Skip to content

दादा र बहिनीको मर्मिक कथा


एउटा सानो र खुसी परिवार थियो । बुवा मास्टर र आमा समाजसेवी, तिनका एक छोरो र एक छोरी थिए । छोरो भने आठ वर्ष र छोरी चैँ तीन थिइन् । ती दुई दादा-बहिनीको जोडी आहा ! यति मिल्दो थियो कि सबै अचम्म पर्थे।

तिनको मायालाई शब्दमा बयान गर्न कठिन थियो । बहिनीको आँखामा आशु दाजुले देख्न सक्दैनथ्यो। आमाले बहिनीलाई पिट्दा दाजु आमालाई नहान्नून भनी आमालाई बिन्ती गर्थ्यो । त्यो देखेर बुवालाई नराम्रो लाग्थ्यो र आमालाई गाली गर्नुहुन्थ्यो ।

दाजुलाई पिट्दा बहिनी रुने, बहिनीलाई पिट्दा दाजु रुने । यो देखेर आमालाई पनि पिट्न मन लाग्थेन।

तिहारको दिन थियो, हरेक वर्ष झै त्यो वर्ष नि आफ्नो बहिनीको लागि बचत गरेको पैँसाले सानो गिफ्ट किनेर प्याक गरेर दिन्छ । बहिनीको मनमा खुल्दुली हुदैँ थियो कि यस् भित्र के होला ? उनले मन थाम्न सकिन्न र गिफ्ट खोलीन् त्यस भित्र #Teddy_Bear देखेर यति खुसी हुन्छु कि त्याबाट उठेर दाइको अँगालोमा बाधिएर #I_love_you_दादा भन्छे, बहिनीको त्यो खुसी देखेर बुवा-आमा र दाजुको मन खुसी थियो ।

बिस्तारै बिस्तारै दिनहरू बित्दै गए, दाजु-बहिनी ठुला हुँदै गए । बहिनी ८मा पढ्ने र १३ वर्षकी भएकी थिइन् । र दाजु १२ पास गरिसकेर घरमै बसेका थिए र उनी १८ वर्षका जवान भइसकेका थिए।

एक दिनको कुरा हो । दाजुका साथीहरू पढ्नको लागि बिदेशतिर जान लागेको कुरा सुन्छ र घरमा आमाबुवासँग म पनि बिदेश पढ्न जान्छु भन्छ । आमाबुवा अचम्म पर्नुहुन्छ र भन्नुहुन्छ, “बाबु आज अचानक बिदेश जाने कुरा किन ?”

केटो केही उत्तर दिन सक्तैन ।

आखिर कस्को आमाबुवालाई आफ्नो छोराछोरी ठुलो मान्छे भएको हेर्ने मन हुन्न र । अर्को दिन आमाबुवाले छोरासँग बिदेश पढ्न पठाउने कुरा भन्नुहुन्छ । त्यो कुरा बहिनीले सुनेपछि एकछिन खुसी हुन्छिन् । तर पछि झन ४,५ वर्षसम्म घर नआउने कुरा सुन्छिन् । बहिनीको मनमा घेरै ठुलो चोटलागे जस्तो हुन्छ । एक छिन एकअर्कासँग नबोली, नदेखी बस्न नस्कने दाजुबहिनीको आमाबुबालाई चिन्ता लाग्न थाल्छ ।

⚠ केही दिनपछि …..

दाइको भिसा लाग्छ र बिदेश जाने तयारी गर्छ ।

अर्को दिन, दाइ चार बजेको बसको टिकट थियो । घरबाट छुट्टिने समय हुँदै थियो।

दाइ बहिनीलाई भन्छ, “राम्रोसँग पढ्नु, बुवाले भनेको मान्नु, आमालाई काममा सघाउनु, समयमा खाना खानु । अनि मेरी प्यारी परी मलाई सम्झेर रुने होइन फेरि । तिम्रो दादा बिदेशबाट आउँदा तिम्रो लागि ल्यापटप लिएर आउँछ, घरमा मिलेर बस्नु ।”

आमाको आँखामा आँशु टह-टह टल्किदै थियो ।

आमालाई ढोक्दै, “आमा चार वर्षको त कुरा हो नि । त्यसपछिसँगै ठुलो र राम्रो घरमा खुसीले बसैँला । हजुरहरुको सपना पुरा गरेर आउनेछु ।”

बुवालाई ढोक्दै, “बुवा हजुर मन सानो नपार्नुस्, हजुरबाट त मैले हौसला पाउँछु । हजुर त ! मेरो तागत र इज्जत हुनुहुन्छ, हजुर नैँ कमजोर भए मैले कसेरी चार वर्ष बिदेशमा काट्ने ?”

आमा-बुवाको आशीर्वाद र बहिनीको माया साथमा लिएर बिदेशतिरको यात्रा सुरु हुन्छ ✈✈✈

कुनै दिन, होहल्ला र सुखले भरिएको घर, छोरो बिदेश गएपछि सुनसान थियो । आमा छोराको यादमा टोलाइरहन्थे र बुवा उनीहरुलाई हौसला दिरहन्थे। कहिले काही छोराको याद आउदा दारु पिएर मन शान्त राख्नु हुन्थ्यो ।

बिदेशमा पुगेको केही दिनपछि पढाइ सुरु गर्छ र बाँकी समयमा काम गर्थ्यो । दिनहरू राम्रैसँग बितिरहेका थिए।

बिदेशमा पढ्न गएको, दाइको पढाई सकिन २ वर्ष जति थियो अचानक बहिनीको बिहेको कुरा सुन्छ र एक छिन त आकाशबाट कसैले धकालेर धर्तीमा खसे जस्तो महसुस हुन्छ । आमासँग फोन गर्दै सोध्छ, “आमा के बहिनीको बिहे हुने कुरा सत्य हो ?”

#आमा “हो ! बावु सत्य हो, केटो खान्दानी र इज्जतदार घर परिवारबाट हो ।”

#छोरो “बहिनी त भर्खर १५-१६ वर्षकी छे, यति सानै उमेरमा बिहे गर्ने रे । किन आमा ?”

#आमा “तँ धेरै जान्ने नहो, या तेरी बहिनी र केटाको मन मिलिसक्यो । केटो महिनाको २-३ लाख कमाउँछ ।” यति भनेर छोराको केही कुरा नसुनिकन फोन राख्छिन् ।

केही दिनसम्म घर परिवारसँग कुराकानी हुदैन । बिदाको दिन थियो । बहिनी दाजुलाई Imoबाट फोन गछिन् । तर दाइको कल नउठेपछि एक छिन चिन्तित हुन्छिन् र एक छिन पछि बहिनीको फोनमा दाइको फोन आउँछ। बहिनी धेरै खुसी हुन्छे। फोन उठाउदै….

#बहिनी “दादा, हजुरको पढाइ कस्तो हुदैछ ?”

#दाइ (हास्दै) “राम्रै छ,”?

उनीले भनिन्, “यस पालीको दशैँ तिहारमा घर आउन हुन्छ ?”

#दाइ “नाई बहिनी आउन मिल्दैन ।”

बहिनी केही भावुक भएर भनिन् ,”अनि मेरो बिहेमा नि ?”

#दाइ “खै, के हुन्छ था छैन ।”

बहिनीले झनै अँध्यारो अनुहार पारेर भनिन् “अनि हजुर पनि जाने होला नि मलाई पुर्याउन ?”

मेरो अनुहार अँध्यारो भैसकेको थियो। मैले सानो स्वरमा भनें, “खै! के हुन्छ यताबाट आउन नमिल्ला जस्तो छ । केटाको घर कता हो नि ?”

बहिनी “India, उहाको ठुलो कम्पनी छ र बसाई पनि त्यतै हो ।”

दाइले फेरि भने, “अब त तिमीले टीका लगाइ दिने पनि कहिले हो कहिले खै बिहेपछि त झन टाढा पो हुन्छौं।”

उनका आँखा भरिइसकेका थिए। उनले केही बोलिनन्।

बहिनीका आँखाबाट आशुको एउटा ढिक्का बाहिर निस्की हाल्यो। उनले हातले आँसु पुछ्दै बोलिन् “म भोलि कल गर्छु नि।”

उनी रोएको देखेर दाइको पनि आँखा रसिला भएर आए। दाइलाई थप केही बोल्न आएन। बहिनीले आँसु देख्लिन् भनेर अर्कापटि अनुहार पारेर भनें “ल ल म काममा जान्छु अब। भोलि कुरा गरौंला।” यति भनेर Imo बन्द गरे ….

केही दिन पछि बहिनीको विवाह थियो । बिदेशमा पढ्न गएको दाइ खुसीका साथै दुखी पनि थियो ।

घरमा उसले बहिनीको बिहेमा आउन सकिन्न भनेको थियो तर एउटा दाजुको मन त हो ! बहिनी पनि एउटै थि अनि जुन बिहीनिलाई आफूभन्दा धेरै माया गर्थ्यो त्यै बहिनीको बिदाइमा नजाने त कुरै भएन । उसले कलेजमा आफू बिरामी भएको र केही दिन कलेज नआउने जानकारी गराउँछ ।

उता घरमा बहिनीको बिहेको तयारी हुँदै थियो यता दाजु बहिनीको लागि गिफ्ट लिएर जहाजमा घर आउने तयारीमा थियो । भोलिपल्ट दाइको फ्लाइट थियो, अघिल्लो रात दाजुको लागि काल बनेर आयो ।

अर्को दिन उता घरमा बहिनीको बिहे हुँदै थियो । अर्कोतिर खुसीका साथ बहिनीको बिदाइ गर्नको लागि जहाजमा घर आउने दाइ जहाजमा लास भएर आउदै थियो ।

बहिनी दाइसँग कुरा गर्छु भनेर दाजुलाई कल गर्दै थिइन् तर उनीलाई के था उनको दाजु अब यो संसारमा हुनुहुन्न भनेर । धेरै पल्ट फोन गरिन् तर लागेन । उनी भित्राभित्रै धेरै दुखी थिइन् जुन दाइलाइसँग दिनमा एक चोटि नबोली बस्न सक्थिनन् । त्यही दाइ आज उनको बिहेको दिनमा उनलाई बिदाइ गर्नको लागि थिएन ।

घरबाट बहिनीको बिदाइ भइसको थियो।

बहिनी बाटो दोर्याउन माइती घर आउदै थिइन् ।

त्यही दिन बहानै एउटा पुलिसको जीव र लासको बाकस राखेको गाडी लिएर बिदेशमा बस्ने दाजुको एक साथी आउदै थियो । घरको आगँनमा पुग्दा, आमा रुदै आउनु भयो । छोराको लास देखेर आमा रुँदै “मेलै हिजो राति तलाई सपनीमा देखेको थिए छोरा, तेलै मलाई किन यो सब भनिनस् हँ ?” भन्दै कराउदै रुदै थिइन् ।

बुवा पसलबाट घर पुग्दै थिए, बाटैबाट घरमा धेरै मनिस देखेर दौँडिदै आइपुगे । छोराको लास देखेपछि बुवा भुइमा छच्चक बस्नुहुन्छ र धुरुधुरु रुन थाल्छन् । आमाबुवाले त ! उनीलाई पढ्न पठाएका थिए तर घर आउदा लास भएर पो आएछन् । बहिनी र ज्वाई साप पनि पुग्छन् बहिनीको मन टुटेर छियाछिया हुन्छ । आफूलाई आफूभन्दा धेरै माया गर्ने दाजुको लास हेर्न त गारै हुन्छ नि । ?

दाजुको लाससँग टासिँदै रुदै थिइन् र भन्दै थिइन् “दादा हजुरले हामी सबैलाई किन छोडेर जानु भाको, केही बोल्नु न दादा “?

त्यो दृश्य देखेर त्यो घरमा जम्मा भएका छिमेकी पनि रुन थाले । कुनै दिन त्यो घरमा दाजु हुदा खुसीले भरिएको घर आज त्याहाँ रुवाबास थियो ।

अर्को दिन लास पोल्न जादा दाइको साथीले बहिनीलाई दाइले लेखेको डायरी दिन्छ । त्यो डायरी कसैलाई थाहा नदिई बहिनी राख्छिन् र घर गए पछि पढ्नको लागि खोल्छिन्।

(डाईरीभित्र लेखेको)

“मेरी प्यारी आमा । आज मसँग धेरै समय छैन जस्तो लाग्दैछ । हिजो राति म कोठामा जादै थिएँ, त्यतिकैमा केही लुटेराले मसँग भएका पैँसा लुटेर लगे र मलाई खुकुरी हाने । अहिले म अस्पतालमा छु, म बाँच्छु या बाँच्दिन थाहा छैन । बुवा हजुर यदि म मरें भने मलाई माफ गरी दिनु है । मैले हजुरको सपना पुरा गर्न सकिन र घर परिवारको ख्याल राख्नुहोला । हुन त आज बहिनीको बिहेको दिन । ऊ मसँग रिसाकी होली । तर बहिनी मैले तिम्रो बिहेका लागि गिफ्टका साथ घर आउँदै थिएँ । आज मेरो फ्लाइट थियो । तर म आज हस्पिटलमा घाइते अवस्थामा छु । आमा बहिनी माइत आउदा मेरो मायाको कमी हुन नदिनु है । अनि हजुर पनि मलाई सम्झेर बेलाबेला नरुनु नि फेरि । समयमा खाना खानु हैँ आमा । बहिनी तिहारमा दाइ छैन भनेर नरुनु है, छिमेकी काकीको छोरो भुन्टेलाई टीका लगाउनु । आमा-बुवा,बहिनी हजुरहरुले मलाई सम्झिंदा हजुरको आँखामा आशु होइन मनमा खुसी र माया होस् ।”❤❤❤

?॥ धन्यवाद ॥ ?

#लेखक : Anmol_Bist
कञ्चनपुर, नेपाल (सुन्दर सुदुरपश्चिम)

https://www.facebook.com/anmo154/posts/125915322303576

Leave a Reply

Your email address will not be published. Required fields are marked *