Skip to content

कोरोनाबाट सचेत बनौँ ।


अहिले विश्वमा कोरोना सबैभन्दा बोलिने शब्द अनि भाइरल भएको छ । कोरोनाले विश्वलाई गाँजेको छ । कोरोनालाई नोभेल कारोना कोभीड १९ नाम दिइयो । कोरोनाको सङ्क्रमणबारे सकेसम्म छोटो र प्रभावकारी रुपमा चेतना फैलाउने उद्देश्यले अभिप्रेरित भएर यो लेख तयार गर्दा सम्मन १लाख नाघिसकेको छ । १४ दिनपछि पनि भाइरस देखा पर्ने भएकाले चाइनाबाट आएका नेपाली विद्यार्थीहरुलाई १४ दिन अलग्गै राखेर परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण देखिएन । उनीहरुलाई ठुलै युद्ध जितेसरी खुसी तुल्यायो । भारतको भनाइमा उनीहरू असल छिमेकी चिढ्याउन चाहन्नन् त्यसैले कोरोना देखाउँदैनन् । तर नेपाल सरकारले तथा नेपाली जनताले उच्च सतर्कता अपनाएकोमा दुईमत छैन । अर्को कुरा नेपाल एकाध जीवजन्तुको मासुमा आश्रित भएता पनि अन्य विश्वका सबै देशहरुजस्तो भएभरका पशुपञ्छीहरुलाई हत्या नगर्ने धर्मको आस्था राख्ने देश भएर पनि हो । यसको उच्च सतर्कता शाकाहारी हुनमा पनि छ, यसमा दुईमत छैन ।

एकतिर विश्वका वैज्ञानिकहरू भरमग्दूर प्रयासरत रहेता पनि कोरोना भाइरसको अहिलेसम्मन् औषधी पत्ता लागेको छैन । यसको डरलाग्दो पक्ष यही हो । अहिले होलसेलमा समेत कतै पनि दुईरुपियाँ वाला सर्जिकल मास्क पाइन्न । ३० देखि ६०सम्मन तिर्दा फुटकर पसलहरुमा पाइन्छ । बेपारीले यो समयमा फाइदा उठाएको भनेको यही हो । जस्तो कि इन्धनको कालो बजारी गर्ने चुतिया काम नाकाबन्दीका बेला भयो । चाइनाले पनि छुट्टै स्थानमा तत्कालै तुरुन्तै कोरोनाका लागि ठुलो अस्पताल बनाएर सह्राहनीय काम गरेको कुरा विश्वका लागि राम्रो पक्ष हो । नेपाल अहिले चाइनासँग सीमा बन्दी भए पनि मास्क बाहेक कुनै पनि कुराको सङ्कटमा फँसेको छैन ।

अत्यावश्यक कुराहरू चाहिनेभन्दा बढी स्टक नराख्दा राम्रो हुन्छ । यसले पहिलेजस्तो आम जनताहरू अघोषित नाकाबन्दीको मार सहनुपर्ने छैनन् । यसप्रति सजग भएकाले अहिले आम जनता कुनै पनि सामान पाउँदैन भनेर भटाभट किनेर थङ्क्याएर कृतिम अभावको मारमा परेका छैनन् यो नै आजको नेपालीहरुको सङ्कटमा नफस्ने अनि हौवाको पछि नलाग्ने पक्षको सह्राहनीय पक्ष हो ।

बजारमा अहिले यो कोरोना भाइरस बेसार खानेलाई हुन्न रे त्यसैले नेपालमा यसको नामोनिशान छैन । चाइनाले सबै मास्क उठाएर लग्यो । कोरियामा कोरोना लाग्नेलाई गोली हानी मारिरहेका छन् । कोरोना अमेरिकाले चाइनामा ड्रोनले पठाएको । मुला खाएर डकारेपछि कोरोना भाग्छ । कडा रक्सी खाए कोरोना भाग्छ आदि हल्ला चलिरहेका छन् । कोरोनालाई कुनै सीमाले रोकेन । चाइनामा सुरु भएको भनिएको कोरोनाले चाइना, कोरियाबाट छलाङ्ग मारेर विकसित देशै भएपनि इरान, इटलीलाई बढी गालिरहेको छ । इटलीले त आफ्ना १ करोड ६० लाख जनताहरुलाई क्वारेनटाइनमा राखिसकेका छन् ।

कोरोनामा ज्वरो आउनाको कारण के भने यो भाइरसलाई खत्तम पार्न शरीर तात्तिने कारण नै हो । कोरोनाको भाइरस तातोमा सक्रिय हुन सक्दैन । लुगा सुकाएर लगाउने । खानेकुराहरू तातो मात्र खाने । भीडभाडमा मास्क नलगाई नजाने । कुनै हुलमुलको सभा, बजार आदिमा नजाने । पशुपञ्छी विशेष गरी जङ्गली अनि छाडा आदिसँग असुरक्षित सम्पर्कबाट टाढा रहने । कुनै पनि कुराहरू अरुबाट नलिने । सरसफाइमा ध्यान दिने । मास्क पनि युज एण्ड थ्रो वाला सर्जिकल मास्क त्यो पनि मेडिकलको अलकोहलको ड्रप राखी प्रयोग गर्दा राम्रो हुन्छ । कुनै पनि अरुले छोइसकेको जुनसुकै ठाउँमा हामीले यदि छोएका छौँ भने हात धुने बानी बसाल्नुपर्छ । तातो पानी खाने बानी बसाल्ने गर्नुपर्छ । पर्याप्त भिटामिन सी युक्त खाद्यपदार्थ खानुपर्छ । साथै यसै मेसोमा आएको होली पनि यसपाली बेग्लै किसिमले कोरोना सङ्क्रमण नहुने किसिमले मनाउँनु पर्ने देखिन्छ ।

कोरोना तातोमा सक्रिय हुन नसक्ने भएकाले चैत्रको पहिलो सातापछि नेपाल सरकारले लागु गरेको नियमानुसार १ महिना विद्यालयहरू बन्द भएपछि यो हाम्रा विद्यालय पढ्ने वालवाालिकाहरुका लागि धेरै राम्रो पक्ष हो । अहिले एक महिनासम्म हामीले सावधानीको कडा नियम अपनायौँ भने त्यसपछि त गर्मी सुरु भइहाल्छ । यो हाम्रो देशका लागि मात्र हो । अन्य देशमा यदि चिसो मौसम बाँकी छ भने यो अँझै खतराको समय त्यस स्थानका लागि हुनेछ । गोष्ठी, सभा, समारोह, पार्टी, आदि जनसभाहरू आजको प्रविधियुक्त सामाजिक सञ्जालको उच्च प्रविधि अनलाइन् मार्फत गर्न सकिन्छ । आशा गरौँ कोरोना वैज्ञानिकहरुको सह्राहनीय प्रयासबाट विश्वभरि प्रकोप हुनबाट जोगिई उपचारको पकडमा आउनेछ ।

२०७६ फागुन २५
बिजु सुवेदी विजय
भकतजन मार्ग, कुलेश्वर, काठमाण्डौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *