• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

मनबिनाका भवनहरु

editor — Thu, 01/30/2020 - 17:52

  • गद्य कविता
  • सुजन बुढाथोकी

काठमाण्डौं सहरमा घर बनाएर
राजधानीमा
दरबार बनाएर बस्नुभएको
मेरो धनाड्य दाजु नमस्कार !

दाजु तपाईंले मेरो टहरामा
३ बर्ससम्म बसेर
आफ्नो घर इटहरामा
बनाउनु भयो
बर्खेझरी
गाउँको शीतलहर
पुस माघको जाडो
अनि चैतवैशाखको वायु लहरमा
संसारमै सबैभन्दा सार्हो
गाउँलाई पर्छ।
तर
सहर
हैन
यसैले
मैले दाजुलाई राख्ने रहर गरे।

कति सार्हो हुन्छ
चिसो हावा पानी खडेरी
भोकमारी र बेरोजगारीकै बेलामा
पाहुना आउदा कति गार्हो हुन्छ गाउँलाइ?
तपाईं मेरो छाप्रोमा
लगातार तीन बर्ससम्म बस्दा खासै गर्हो त भएन
मेरो घरमा बसेर मेरै घर छेवैमा
तीन तल्ला घर बनाउनुभयो ।

दाजु गार्हो भएन
गार्हो त मलाई दाजुको दरबारमा बस्न आउदा भयो
दाजुको दरबार
भाषणमा धनभन्दा मन ठुलो
मानवता ठुलो भन्दै हिड्नुहुन्छ दाजु
आगमी निर्वाचनमा कसरी
जनमत सङ्गकलन गर्नुहुन्छ
हामी मध्यरातमा
कसैको जनवार फुकेर आयो भने
उसलाई झुपडीमा एक रात बाधेर
हामी उसलाई भोलि बिहान सबेरैमा
उसलाई उसको घर पठाउछौ ।
कोही पाहुना आएर
तीन महिनासम्म हाम्रो झुपडीमा बस्यो भने पनि
हामी अन्तिममा उसलाई गाडी भाडा दिएर
खुशी बनाएर
दही चिहुरा खुवाएर उसलाई उसको सहर पठाउछौ ।

दाजु !
जब शरीरमा प्रसब पीडा खप्न नसकेर
म वीर अस्पतालमा पत्थरिको अपरेशन गर्न भनेर
सहर आए
तब मैले मेरो कष्टकर तीन दिन र रात
झड्केलो बाउको छोरोको घरमा बिताए

बिराम हुदा केवल अबिरल आराम खोज्छ
तर मलाई दाजुको अग्लो घरको
सोफा पलङ्ग काम आएन
जब म डिस्चार्जपश्चात्
हस्पिटलबाट निस्किए।

रहर थियो
मलाई पनि दाजुको घर आउने
मेरो बारेमा खबर त तपाईंले पनि पाउनु भएकै हो ।
रहर थियो मलाई दाजु घरमा आउने
तर म मेरो सौतेलो दाजुको डेरा गए
दाजु वा
वा !
यो देशको सदरमुकाममा
समरमाथा र गोर्खालीको शिर झै गरेर
सदावहार ठडिरहने टाउकोहरुभित्र
मन रहेनेछ
दाजु रहेनछ
पत्थर र ढुङ्गाले बनेका अग्ला दरबार
पत्थर र ढुङ्गाकै हुदोरहेछ
चट्टानभन्दा पनि बलवान्
कठोर
अनि बलियो
आफू कमजोर माटोको मलिलो घरमा बस्ने मान्छे
भएर होला
मन पनि माटो जस्तै कमसल कमल छ ।
बहत्तरको भूकम्पले कसैको ओइलाएको
अभागी अनुहार र निधार झै
चरक्क चिरा परेका चित्कार
यी बुढा घरहरुमा
हामी कोही पहुना आयो भने
अँझै पनि उसलाई भगवान मान्छौ
अतिथि देवो भव
तर
भूकम्पले पनि नभत्काउने ती विशाल दरबारहरुमा
बारम्बार
कुनै डेञ्जर एरिया झै गरेर
गाउँहरुको प्रवेशलाई भने
पागल र बालकलाई झै गरेर बहिस्कार गरिन्छ?
दाजु तपाईंको महलको बार्दलिहरुमा हेर्नुहोस
कति बर्स भयो तपाईंले बेलायती डागो पाल्नुभएको?

