Skip to content

म अहिले दूरदेशमा छु


सातसमुद्रपारि एउटा सुन्दर देश छ
सानू गाउँको गल्लीहरुमा
जहाँ मानौ कि,
मेरो जिन्दगी बराबरको एउटा घर छ
एउटा घर !
एउटा अधबैसे घर !
जस्लाई म जन्मनुभन्दा अघाबै मेरी आमाले
शृङ्गार गरेर मातृभूमि बनाउनु भएको थियो
मभन्दा अलि जेठो घर
जुन घरमा मेरी बुढी आमा पनि हुनुहुन्छ
नेपाल आमा !
जुन घरमा मेरा दारी फुलेका बाउ छ
जुन घरमा बुद्धका ज्युदा शालिकहरू छन्
जुन घरमा मेरो सिङ्गो संसार छ
तर म अहिले कतारमा।छु
तर।म अहिले सिङ्गापुरमा छु
म अहिले परदेशमा छु
सरकार
हजुर……
त हुनुहुन्छ नि?

नत्र,
कुन हिम्मतले
त्यो भारत
मेरो सिङ्गो घर बहादुर हनुमानले पहाड बन्दी बनाएर उचाले झै
अहिले
एकहातमा बोकेर जादैछ सीमापार ?

सर्कार !
बरु मद्दत चाहियो भनन यार
म उहालाई भन्दिने छु कि
जरुर नेपाल आमालाई बरु
जरुर जस्ले दिनेछ
तिमीलाई आफ्ना हातहरू नकमाइ कन
आफ्नै वीर हातहरुबाट
एउटा सिरु पाते खुकुरी
गोर्खाली हतियार !
जस्ले काट्नेछ तिनै हातहरू
जस्ले सिङ्गै नेपाल उचाल्ने सहास गरे !

मेरी आमा अहिले जञ्जिरमा हुनुहुन्छ
म अहिले धेरै दूर दुरिमा छु
परदेशमा छु
खै कहाँ गए ती मेरा सिपाही भाइहरू
देश अहिले महाकाली नदी पारिको किनारमा छ
सरकार……..
तर
तपाईं त अँझै स्वदेशमै हुनुहुन्छ नि हजुर।?

Leave a Reply

Your email address will not be published. Required fields are marked *