी गाडेर पापीहरुले उहाँलाई क्रसमा झुण्ड्याएर मारिदिए – २
तर उहाँ कहिले पनि मर्नु भएन सत्यको संसारबाट
मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
मान्छे कहाँ सफल हुँदो रहेछ र केबल हतियारबाट
जिसस सधा जीवित रहनुभयो बाइबल विचारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *