Skip to content
ArjunDulal


म त सिक्दछु ज्ञान नयाँ पनले
गर प्यार सधैं भरनै सबले
ममता मनमा म सजाउँदछु
अति तिक्ष्ण छ बुद्धि म बालक हुँ

म रमाउँछु है सब बालपना
म बनाउँछु है अँझ खेल नयाँ
अब सिक्नुछ है अँझ ज्ञानहरू
मन निश्चल छन् म त बालक हुँ

छल गर्दिन क्यै भगवान म हुँ
सबको गहना बलवान म हुँ
मनमा ममता बटुलेर सधैं
पथ जीवनको म त खोज्दछु है

अतिनै जलझैँ म त कञ्चन छु
सत कर्म म सिक्छु म सज्जन हुँ
धरती भरमा छु सुवास म हुँ
जनको मनको सब आश म हुँ

प्रतिभा मनमा म सजाउँदछु
जहिल्यै म त हाँस्छु रमाउँदछु
अब देश म हाँक्छु म चालक हुँ
अति सुन्दर स्वच्छ म बालक हुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *