Skip to content

डिसेम्बर १०


निस्पष्ट अन्धकारमा रातमा
ऊ सवार थियो घरसम्मको सफरमा
अचानक तब गाडीको पछाडिबाट
उसलाई कसैले धक्का दियो
कुनै एउटा अदृश्य शक्तिले धकेल्दियो
र ऊ पत्थरमा लड्यो र सडकमा बजारिएर
अन्दस्पट रक्तम्मिएर त्यही बेहोस्सियो
अवस्था एकदम अन्तिम थियो
अवस्था एकदम गम्भीर थियो
उसलाई अस्पताल लगियो
डाक्टरले भन्दियो
कि एउटा मरेको लास किन अस्पतालमा ल्याएको
आफन्तहरुले उसको शब घर फर्काएर लान मानेनन
र नभन्दै उसलाई अस्पतालमा पनि राखियो
डाक्टर साब ! हामी निर्दोष छौ
हामीलाई इन्साफ् दिनुहोस
बेकसुर हामी पीडित छौ
बेकसुर ऊ मृत्युको मुखमा पुग्दैछ
हामीले भन्यौ
अनि डाक्टरले प्रतिउत्तरमा भन्यो कि
उपर पर्मेश्वरलाई भन्नुहोस हजुर
भगवान भरोसा
ईश्वरलाई भन्नुहोस
भगवान भरोसा”

लगातार समय एकनाश बितिरह्येथ्यो
बाहिर गाडीहरू गुडिरहेथे
पृथ्वी त्यसरी नै चक्करमा घुमिरहेथ्यो
डाक्टर नर्सहरू हातमा
फाइल बोकेर अदालत धाइरहेका
कुनै वकिल झै गरेर बिरामीको बेडमा बारम्बार आइरहन्थे
केस एकदम जटिल थियो
केस एकदम सिरियस थियो
कुनै निर्मम कारागार कठोर कानून
या कठोर झयालखानामा झै गरेर
ऊ अस्पतालमा हर्दम निदारह्यो
निस्प्राण निदाइरहेथ्यो र निदाइनै रह्यो
एउटा अनिश्चित कालको लागि

डाक्टर साब होस आयो बिरामीको
हामीहरुले भन्यौ
लामो समयको अन्तरालपछि
हो: साच्चै नै हामीले थाहा पायौ
उसको होस आएको रहेछ
आस हराइसकेको सास हराइसकेको
एउटा निर्जीव लास ब्युझिएको छ आज
डाक्टर साब ! हामी पीडितहरुको जित भएको छ
लौ ! आऊ आज सब उत्सव मनाउ
हामीले भन्यौ र केहीदिन केही समयपछि
उसलाई उसको घरमा लिएर आयौ

निश्चय हरेक साल जनवरी आउँछ र जान्छ
अफसोच उसलाई हेक्का रहदैन आफू जन्मिएका
त्यस्ता हर अग्यात जनवरिहरू

र मनाउँछ आफ्नो जन्मदिन हरेक डिसेम्बर १०मा
र हरेक साल त्यसदिन हातमा उपहारहरू बोकेर
म ह्याप्पी बर्ड डे भन्दै उसलाई भेट्न जान्छु

किनकि, ऊ अस्पतालमा त्यसैदिन ब्युझिएको थियो
अर्थात, जुन दिन ऊ मृत्युञ्जय जितेर
एउटा लामो निदरीपश्चात अस्पतालमा ब्युझिएको थियो ।

(यो काठमाण्डौंको कुनै मोटर दुर्घटना थियो । पछि अस्पतालले बिरामीलाई मरिसक्यो भनेको थियो, तर भाग्यबश पछि लामो समयपछि उसको होस आयो । र उसले त्यदिनलाई हरेक बर्स आफ्नो जन्मदिन भनेर मनाउदै आइरहेको छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *