Skip to content


सुश्री कोरोना!
तिम्रो नाम जति सुन्दर छ
काम त्यति नै कुरुप रहेछ
तिम्रो आकार जति सूक्ष्म छ
बिनाश त्यति नै विशाल रहेछ
तिमी समरकी कप्टी रिपु रहिछौ
अदृश्य बनी दुरबाट तीर ताक्ने
तिमी निराकार प्राणहरक परिरहिछौ
स्पर्शमै जीवरक्तमा जहरसेचन गर्ने
सुश्री कोरोना! फर्क तिमी तिम्रै लोकमा
तिम्रा कहरले धर्तीमा सन्त्राश छ
तिम्रा ठक्करले जीवहरुमा अत्याश छ

हत्यारी कोरोना!
हाल यहाँँ
तिम्रा तिरहरुलाई छेक्ने ढाल छैन
तिम्रा वेगहरुलाई मोड्ने पर्खाल छैन
तिम्रा बिषहरुलाई ओकल्याउने ओखती छैन
तिम्रा दुश्कर्महरुलाई रोक्ने कानून छैन
तर ढुक्क नहोऊ पापीनी कोरोना
तिमीले हानेका तिरहरू तिमितिरै फर्कनेछन्
तिम्रा बौलाहा वेगहरू रोकिने कवच बन्नेछन्
तिम्रा जहर काटने अश्रहरू बन्नेछन्
तिमी परपीडकलाई थुन्ने कालकोठरी बन्नेछन्
तिमीलाई म चेतावनी दिन्छु
फर्किहाल तुरुन्तै तिम्रो लोकमा
नत्र तिमीलाई पछुतो हुनेछ

सुश्री कोरोनासँगको महायुद्धमा होमिने
नमस्कार ती स्वास्थ्यकर्मीहरुलाई
सलाम वालेकुम ती सुरक्षाकर्मीहरुलाई
हेल्लो ती पवित्र पसलेहरुलाई
नमन ती पुज्य स्वयमसेवकहरुलाई
जसले स्वार्थ,धर्म,भाषा र सीमानाको धरातल नाघेर
आफू मरेर अरुलाई बचाउदै छन्
आफ्नो पीडा बिर्सेंर परोपकार गर्दैछन्
आफ्नो संकट मिचेर परसेवा गर्दै छन्

सावधान हे पीडकहरू हो
सावधान हे त्रशितहरू हो
हामीले अनुशासित एकताबद्द भएर अनि
धैर्यशील नियमपालना गरेर
सुश्री कोरोनाको दाहसंस्कार गर्नु छ
यो किचकन्याको अस्तु चिहानमा गाड्नु छ
यो कुरुप बिशाणुको नामोनिशान मेटाउनु छ
यो पुतनाको दुश्प्रभावलाई इतिहास बनाउनु छ ।

इती

Leave a Reply

Your email address will not be published. Required fields are marked *