Skip to content

चिकित्सकहरुको युद्ध


हेर्छु शरीरबाट बगेको खलखल पसिना उनको
हेर्छु मनबाट बगेको लगनशीलताको धारा उनको
हेर्छु धड्कनबाट बगेको धैर्यको सागर उनको
हेर्छु सबलाई जीवनदान दिएर आएको मुस्कान उनको

खेलेर आफ्नो जानमाथि फर्काउछन् अरूको जिन्दगी
छाडेर आफ्नो मायामोह दिन्छन् अरुलाई सेवा र सत्कार
ख्यालमा छ ममताको खानी, आँखाभित्र लुकेको छ दर्द
तेज हुन्छ धड्कन, ठरठर शरीर तर अरूलाई गर्छन सकुशल

जब मिलाउछौ सय मान्छेको कर्म तब बन्छन् एक चिकित्सक
दिन्छन् तनबाट बग्दै गरेको आमाको ममता, जीवनको उपकार
विपतको बेला हेर मठ, मन्दिर, मस्जिद, चर्चमा ताला लाग्छ
सबको हितलाई स्वास्थ्यकर्मीको रूपमा ईश्वर बाहिर आउछ

सुयोग अनुप झा
१०-मिथिला बिहारी, धनुषा
प्रदेश न २, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *