Skip to content

रगत पोखी माटो मुछे सुन्य-सुन्य हातलाग्यो
महल,गाडी,भत्ता बुझे शहिदहरुको खात लाग्यो

केको झरी- केको बर्षा पसिनाले बीज भिज्यो
इज्जत लुटे, सम्मान लुटे झुठै झुठको बात लाग्यो

बिमार स्वास्नी- दबाई पानी थाप्लोभरी रीनपर्यो
तोप बोकि निष्ठा भूटे बेईमानिको मात लाग्यो

उदाउँछकि नौलो बिहान नेताज्यूको चुनाव आयो
आश्था बिश्वाश सम्मान् छुटे औँसीको रात लाग्यो

आशा हाम्रो टुट्नु हुन्न बोली आवाज औजार लिई
मन, बिचार, मान्छे मिले सगरमाथा साथ लाग्यो

7 thoughts on “गजल”

  1. आलोक जी , अफलाईन को सन्देश
    आलोक जी , अफलाईन को सन्देश पढेँ । रदिफ र काफिया को तालमेल ठिक छ , अब मिटर , अनि शेर मा तौल अलि बढाउने कोशिस गर्यो भने सुनमा सुगन्ध । यो शेर चाही बिशेष मन पर्यो ।
    उदाउँछकि नौलो बिहान नेताज्यूको चुनाव आयो
    आश्था बिश्वाश सम्मान् छुटे औँसीको रात लाग्यो

    लेख्दै जानुहोला बाँकि समय अनुसार सिकिदै गईन्छ होइन र ।

  2. दामी जान थाल्यो। शुरुको शेरनै
    दामी जान थाल्यो। शुरुको शेरनै सबभन्दा सटिक छ!

    रगत पोखी माटो मुछे सुन्य-सुन्य हातलाग्यो
    महल,गाडी,भत्ता बुझे शहिदहरुको खात लाग्यो

    1. साच्चै दामी गएकै हो
      साच्चै दामी गएकै हो यसपाली,
      वाह! अशोक जी खुब मन परे !

  3. हौसला र शान्त्वनाका
    हौसला र शान्त्वनाका थुम्थुम्याईहरुको सादर आत्मसात गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *