Skip to content

माइन सेबोटेज


आरम्भ

‘‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि जे गर्नुपर्ला गरौँ ।’’

श्यामजीको चेतावनीलाई मैले पूरै वेवास्था गरेको थिएँ र भनेको थिएँ, ‘‘माथिको आदेशले त हामी बिग्रियौँ । भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो । माथिको आदेशलाई घाममा सुकाइदिने हो ।’’

मेरै अडानले माइन सेबोटेज गरियो । विरोधी पक्ष आउँदै थिएँ । ठ्याक्कै पर्ने बीचमा पर्ने गरी मैले व्याट्रीमा तार जोडेँ । जोड्दा केही ढिलो भइगएछ । पछाडिका दुई जना मात्र सामान्य घाइते भएछन् ।

मेरा साथीहरूले त अघि नै चम्पट ठोकिहालेछन् । अन्ततः विपक्षीले पक्रिहाले ।

‘‘ए दनुवार, गोली ठोकूँ कि भन्छस् ?’’

कमान्डको प्रश्नको उत्तरमा भनेको थिएँ, ‘‘ठोक्न मन भए ठोक । सोध्न मन भए सोध । म भन्न तयार छु ।’’

‘‘कायरै छस् कि क्या हो । तेरो सामर्थ्य केही भए पो अर्को कुरा गर्थिस् त ।’’

‘‘म अहिले बगरमा फालिएको माछो बनेको छु र पो । मैले पानी भेटे, तागत देखाइदिन्थेँ ।’’

मेरा कुरा सुनेर कमान्डरले मेरो जुल्फी कर्याप्प समात्यो । गर्धन अररो पार्यो । जेठी छोरीले कपाल काट्न बरोबर सम्झाउँथी । मैले अटेर गरेको थिएँ । कम्तीमा छोटो कपाल पारेको भए वा खुइल्याएको भए यस्तरी समाउन त पाउन्नथ्यो भन्ने लाग्यो । कहिलेकाहीँ साना नानीहरूले भनेका कुरा पनि हेक्का राख्नुपर्छ भन्ने ख्याल आयो ।

‘‘घर कहाँ हो ?’’

‘‘खैरेनी ?’’

‘‘सन्तान कति जना र केके ?’’

‘‘३ जना, जेठी छारी, कान्छी ज्योति, छोरो ।’’

‘‘अनुहार हेर्दा त तँ दनुवार होस् भनेर चिनिहाल्यौँ । ए, तँ त जामुनलाल चौधरी पो होस् । सपरिवारै क्रान्तिमा सहभागी गराएको मान्छै तैँ होस् ।’’

‘‘ए कति बात र लात हान्छौ हौ । कि तिमर्को कानून अनुसार सजाय देऊ कि हाम्रो कानून शिरोधार्य गर ।’’

‘‘हामीलाई कानून सिकाउने भाको, कम्लिष्टे मोरो । खान नपाएर कम्लिष्ट भाको । बुद्धि भाको भए, यो दनुवार खैरेनीमा ढुक्कले परिवारसँग बस्थ्यो । यो भलायाडाँडामा आएर हामी मार्ने धराप किन थाप्थ्यो त !’’

‘‘तिमर्का नजरमा म दिमाखको नटबल्टु ढिला भएको हुँ भने मेरा नजरमा तिमरू खुस्केका हौँ ।’’

‘‘क्षमा मागे र सप्रने प्रतिज्ञा गरे एक पटकलाई छाड्दिन्छौँ । जिल्ला पठाउन वाध्य पारिस् भने इन्द्रेका बाउ चन्द्रैले साथ दिए पनि छुट्दैनस् । कुहुन्छस् । सड्छस् । बुझिस् त दनवारे !’’

‘‘बुझेँ, बुझेँ । सबै कुरा बुझेँ । बुझेरै हात हालेको हुँ । क्रान्तिमा जोडिएको हुँ । जहाँ लानुछ लग । तर यसरी सावैजनिक रूपमा यातना दिने काम नगर ।’’

ह्रास–जज

समापन–जज

–नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *