Skip to content
MeghRajDhakal


आए छ मेरो दिन जन्म मान्ने
बालेर बत्ती अँझ केक काट्ने
आओ रमाओ सुखमा रमाओ
खाएर नाँच्ने घर पो सजाओ ।

हो मुर्ख मान्छे किन लेख्छ आज ?
लाँए त लाँए सब माझ ताज
पैरेर हिंड्दा कति सभ्य बन्छु
नौला नयाँमा अँझ प्यार दिन्छु ।

कोरेर नक्शा घरमा त मैले
राम्रो बनाए अँझ देश अहिले
काटेर भागै सबमा लगाए
जन्मोत्सबैको सुख पो मनाए ।

मारेर प्राणी जब भाग लाग्छ
खण्डै अखण्डै तब बन्न थाल्छ
बाँडी कलेजो अँझ भाग तान्दै
उफ्रेर नाँचौ सुर पान गर्दै ।

भोका थिए लौ जब खान पाए
मीठो न मीठो सब पो अघाए
बन्दै त जम्मा सब बोल्न पाँए
पास्नी अरूको अँझ गीत गाए ।

बाजा बजाई जब नाँच्न थाल्छन्
भाँचेर कम्मर् अँझ घुम्न थाल्छन्
हाम्रो छ राम्रो मन बुझ्न सक्छौँ
पेवा छ सत्ता बलियो कहन्छौँ ।

पुग्छौ त हामी सब चन्द्रलोक
खोजिन्छ सस्तो सब बस्तु थोक
तिर्छौं त चर्को जब मूल्य सारो
सम्पन्नभन्दा किन चढ्छ पारो ?

आस्थाहरूको जब पुञ्ज भत्को
नेताहरूको अनि मोल चर्को
बाटा अनेकौ धन सँच्नु पर्ने
बुन्दै गएछन्,किन रोष गर्ने ?

हो दुःख मैले पहिले गरेको
बाचा कबोलै उहिलै गरेको
बन्दै त बन्दी थुनिदै बसेको
बुझ्दै न बुझ्ने किन यो भनेको

जोगी न बन्ने सुख शर्त रीति
गर्ने कला हो बुझ राजनीति
ढाँटेर बस्ने नब सभ्यता यो
गर्ने त मज्जा गणतन्त्रमा हो ।
१०

यो सत्ता हाम्रो अबरोध हुन्न
गर्छौ तमाशा कहीं खोज छैन
गर्छन् भने जो भड्खार भित्र
जाकिन्छ आफै अनि पो विचित्र ।
११

खाएर आफ्नो थलिया छ खोज्दै
चुठ्नै त खोज्ने अँझ सभ्य भन्दै
गर्ने अनौठौ किन खेल आज
बुझ्दै नबुझ्ने किन भो समाज ?
१२

कल्ले छ भन्ने अँझ पढ्नुपर्ने
जान्ने र बुझ्ने परकै छ बन्ने
सुन्दा सबैको दिल दुख्न थाल्छ
सोचै नमिल्ने किन भो समाज ?
१३

भन्छन् सबैले छ समाजवाद
गर्छन् त पैले अँझ व्यक्तिवाद
बन्दै छ गाउँ परदेश जस्तो
खै सभ्य नापो किन हुन्छ सस्तो ?
१४

नेताहरूमा किन द्रव्यमोह ?
बढ्दै छ आज घरमा गिरोह
इच्छा छ उङ्को विलास भोग
घट्दै नघट्ने किन यस्तो रोग ?
१५

पर्दैछ मुर्छा सब अर्थतन्त्र
भन्दै छ नेता अँझ लोकतन्त्र
नौलो छ के खै ? बिधि को छ बुझ्ने ?
जे देख्छ लेख्छौँ, कलमै नरोक्ने ।
१६

डा.मेघराज ढकाल

(छन्द – इन्द्रवज्रा)

1 thought on “कलमै नरोक्ने”

  1. मेघराज सर नमस्कार ।
    कविता ता

    मेघराज सर नमस्कार ।
    कविता ता निकै निकै राम्रो देखियो । तर वर्णविन्यासमा किन ध्यान दिनु भएन । अरुको कुरा ता छाडौं मूर्ख शब्द दीर्घ हुन्छ भन्ने ता हजुरले बुझ्नु पर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *