Skip to content

बौद्धिक अपाङ्गता, यसको लक्षण र व्यवस्थापन


बौद्धिक अपाङ्गता भनेको के हो ?

सामान्यतया शरीरको कुनै अङ्ग नहुनु वा कुनै अङ्गले काम नगर्नु आँशिक अपाङ्गता वा शारिरिक अपाङ्गता हो भने बौद्धिक अपाङ्गता भनेको पूर्ण अशक्त हो । बौद्धिक अपाङ्गता भएका बालबालिका तथा युवाहरुको जन्मजात नै मष्तिस्कको राम्रो विकास भएको हुँदैन वा भएर पनि ठिकसँग काम गरेको हुँदैन । यस्तो हुनका विविध कारणहरुमा प्राकृतिक, अनुवांसिक वा जैविक कारणले गर्दा हो भन्ने कुरा प्रमाणित भैसकेको छ ।

साधारण बालबालिका हुर्के, बढेपछि आफै खाने, एक्लै वा समूहगतरुपमा विद्यालय जाने आउने तथा आफ्नो सुरक्षा आफै गर्न सक्छन् भने बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको सम्पूर्ण रेखदेख व्यवस्था गर्नु पर्ने हुञ्छ । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको मानसिक स्थिति, शरीरको उमेरभन्दा धेरै पछाडि हुञ्छ । उनीहरुको उमेरको तुलनामा मानसिक स्थिति दुई देखि तीन गुणा कम हुञ्छ । यस्तो धेरै फरक भएको कारणले उनीहरुले धेरै व्यवधान तथा समस्याको सामना गर्नु पर्ने हुञ्छ । जबकी एक साधारण बालबालिकाको शारिरिक अवस्था र मानसिक स्थिति समान वा बराबरको मात्रामा हुञ्छ, त्यसै कारण सबै कार्य सजिलै गर्न सक्दछन् ।

बौद्धिक अपाङ्गताको लक्षण,

मुख्य तीन क्षेत्रहरुमा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुले गाह्रो अप्ठेरोको सामना गर्नु पर्ने हुञ्छ, ती हुन् पहिलो शारिरिक सक्षमता, दोश्रो बौद्धिक कार्य र तेश्रो बौद्धिक अशक्तता ।

पहिलो लक्षण, शारिरिक सक्षमता यस्तो स्थिति हो जुन सबै बालबालिकाहरू यसबाट गुज्रिनु पर्ने हुञ्छ जस्तै, बस्ने, उठ्ने, चल्ने, हिड्ने, बोल्ने उमेर अनुसार स्वभाविक रुपले आफै गर्ने गर्दछन् । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरू समयमा बस्ने, उठ्ने, चल्ने, हिड्ने, बोल्ने आदि सजिलै गर्न सक्दैनन् वा गर्नै सक्दैनन् । यही समस्यका कारणले उनीहरू समाजमा सजिलै घुलमिल हुनलाई धेरै असहज भैरहेको हामीले देखिरहेका छौं ।

दोश्रो लक्षण, बौद्धिक कार्य, साधारण बालबालिकाहरू बौद्धिक कार्य राम्रोसँग गर्न सक्दछन् भने बौद्धिक अपाङ्गता भएका बालबालिकाहरू समयमा सोच्ने, सम्झने, पढ्ने, लेख्ने लगायत अरु बौद्धिक कामहरू गर्न सक्दैनन् ।

तेश्रो लक्षण, बौद्धिक अशक्तता, साधारण बालबालिकाहरू खेल्दा, हिण्ड्दा, अरुसँग बोल्दा आदि कुराहरुबाट दैनिक सिकिरहेका हुञ्छन् भने बौद्धिक अपाङ्गता भएका बालबालिकाहरू यसरी आफै सिक्द सक्दैनन् र सिक्न पनि सजिलै चाहँदैनन् ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको व्यवस्थापन,

मानसिक समस्या भएका बालबालिकाहरुलाई बौद्धिक स्तर अथवा आइ.क्यु. वर्गिकरण अनुसार विभिन्न तरिकाहरुद्वारा पढाउनु पर्ने हुञ्छ । उनीहरुलाई व्यक्तिगत सरसफाइ देखि लिएर आधारभूत कुराहरू सिकाउनु पर्ने हुञ्छ । आधारभूत कुराहरू सिकाउन उनीहरुलाई समूहमा राख्नै पर्ने हुञ्छ, जसले गर्दा उनीहरू आफ्नै जीवन बुझ्ने, परिवारबारे थाहा पाउने लगायत दैनिक व्यवहारिक कुराहरू जान्न मद्दत गर्नु पर्ने हुञ्छ ।

उनीहरुको वृत्तिविकासको साथै सामाजिकिकरण गराउन नजिकै वा यातायातको सुबिधा भएको दिवा सेवा वा विशेष विद्यालयमा भर्ना गर्नु नै उचित व्यवस्थापन हो ।

अभिभावकले पनि मनोचिकीत्सक वा मनोपरामर्शदातासँग परामर्श लिएर आफ्ना बालक वा बालिकाको समस्या बारे प्रत्येक्ष कुराकानी गर्दा राम्रो हुञ्छ, तर जो कोहीको बहकाउमा लागेर आफ्नो सन्तानको अवस्था बिगार्नु भने हुँदैन । आफ्नो बालक वा बालिकाको अवस्थालाई बुझेर घरमा उनीहरुको विशेष हेरचाह गर्नु पर्ने हुञ्छ । र अन्त्यमा बौद्धिक अपाङ्गता अभिशाप होइन, समस्या भएका आफ्ना बालक वा बालिकालाई बिस्तारै समाजमा घुलमिल हुन दिनु पर्दछ र उनीहरुको अधिकार पनि हो ।

धन्यवाद ।

Hatemalo Kendra (working for intellectual disabled children & youth)
Budhanilkantha-4, Pasikot, Kathmandu, Nepal
Email: [email protected]
Facebook: https://facebook.com/c/HatemaloK
Twitter: https://twitter.com/HatemaloK
YouTube: www.YouTube.com/c/HatemaloKendra
Google Map: https://goo.gl/maps/F9HLYjt5kYCWdKm2A

2 thoughts on “बौद्धिक अपाङ्गता, यसको लक्षण र व्यवस्थापन”

  1. शब्द, श्रव्य र दृश्यको राम्रो
    शब्द, श्रव्य र दृश्यको राम्रो मिश्रण । नयाँ किसिमको प्रयोग ।

    1. शब्द, श्रव्य र दृश्यको राम्रो
      यहाँकाे अमूल्य सुझावलाइ धन्यबाद ।

      हातेमालो केन्द्र मिति २०६९ साउन २९ गते दर्ता भई बुढानीलकण्ठ नगरपालिका, वडा नं. ४, पासिकोटमा कार्यालय स्थापना गरी यस क्षेत्रका बौद्धिक अपाङ्गता भएका बालबालिका तथा युवाहरुको वृत्तिविकासको साथै दैनिकीमा सुधार ल्याउने उद्देश्य अनुरुप सञ्चालित छ । यहाँ यस केन्द्रको आगामी कार्य योजनाको बारेमा चर्चा गरिने छ ।

      यस केन्द्रको आगामी कार्य योजना निम्न अनुसारको रहको छ ः–
      १) युट्युब च्यानल सञ्चालन गर्ने ।
      २) व्यवस्थित दिवा सेवा सञ्चालन गर्ने ।
      ३) बौद्धिक अपाङ्गता पूनस्र्थापना केन्द्र खोल्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *