Skip to content

ब्रह्माण्डको ताण्डवमा अनौठो म


दूरदृष्टिबाट नजर घुमाउदै हिँडेको म
मधुमख्खिको प्रयत्नलाई स्व: को संज्ञा दिँदै
भ्रमर हरुको चाल हेर्न पुष्प गुच्छा टुटाउदै
आफ्नो इन्द्रीय सुखका लागि जे पनि गरिदिने
ब्रह्माण्डको ताण्डवमा अनौठो म

भौतिक र अभौतिक तत्वको रस लिएर
बगैँचामा सुमेरू कुमेरु देख्दै झल्याँस्स
हँ के देखे छु भनेर आँखा माँडेर हेर्ने म
आफ्नो आनन्दका लागि कुनै जीवलाई
चिमोट्ने, निमोठ्ने, रसपान गरेर जीवनको क्रिया पढ्ने म
ब्रह्माण्डको ताण्डवमा अनौठो म

धमिरा, मौरी, माछा, खसी, गाइ, भैसि उट मात्रै होइन
बाघ, भालु, एनाकोन्डादेखि हात्तीसम्म थुन्ने म
जटिल देखि जटिलसम्मका वस्तु सोचेर चुन्ने म
खगोलीय पिण्डको दुरि, गति, प्रभाव ग्रहण बारे भन्ने म
समूद्र को पिँधदेखि मङ्गलको माथिसम्म यात्रा गरी फर्की आउने क्षमता भएको म
ब्रह्माण्डको ताण्डवमा अनौठो म

ब्रह्मा, विष्णु देखि सृष्टिकर्ता र संहारकर्ताको प्रयोगशाला खोजिरहेको म
काल भनेर चिनिने संयोग जुराउने व्यक्ति को गोदाम घर खोजिरहेको म
यस ब्रह्माण्डको सरकारको स्टेट हाउस को खोजीमा सुपर कम्प्युटर दिव्य दृष्टि रोजिरहेको म
ब्रह्माण्डको ताण्डवमा अनौठो म

जन्मदिने आमाबुवा अनि सद्भाव राख्नेहरू को ऋण तिर्न नसकेको म
आफ्नै मायाको संसारमा लिप्त भई युगिन दौडको म्याराथनमा कास्यपदक पनि पाउन नसकेको म
दुनियाको हरेक कुरो जित्न खप्पिस भएको आफ्नै घरका सदस्यहरू को मन जित्न नसकेको म
बाहिरी धोका दिनेहरू को सल्लाहलाई सत्य मान्दै असलि चाँदी घरका सदस्यहरू को आशीर्वादले चुकेको म
रमिता हेर्ने हरुको मुस्कान बढाउँदै आएको तर रमिता नचाहनेको मुस्कान थाप्न असमर्थ रहेको म
ब्रह्माण्डको ताण्डवमा अनौठो म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *