मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
डिसेम्बर १०
editor — Tue, 12/17/2019 - 19:24
निस्पष्ट अन्धकारमा रातमा
ऊ सवार थियो घरसम्मको सफरमा
अचानक तब गाडीको पछाडिबाट
उसलाई कसैले धक्का दियो
कुनै एउटा अदृश्य शक्तिले धकेल्दियो
र ऊ पत्थरमा लड्यो र सडकमा बजारिएर
अन्दस्पट रक्तम्मिएर त्यही बेहोस्सियो
अवस्था एकदम अन्तिम थियो
अवस्था एकदम गम्भीर थियो
उसलाई अस्पताल लगियो
डाक्टरले भन्दियो
कि एउटा मरेको लास किन अस्पतालमा ल्याएको
आफन्तहरुले उसको शब घर फर्काएर लान मानेनन
र नभन्दै उसलाई अस्पतालमा पनि राखियो
डाक्टर साब ! हामी निर्दोष छौ
हामीलाई इन्साफ् दिनुहोस
बेकसुर हामी पीडित छौ
बेकसुर ऊ मृत्युको मुखमा पुग्दैछ
हामीले भन्यौ
अनि डाक्टरले प्रतिउत्तरमा भन्यो कि
उपर पर्मेश्वरलाई भन्नुहोस हजुर
भगवान भरोसा
ईश्वरलाई भन्नुहोस
भगवान भरोसा"
लगातार समय एकनाश बितिरह्येथ्यो
बाहिर गाडीहरू गुडिरहेथे
पृथ्वी त्यसरी नै चक्करमा घुमिरहेथ्यो
डाक्टर नर्सहरू हातमा
फाइल बोकेर अदालत धाइरहेका
कुनै वकिल झै गरेर बिरामीको बेडमा बारम्बार आइरहन्थे
केस एकदम जटिल थियो
केस एकदम सिरियस थियो
कुनै निर्मम कारागार कठोर कानून
या कठोर झयालखानामा झै गरेर
ऊ अस्पतालमा हर्दम निदारह्यो
निस्प्राण निदाइरहेथ्यो र निदाइनै रह्यो
एउटा अनिश्चित कालको लागि
डाक्टर साब होस आयो बिरामीको
हामीहरुले भन्यौ
लामो समयको अन्तरालपछि
हो: साच्चै नै हामीले थाहा पायौ
उसको होस आएको रहेछ
आस हराइसकेको सास हराइसकेको
एउटा निर्जीव लास ब्युझिएको छ आज
डाक्टर साब ! हामी पीडितहरुको जित भएको छ
लौ ! आऊ आज सब उत्सव मनाउ
हामीले भन्यौ र केहीदिन केही समयपछि
उसलाई उसको घरमा लिएर आयौ
निश्चय हरेक साल जनवरी आउँछ र जान्छ
अफसोच उसलाई हेक्का रहदैन आफू जन्मिएका
त्यस्ता हर अग्यात जनवरिहरू
र मनाउँछ आफ्नो जन्मदिन हरेक डिसेम्बर १०मा
र हरेक साल त्यसदिन हातमा उपहारहरू बोकेर
म ह्याप्पी बर्ड डे भन्दै उसलाई भेट्न जान्छु
किनकि, ऊ अस्पतालमा त्यसैदिन ब्युझिएको थियो
अर्थात, जुन दिन ऊ मृत्युञ्जय जितेर
एउटा लामो निदरीपश्चात अस्पतालमा ब्युझिएको थियो ।
(यो काठमाण्डौंको कुनै मोटर दुर्घटना थियो । पछि अस्पतालले बिरामीलाई मरिसक्यो भनेको थियो, तर भाग्यबश पछि लामो समयपछि उसको होस आयो । र उसले त्यदिनलाई हरेक बर्स आफ्नो जन्मदिन भनेर मनाउदै आइरहेको छ ।)
- 61 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
4 days 12 hours ago - आभार
5 days 8 hours ago - बहुत खुब कहिल्छि ।
1 week 1 day ago - आभार प्रकट गरे
1 week 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 3 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 4 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 days ago - एकदम सान्दर्भिक
1 week 4 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- काली
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- सहकारी नारा (कविता)
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- महलकी रानी
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- शुभ दिन बिहानीको
- प्रेम पाप होइन
- हिँड्छु
- कोरोना भाइरस
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
Last viewed:
- पल्काउँ प्रेममा ।
- सक्छौ तिमी
- बेहुला आए बेहुली लिन
- झस्केर दुख्छ यो मुटु
- आमाबाबुको मुख हेर्ने
- एक हुल मेरा सपनाहरु
- परदेश जाँदैछु
- हामी विचको सम्बन्ध चिसिए झैं लाग्छ
- मनको वह
- स्वाधीनतामा किन अँझै दबाब (गजल)
- रुवाई (अचेल जिएँ लाग्छ)
- जिन्दगीमा केही गर्न नसकेर
- सहकारी नारा (कविता)
- तिम्रो माया?
- अन्धकारमा देश लाने खाली काम गर्छौ किन ?
- गोरू र गाई नारेको लौ हेर
- शहीद पनि चिहानबाट जाग्नेछ
- होली विशेष (संस्कृति र परम्परा)
- सुकुम्बासी
- क्वान्टम कविता
- जलेको दियो
- प्रीय,केही त बोलन
- समय, उनी र हाम्रो यात्रा
- शराव बिशेष गजल - पिएपछि आउनथाल्यो
- पत्थरलाई सुन ठानी
- मेरी प्यारी
- नागवेलीको यात्रा
- फोटो हेरेर
- प्रथम पाना पल्टाउँदा
- तीन मुक्तक (देश भक्ति)
Post new comment