यसैले मनबिनाका ती भवनहरू आउन मलाई मन लागेन ।
दाजु
मन लागेन
खै अब कहाँ नै बाँकीरह्यो र
हामी दुई बीचको सम्बन्धग
भातृत्व
यो सहरमा त बरु पागलहरुभित्र पनि
भावना र मानवता रह्यो
जसरी कि हाम्रो गाउँमा पशु र मान्छे भित्र पनि
प्रगाढ मित्रता भयो।

मान्छे न अट्ने अग्ला अग्ला दरबार ठुलो
कि
सिङ्गो संसार अटाउन सक्ने कटेरो?
आजभन्दा तीन बर्स अघाडी
जब झुपडीबाट कलेज पड्नलाई
मेरो एक्लो छोरो
सहर आएको थियो
यो अपरिचित सहरको विशाल कोलाहलमा
तपाईंलाई नै केवल हामीहरुले
आफ्नो आफ्न्त सम्झिरहेका थियौ
यसैले मैले उसलाई
केही दिनको लागि तपाईंको घर पठाए
तर
तपाईंको परिवारले
के सम्झिए
खै के सम्झिए ?
भाउजूले तीन दिन पछाडि
लु हुदैन
आज अमेरिकाबाट
हाम्रा पाहुना आउदैछन
जसरी पनि आज
यो बेड यो ओछ्यान खाली गर्नु पर्छ
बाबू भन्नुभयो
हाम्रो गरीब गाउमा
एउटा अपरित बौलाहा कुकुरले पनि जिन्दगीभर
भात खाएर बस्न पाउँछ
तर
मेरो छोरो भतुवा थिएन
मेरो छोरो खात्ते थिएन
मेरो छोरो भात्ते थिएन।

मैले यो सहरका हर मानिसहरुलाई
आफ्नै आमाका छोरा
नेपाल माताकै सन्तान सम्झिन्थे
यो सहरका हर इन्सानहरुलाई
म मेरो दाजु भन्ठान्थे
तर किन दाजु
तपाईंले मेरो
छोरोलाई भने आफ्नो भतिज भन्ठान्नु भएन ?

सायद,बिर्सिनुभयो बिगत
रगत समान हाम्रो त्यो आत्मिक बन्धुत्व
आफू जन्मिएको गाउँ
आफ्नै अस्तित्व
आफू हुर्किएको ठाउँ
सायद,
बिर्सिनुभयो बिगत यही ठाउमा
दुख पाएर
त्यही सहरमा आएर
दुई छाक टार्नुभएको ईतिहास
आफ्नै ईतिहास
तपाईंले आज हाम्रो हृदयसँग
हार्नुभयो दाजु
हार्नुभयो।
भाउजूले किन तीन दिनभन्दा बढी बाँस दिन
सक्नुभएन ?

खै के सम्झिनुभयो भयो हामीहरुलाई
खान नपाएर
गाउबाट एक गाँसको लागि भिख माग्न सहर आएको भतुवा
या लाउन नपाएर एक थान कपास माग्दै सडक किनारमा नाङ्गै हिडिरहेको बटुवा
खान नपाएर घर घरमा आएर भात खाइरहेको भात्ते
चामल मागिरहेको भिखारी
या, गाउको बेरोजगारीबाट सहर आएको पाखे
या भन्नुहोस दाजु
या यी सबै खोसिएर
एकसाथ गाँस बाँस कपास खोज्दै हिडिरहेको कुनै
सुकुमवासी ?
भन्नुहोस दाजु
आखिर के सम्झिनुभयो हामीहरुलाइ?

तर
हैन दाजु हैन हाम्रो पनि घर छ
हाम्रो पनि तपाईंको मनभन्दा पनि ठुलो भवन छ
हामी सिङ्गो देशलाई घर भन्ठान्छौ
हामी नेपाललाई घर मान्छौ
यी यावत कुराको लागि मैले
पैले मेरो छोरोलाई तपाईंको घर पठाएकै हैन
गाउँमा जाबो एउटा मुला मुसाले पनि
हाम्रै घरको यी अब चिज भोग विलास गर्छ
हामी मुसालाई पनि हाम्रै परिवार मान्छौ
किनकि ऊ पनि हामै घरमा बाँस बस्छ
धान चामल चोरी चोरी खान्छ
तर
हामी,उस्लाई भ्रष्टचारी भन्ठान्दैनौ
बरु भिखारी मान्छौ
भिख र दानमा
ईश्वर
र
भगवानको रुप हुन्छ
हामी मुसालाई भगवान मान्छौ ।

मैले मेरो छोरोको समाचार सुनेर
उसलाई अब सेकेण्ड पनि
दाजु दरबार नबस बनेर
उसलाई मैले मेरै आदेश अनुसार
बसपार्कको गेस्ट हाउसमा पठाए
मलाई थहा थियो
बसपार्क सहरकै एउटा कुख्यात
बसपार्क बिग्रिएको ठाउँ हो ।
मैले मेरो छोरोलाई
केही दिनको लागि
रुम रेन्टमा राखिदिए
ऊ सधैको लागि तपाईंको घरमा बाँस बस्न आएकै थिएन
खै ती धनिहरुले के सम्झिए सम्झिए
के सम्झिएर रातारात बनबास लखेटेर पठाए
मेरो छोरो केवल केही दिनको लागि त्यहाँ आएको थियो

किनकि,
मैले नै उसलाई रुम नपाउञ्जेलको लागि
केही दिन त्यहाँ बस्न पठाएको थिए।

बिराम पर्दा यो सहरको कोलाहलमा
रहर थियो मलाई मेरो दाजुको घरमा आउने
माफ गर्नुहोला दाजु
तर
आउन सकिन

किनकि मेरो मनलाई
बिगतका इनै कुराहरुले बदनाम
र बेइज्जत बनाइरहेको थियो।

रहर थियो मलाई पनि यो सहरमा
बिराम पर्दा
दाजुको दरबार आउने
तर
अस्पतालमा मैले एकसाथ
यस्तै यस्तै सम्झिरहेको थिए ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 9
  • 70 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    2 days 4 hours ago
  • आभार
    2 days 23 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 days 23 hours ago
  • आभार प्रकट गरे
    1 week 22 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 1 day ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 1 day ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 1 day ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 1 day ago
  • एकदम सान्दर्भिक
    1 week 2 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • विद्यार्थी हुँ म
  • मिथिलाक किसान
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • शुभ दिन बिहानीको
  • हाम्रो बारेमा
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • गजल ( बिर्सिएको छैन आमा )
  • कोरोना भाइरस
  • देशभक्त हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • म पानी हुँ
  • महलकी रानी
  • प्रेम पाप होइन
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • शुरुशुरुमा
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • पुराना कुरा
  • भुइँमान्छेका छायाँहरू
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • अहिलेको दशै

Last viewed:

  • स्याल र मृग
  • हामी
  • यस्तो पनि हुँदो रैछ
  • वशमा छैन
  • तिम्रो हृदय
  • कति माया लाग्छ
  • पुतली
  • कमल र गुरॉश
  • ए प्लस
  • लौन अब जाग्नु पर्छ
  • झुपडीको कथा
  • प्रेमरूपी समुद्रमा
  • सागरका निश्चल ती
  • आगो सल्कन्छ
  • तृष्णा
  • मुस्कुराउँदै जब तिमी उदाउँछौ
  • आँशु लिएर नआऊ
  • गरीब
  • लेख्नु पर्छ गजल
  • सुसेली हाल्दै उकाली
  • भगवानको डायरी
  • नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो
  • देश बनाऊ
  • समर्पण
  • मलाई माफ गरिदेऊ
  • गाउँकी ठुली
  • धर्धरी रुवायौ नि आमालाई
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • तिम्रो सम्झनामा
  • मेरो जन्मदिन
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित