Skip to content


धेरै वर्षपछि आज, फेरि घाउ दुख्यो छातीको ।
सबै हुनेकै साथ ,हुदो रहेछ दुखि माथि को ?

भिडले पन्छ्याएर एकातिर फालिदिन्छ ,
एकान्तले तर्साएर ,रहर सबै टालिदिन्छ ।
समय बदलियो ,देखेँ दुश्मन को साथी को।
सबै हुनेकै साथ ,हुदो रहेछ दुखि माथि को ?

खेलौनाझैँ मान्छेसँग खेल्नेहरु हुदारैछन् ।
झुटो बोली मनाउन आगोलाई छुदारैछन ।
सकिएन बुझ्न ,के जानौँ जातीको न जाती को ।
सबै हुनेकै साथ ,हुदो रहेछ दुखि माथि को ?

6 thoughts on “धेरै वर्षपछि आज”

  1. दिनेश जी तपाई त गीतमा भन्दा
    दिनेश जी तपाई त गीतमा भन्दा गजलमा नै जम्नु हुन्छ ।
    सुनिल संगम

  2. धन्यवाद सुनिल जी ,
    नाई नाई

    धन्यवाद सुनिल जी ,
    नाई नाई एउटा कोशीश गरी हेरेको नि ।

  3. दिनेश जी,

    दिनेश जी,
    गीत को क्षेत्र मा पनि गजल मा जस्तै गहकिला भाव हरु प्रकट होउन् ।
    खेलौनाझैँ मान्छेसँग खेल्नेहरु हुदारैछन् ।
    झुटो बोली मनाउन आगोलाई छुदारैछन ।

    प्रकाश

  4. “हुदो रहेछ दुखि माथि को ?”
    “हुदो रहेछ दुखि माथि को ?” लाई “दुखीमाथि त को हुँदो रहेछ र?” भन्न खोज्नुभा होला। लेखाइमा त अवस्य पनि त्यो बुझिन्छ। बुझिन्छ तर अलि सोच्न पर्छ, प्रश्नवाचक चिन्हलाई याद गर्नुपर्ने हुन्छ। गीत गाउँदा यो भाव श्रोतालाई बुझाउन अलि गहारो होला; त्यसकारण “हुदो रहेछ दुखि माथि को ?” लाई “हुँदो रहेनछ” वा “हुन्छ र साथ दुखी माथि को?” आदि भनेर शब्दहरू यताउता मिलाउँदा कस्तो होला।

  5. गजल राम्रो छ गितलाई जस्तै
    गजल राम्रो छ गितलाई जस्तै यसलाईपनि निरन्तरता दिनु होला।

  6. धन्यवाद माइला जी , कुमार जी
    धन्यवाद माइला जी , कुमार जी ,अनि अतिथि ज्यु लाई । कमजोरि त मलाई पनि लागेको हो कता के नपुगे जस्तो , कता के नभए जस्तो । अर्को चोटिलाई अलि सोचेर नै लेख्नु पर्ने भो । पर्खनु होला है , फेरि कोशिश गरी हेर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *