Skip to content

बाहिर बसी पर्खिरहे छ मृत्यु

बाहिर बसी पर्खिरहे छ मृत्यु त्यसैले हाल लकडाउन छ
आफै फैलिएको छैन भाइरस त्यसैले हाल लकडाउन छ

कृपया फेरि सोच्नुस् जसलाई लाग्छ सामान्य भाइरस हो
जिन्दगी नै खोस्छ आफन्तको त्यसैले हाल लकडाउन छ

साथ हुँदा त खुसी हो नत्र अति नै पिडादायी बनेर जान्छ
बसौं एकान्तमै ननिस्की बाहिर त्यसैले हाल लकडाउन छ

कहर छ त्रास छ है कोराना संक्रमण अति नै खराब छ
लिएर गम्भिर यो संक्रमणलाई त्यसैले हाल लकडाउन छ

हुर्किएको यो जिन्दगी संसारकै लागि जोडौं है मानवता
आफू बाँचौं अरुलाई बचाऔं त्यसैले हाल लकडाउन छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *