Skip to content

अनाहकमा नेपालीको देश


अनाहकमा नेपालीको देश दुखेको छ
हिमाल, पहाड, तराई त विशेष दुखेको छ

जात-जाति, ईतिहास र स्वाभिमान कतै
सदियौंको संस्कृति, भाषा, भेष दुखेको छ

उद्धत लोभि नेताहरु. भस्त्राचार ठगी गर्न
यी देशको अङ्ग अङ्ग, परिवेश दुखेको छ

बनाइए जात, जाती विभेदका वर्गहरू
यो देशको सौहार्द्रताको सन्देश दुखेको छ

दूषित भयो देश मेरो नारा अनि जुलुसले
सिद्धार्थको सिद्धान्त र उपदेश दुखेको छ

रचना: यज्ञप्रसाद गिरी
आश्विन १ गते २०७६ साल
कोहलपुर, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *